नेपाली समय: १२:५७:५२ am
वि.सं २०७६ माघ ४   शनिवार

बेमौसमी तरकारीबाट मनग्य आम्दानी

निर्मााण सञ्चार, मंसिर २६, जुम्ला । तिला गाउँपालिका कर्ण हमालले कात्तिक लागे संगै बेमौसमी तरकारी खेती शुरु गरेका छन् । करिब ५ रोपनी जग्गामा उनले विगत पाँच वर्षदेखि बेमौसमी तरकारी खेती गर्दै आएका छन् । गोल्भेडा, साग, गाँजर,मुला धनिया बन्दा, गोवी लगायतका विभिन्न तरकारी फलाएर मनग्य आम्दानी गर्छन् । 

पुर्वमा खलंगा देखि पश्चिममा नाग्म बजार सम्म दैनिक बिक्री गर्छन् । घरपरिवार देखि छोराछोरीको पढाई तरकारीखेतीबाटै चलेको छ । त्यस्तै, तिलाकै दिपेन्द्र हमाल पनि बेमौसमी खेतीमा बेस्थ हुन्छन् । आफनै ग्रिस हाउस भित्र बाह्रै महिना तरकारी फलाएर आफु खाने र बेच्ने गर्छन् ।

दिनभरीको श्रमबाट साझ कमाई हातमा आउँदा मस्त निद्रा पर्छ हमालले भने । साथै कर्ण रावतले पनि बेमौसमी तरकारी खेती गरेरै छोराछोरीलाई उच्च शिक्षा पढाएका छन् । विकास परियोजनाले विगत ३ वर्षपहिले तरकारी खेतीका लागि पाईप, प्लास्टीक तथा आबश्यक बीउ प्रविधि दिएपछि तरकारी खेतीमा जुटेका हुन् ।

जुम्लामा कर्ण, दिपेन्द्र मात्रै हैनन, यहाँका आठै स्थानीयतहमा सयौ स्थानीय बेमौसमी तरकारीखेतीमा आर्कषित भएका छन् । व्यवसायीक तरकारी खेती संगै, पछिल्लो समयमा खानका लागि भएपनि घरघरमा प्लास्टिक टनेल निर्माण हुन थालेका छन । 

हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लास्टिक टनेल निर्माण गरी बेमौसमी तरकारी उत्पादन थालेका हुन । चन्दननाथ नगरपालिका ४ की कल्पना नेपालीले घरमा ग्रिन हाउस निर्माण गरी नियमित खाग खान्छन् । 

कार्तिक लागे संगै बेमौसमी तरकारी उत्पादन गरी दैनिक बेचेर पाँचसय कमाउँछन् । जुुम्लामा हिउदको बाहिरबाट आयात हुने तरकारी महँगो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन । 

सिंजा गाउँपालिका ६ रुघाकी उमा बुढाले प्लास्टिक टनेल मार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन गरी बेच्ने गरेको सुनाईन् । एकवर्षमा तरकारी बेचेरै एकलाख बचत गरेको बताईन् । बेमौसमी तरकारी खेतीले एकातर्फ किसानको आम्दानी संगै स्थानीयले ताजा तरकारी पनि खान पाएको स्थानीय भरत बोहोराले बताए । 

साग प्रति मुठा २० रुपैयामा बेच्छन्, उनले भने, अर्गानिक तरकारी सस्तो मुल्यमा बेच्न संकलन केन्द्र स्थापना हुँदा सहज भएको  छ । बेमौसमी तरकारी खेती गर्ने प्रतिकिसानले कार्तिक देखि फागुन सम्म करिब ७० हजार देखि एक लाख कमाउँछन् । 

तरकारी संकलन केन्द्र स्थापना

जुम्लाको कृषि विकास कार्यालय र चन्दननाथ नगरपालिका ५ नम्बर वडाको सहयोगमा कृषि उपज तथा तरकारी संकलन केन्द्र स्थापना भएको छ । कृषि विकास कार्यालय र पाँचबटा वडा कार्यालयको सहयोगमा संकलन केन्द्र निर्माण गरिएको कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । 

संकलन केन्द्र स्थापना पश्चात बजारका पेटीमा राख्ने समस्या पनि हटेको उनको भनाई छ । देवकोटाले भने, ‘सबै किसान तरकारी एकै ठाउँमा राख्ने उपभोक्तालाई पनि खरिद गर्न सजिलो हुने लक्ष्यका साथ तरकारी संकलन केन्द्र स्थापना गरिएको हो ।’

अहिले व्यवसायीक तरकारी खेती गर्ने किसानहरु सिधै संकलन केन्द्रमा ल्याएर होलसेलमा बेचेर जान्छन् । संकलन केन्द्र स्थापना गरेपछि विक्री गर्न सहज भएको किसान बताउछन् । 

 

 

०००



प्रकाशित: २०७६ मंसिर २६
December 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार