नेपाली समय: ०७:५९:२३ बिहान
वि.सं २०७७ साउन २१   बुधवार

अस्पतालमा कानुन विपरित निजी मेडिकल संचालन

निर्माण सञ्चार, २६ मंसिर, जुम्ला । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पताल हाताभित्र नीजि मेडिकल बन्द गर्न अदालतले दिएको आदेशको उल्लंघन गरेको छ ।

जुम्ला स्थित प्रतिष्ठानको अस्पताल हाताभित्र निजी मेडिकल सञ्चालन गरेर अदालतको आदेशको उल्लंघन गरेको हो ।
 
साथै अस्पताल फार्मेसी निर्देशिका २०७० को पालला नगरी निजी फार्मेसी सञ्चालन गरेर चर्को मुल्यमा औषधी पनि बिक्री गरिरहेको छ । 

२०७२ साल असार १३ मा सर्वोच अदालतले सबै अस्पतालबाट फार्मेसी सञ्चालन गर्ने, सरकारबाट घोषित निशुल्क औषधी वितरणको व्यवस्था गर्नुपर्ने, कुनै पनि व्यक्तिलाई भाडा वा ठेक्कामा अस्पताल हाताभित्र नीजि मेडिकल खोल्ल नदिने निर्णय गरेको थियो ।

तर कर्णाली स्वास्थ्य विज्ञानले भने, सर्वोच्चको आदेशको पालाना नगरी चर्को मुल्यमा नीजि मेडिकल सञ्चालनमा आएका छन् ।

सञ्चालन गरेको फार्मेसि पनि सानो र सेवाग्राहीले राम्रोसँग नदेख्ने ठाँउमा राकेको छ । स्वास्थ्य बिमा कार्डमा लेखिएका औषधीहरु ध्माधम चर्को मुल्यमा नीजि मेडिकलबाट बेचिरहेका छन् ।
 
२०६८ सालमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि जुम्ला स्थित कर्णाली अञ्चल अस्पताल, परिसरमा भएका अन्य संघ संस्था र सेवा प्रदायक निकायले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहत भित्र रहेर काम गर्ने व्यवस्था गरिएको थियो ।

अरु सबै भवन र कार्यक्रमहरु प्रतिष्ठानको मातहतमा आए पनि रेडक्रसको भवनमा भने रेडक्रसले आफैँ ब्लड बैंक स्थापना गर्ने भनी राखेको थियो ।

उक्त भवनमा ब्लड बैंक स्थापना नगरी अस्पताल र रेडक्रसको मिलोमतोमा निजी मेडिकल सञ्चालन गरिँदै आएको छ ।

अदालतले नीजि मेडिकल नराख्न आदेश दिदा दिदै पनि ब्लड बैंक स्थापना गर्नुपर्ने ठाउँमा नीजि मेडिकल खोखिएको पाइएको छ ।
 

यता, प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले आफूले पत्र लेखे पनि रेडक्रसको सम्झौताले भएकोले त्यो रेडक्रसले हटाउनुपर्ने बताए ।

फार्मेसी संग सम्झौता गरी मेडिकल संञ्चालनमा रहेको उनको भनाई छ ।  रेडक्रसका सभापति लोक दर्शन श्रेष्ठ भने मेडिकलसँग त्यस्तो कुनै सम्झौता नभएको बताउँछन् ।

कुनै पनि सम्झौता भएको छैन्, सभापति श्रेष्ठले भने,सर्बोच्चले आदेश दिए लगत्तै हटाउनु पर्ने हो, तर अस्पतालको कमजोरीले अहिले सम्म पनि कानुन विपरित अस्पताल हाता भित्र नीजि मेडिकल संचालन भईरहेका हुन् ।

मेडिकल सञ्चालकले फार्मेसी संग आफ्नो सम्झौता अझै तीनवर्ष बाँकी रहेको भन्दै जान मानिरहेका छैनन् ।

तर रेडक्रसबा सभापतिले कुनै सम्झौता नभएको बताईरहेका बेला मेडिकल सञ्चालक भने सम्झौता बाँकी रहेको भन्दै कुरा टार्दा अस्पताल, मेडिकल सञ्चालक र रेडक्रमबीच कुरा बाझिएको छ ।
 
यसरी खुलेआम उपभोक्ता ठगिनु अदालतको निर्णाय विपरीत भएको भन्दै जुम्ला अदालतमा रिट पर्दासमेत अस्पताल प्रशासन र निजी मेडिकलले अटेर गर्दा कानुनी राज्यको खिल्ली उडेको अधिवक्ता अनिता तिमिल्सेनाले बताईन् ।

उनले स्वास्थ्य बिमाको औषधी आपुर्ति गर्नुपर्ने, नीजि मेडिकल हटाउनु पर्ने भन्दै रिट दर्ता गराएकी हुन् । तर अहिले सम्म कुनै सुनुवाई नभएको अधिबक्ता तिमिल्सीनाले उल्लेख गरिन् । 

 

000
 



प्रकाशित: २०७६ मंसिर २६
December 12th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्