नेपाली समय: ०७:२८:५२ बिहान
वि.सं २०७७ साउन २१   बुधवार

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न, टानको सदस्य कम्पनीहरुलाई ८ लाख पर्यटक भित्र्याउन अनुरोध

निर्माण सञ्चार, मंसिर २५, काठमाडौं ।ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र नेपाल भ्रमण बर्ष २०२० सचिवालय बिच भ्रमण वर्षलाई सफल पार्न दुई पक्षिय समझदारी भएको छ ।

बुधबार सञ्चार साक्षातकार गर्दै उक्त समझदारी पत्रमा पहिलो पक्षबाट भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र दोश्रो पक्षबाट टानका अध्यक्ष खुम बहादुर सुवेदीले हस्ताक्षार गरेका हुन् ।

भ्रमण वर्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रर्वद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न कार्यक्रमहरु आयोजना तथा संचालन गर्ने रहेको छ ।

टान अध्यक्ष खुम बहादुर सुवेदीले भ्रमण बर्ष नजिकिदै गर्दा टानले भ्रमण बर्षलाई सफल पार्न गर्दै आएका कामहरुको जानकारी दिए ।

भ्रमण बर्ष संख्यामा २० लाख मात्रै नभई धेरै भन्दा धेरै गुणस्तरीय पर्यटक भित्र्याई नेपालको आर्थिक बृद्धि हुने उद्देश्यका साथ टानले आफ्ना सदस्य कम्पनीहरुलाई ८ लाख पर्यटक भित्र्याउन उनुरोध गरेको जानकारी दिए ।

भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन टानले सधैं साथ दिने प्रतिवद्धता जनाए । 

नेपाल भ्रमण बर्ष २०२० का सदस्य सचिव, कार्यक्रम कार्यान्वयन समिति बच्चु नारायण श्रेष्ठले साहासिक पर्यटन प्रवद्र्धन गर्न आयोजना गर्नुपर्ने कार्यक्रमहरुको विषयमा समझदारी भएको बताए ।

भ्रमण बर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले नेपाल भ्रमण बर्ष २०२० व्बलगबचथ ज्ञ, द्दण्द्दण् देखि सुरु हुने  जानकारी गराई भ्रमण बर्ष २०२०  अभियान अन्त्य नभई निरन्तर चलिरहने प्रकिया बताए ।

नेपाल भ्रमण बर्ष २०२० अभियानले नीतिगत रुपमा मात्रै नभई युवाहरुलाई रोजगार सृजना गराउन मद्दत पुर्‍याउने कुरामा जोड दिए ।

‘Nepal Life Time Experience’को मुल नाराका साथ नेपाल भ्रमण गरिसकेका पर्यटकहरुलाई फेरी पनि नेपाल भ्रमण गर्न आउन वातावरण सृजना गर्नुपर्ने बताए । 

टानका निवर्तमान अध्यक्ष नवराज दाहाल, प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की, सचिव दामोदर ढकाल, कोषाध्यक्ष ऋतु ग्याम्दान, सह – कोषाध्यक्ष सूर्य कुमार श्रेष्ठ, कार्यसमिति सनम शेर्पा, राम बहादुर गुरुङ्ग र ङिमा दिकी शेर्पा सो कार्यक्रमा उपस्थित थिए ।

 

000



प्रकाशित: २०७६ मंसिर २५
December 11th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार