नेपाली समय: ०९:२८:३६ राती
वि.सं २०७७ साउन २४   शनिवार

हुम्लामा हिमपातका कारण हवाई सेवा अवरुद्ध

निर्माण सञ्चार, मंसिर २६, हुम्ला । चिसो बढेसँगै हुम्लामा परेको हिमपातका कारण विमानस्थलबाट हुने उडान स्थगित गरिएको छ ।

पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहानै देखि परेको हिमपातले गर्दा उडान स्थगित गर्नु परेको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिएका छन ।

‘एक दुई घण्टा सम्म पनि हिमपात नरोकिए हिँउ फाल्ने मेशिन प्रयोग गरेर भए पनि हवाई यातायात सुचारु गर्ने छौं ।’ उनले भने, ‘हुम्ला विमानस्थलबाट हुने अन्तरजिल्ला पुग्ने हवाई उडान सेवा बिहान ६ बजेदेखि प्रभावित भएको हो ।’

हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द हुँदा नेपालगञ्जबाट हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ ।

अहिले हुम्लाको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।

हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत समेत रोकिएको छ भने सदरमुकाममा चहलपहल समेत न्यून रहेको ठाकुरले बताए ।

 

 

०००


 



प्रकाशित: २०७६ मंसिर २६
December 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार