नेपाली समय: ०८:३६:०६ pm
वि.सं २०७७ साउन २४   शनिवार

कर्णाली राजमार्ग बिस्तार नहुनु भ्रमण वर्षको लागि चुनौती

निर्माण सञ्चार, मंसिर २७, जुम्ला । सडक निर्माणको करिब डेढ दशक बितिसक्दा समेत कर्णाली राजर्मागको रुप फेरिएको छैन् । बि.स २०६३ चैत २९ गतेबाट कर्णाली राजमार्गमा गाडी आवगमन सुरु भएको हो ।

सडक संञ्जालको करिब १३ वर्ष बिवितसक्दा समेत कर्णाली राजमार्गमा एक लेनको साघुरो सडक, खाल्डा खुल्डी, अलपत्र पक्की पुलहरुका कारण यात्रा निकै सास्तीपुर्ण हुने गरेको छ । 

२०६४ देखि हाल सम्मका विभिन्न राजनीति अस्थिरताका कारणले गर्दा कर्णाली राजमार्गमा भने सुधार नभएको अवस्था छ ।

दैनिक आवगमन कर्ताले अहिले सडकको अवस्थालाई हेर्दा कर्णाली राजमार्गलाई मृत्यु मार्गको रुपमा संज्ञा दिएका छन् । 

सुर्खेत–जुम्ला सडक संचालन पुन करिब १ सय ९६ पटक सडक राजमार्गमा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

त्यसमा सबैभन्दा बढी कालीकोट खण्डमा ९६ दुर्घटना भएका छन् । भने, दैलेखमा ३७ र जुम्लामा ६३ घटना भएका छन् ।

दूर्घटनाको मुख्य कारण रुपमा रनजर्मागको साघुरोपन हो । क्षेत्रिय ट्राफिक कार्यालय कोहलपुरको तथ्याङ अनुसार हाल सम्ममा १ सय ३४ जनाले ज्यान गुमाएको छन् । भने, २ सय ८७ जना दूघैटना बाट घाइते भएका हुन् । 

नेपालीमा उखानै छ ‘बाह्र वर्षमा त खोला पनि फिर्छ’ । तर कर्णाली राजमार्गको स्थिति डेढ दशक सम्ममा जस्ताको त्यस्तै छ ।

मुलुकमा संघियता आएसंगै कर्णाली राजमार्गको अबस्थामा भने सुधार हुन सकेको छैन् । आम कर्णालीबासीको संघियता आएसंगै केहि सकारात्म परिवर्तनको आसाले पूर्णता पाउन सकेका छैन् 

कालिकोटका मुख्यमन्त्री आएपछि राजमार्ग सुधार हुने आशा थियो । तर हाल सम्म कुनै पहल भने हुन नसकेको गाडी चालक उदव बस्नेतले बताए । 

‘भोट दिने जनताहरुको राजमार्गमा सास्तीपुर्ण यात्रागरिरहेको छन् । उनले भने, ‘सधै हवाई यात्रा गर्ने नेतालाई हाम्रो पिडा के मतलब होला ।’ 

कर्णालीको एक मात्र व्यापारीक मार्गको स्तरोउन्तीको काम लाई सरकारले प्रथामिकता नदिनु निकै विडम्बनाको कुरा रहेको बताउछन् । 

भ्रमण वर्षलाई राजमार्ग बाधक

सरकारको ‘समृद्ध नेपाल सुखि नेपाली’को नारा अगाडी बढिरको अवस्थामा ‘नेपाल भम्रण वर्ष २०२०’मा स्वदेशमा २० लाख पर्यटक भित्रयाउने लक्ष्यका साथ काम सरकारले काम गरिरहेको छ ।

भम्रण वर्षको लागि एक लाख विदेशी पर्यटक भित्राउने कर्णाली सरकारल लक्ष्य राखेको छ । 
कर्णालीका ४० पर्यटकिय गन्तव्य भित्र सबैभन्दा बढि साविक कर्णाली र दैलेखका बढि पर्यटकिय स्थल छन् । हवाईमार्ग सबैको पहुँचमा छैन् ।

कर्णाली राजमार्गमा एक पटक यात्रा गर्ने पर्यट फेरी आउन मान्दैन् । तत्तकाल राजमार्गको स्तरउन्नतीमा जोड नदिए लक्ष्य अनुसार पर्यटक भित्राउन सरकार असफल हुन सक्ने पर्यटन व्यवसायी नोर्वु तामाङले बताए । 

जुम्ला, राराताल, सेफोक्सण्डु ताल,पचाल झरना लगायतका विभिन्न स्थानमा पुगिसकेपछि राजमार्गको कष्ट भुलेपनि यात्रा गरी ज्याननै दाउमा लगाउनु पर्छ । खाल्डा पुर्ने देखि पुल निर्माणमा जोड दिन उनको सुझाब छ । 
२०४२ सालमा पहिलो पटक कर्णाली राजमार्गको रेखांकन गरी सर्भे गरिएको थियो । २०४८ सालबाट राजमार्ग निर्माणको काम सुरु गरियो । 

सुरुको वर्षमा सडक निर्माणको लागि २ करोड बजेट विनियोजन गरी काम थालिएको थियो । २०५६ सालमा विश्व बैंकले सडकमा हात हालेपछि राजमार्ग निर्माणले तीव्रता पायो । 

सशस्त्र द्वन्द्वका कारण विश्व बैंकले निर्माणको काम गर्न सेकन । पछि सडकको निर्माणको जिम्मा नेपाली सेनालाई दिइयो र ट्रयाक खुलेर सडक संचालन भएको थियो । 
तर अहिले सम्म सडकको अबस्था सुधार नहुनु पर्यटन वर्ष सफल पार्न कर्णाली सरकारका लागि ठुलौ चुनौती हुन सक्छ  । 

बजेटमै राजमार्ग उपेक्षामा 

कर्णाली सरकारले चालु आवमा पूर्वाधार विकास तथा अन्तरजिल्ला जोड्ने सडक निर्माण देखि स्तरउन्नतीका लागि डेढ अर्व बढि बजेट विनियोजन गरेको छ । 

पूर्वाधार विशेष कार्यक्रमका लागि १ अर्ब २० करोड,एक निर्वाचन क्षेत्र एक सडक १ अर्ब २९ करोड,सडक स्तरउन्नतीमा २४ करोड, जनता सडक कार्यक्रममा ६३ करोड लगायत अन्य अन्तरजिल्ला जोड्ने, स्थानीयतहबाट सदरमुकाम जोड्ने सडक निर्माणका लागि करिब १ अर्ब बजेट छुटाएको छ । 

सडकमा विशेष प्रथामिकता दिदै, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको प्रदेश सरकारले कर्णाली राजमार्गको स्तरउन्नतीमा एक सुक्को बजेट छुटाएको छैन् । 

चौतर्फी रुपमा सडक सुधारको माग हुँदा पनि सरकारको प्रथामिकतामा राजमार्ग नपर्नु दुखद पक्ष हो । 
कालिकोटका पंखज बहादुर मल्लले भने, कर्णालीमा दुर्घटना घटाउन विभिन्न कार्यक्रम ल्याएपनि निरन्तरता दिएन, खाल्डा पुर्नु र स्तरउन्नती गर्नु पहिलो प्रथामिकता हुदा पनि सरकारको चासो छैन् । 

संघियताले पनि कर्णाली राजमार्गको अबस्था सुधार नहुनु समग्र कर्णालीबासीकै दुरभाग्या भएको मल्लको दुखेसो छ ।  

कर्णालीमा दिनप्रतिदिन दुर्घटनाको जोेखिम बढदै

कर्णालीमा दिनप्रतिदिन दुर्घटनाको जोेखिम बढदै जानुमा एक लेनको साघुरो सडक हो । 
जुम्लाको तातोपानी गाउँपालिका जर्मी, रावतवाडा, लिताकोट, रारा, नाग्मगाड, कालिकोट मोल्फा, पिली, दैलेखको भेल्तडीगाउँ, सिस्नेखोला, राकमकर्णाली लगायत दर्जनौ ठाउँमा रातारात ग्रामिण सडक निर्माण गर्दा राजमार्ग बिग्रीदै गएको छ । 

सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराका अनुसार राजमार्गलाई असर पर्ने गरी माटो ढुंगा नफाल्न अनुरोध गर्दा पनि जथाभावी रुपमा ढुंगा माटो फाल्दा कर्णाली राजमार्ग झनै जोखिमयुक्त बन्दै गएको महताराको भनाई छ ।

स्थानीय सरकारले आफ्नो विकासलाई मात्र हेरेको र राजमार्गको विनास भएको कुनै ख्याल नगरेको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए । 

कालोपत्रे सडकमै चेनवाला डोजर चलाएर कालोपत्रे उक्काउने काम गरेको प्रति समेत आक्रोस व्यक्त गरे । 
उनका अनुसार एकवर्ष पहिले गरिएको कालोपत्रे एकवर्षमै उक्कियो,अहिले सम्म खाल्डाखुल्डी पुरिएका छैनन् । 

अझै आधा दर्जन पक्की पुल निर्माण अलपत्र छन् । कसरी सरकारको ‘समृद्ध नेपाल सुखि नेपाली’ नारा साकार हुन्छ । कसरी नेपाल भम्रण वर्षको लागि बिदेशी पाहुनालाई सहज बतावरण बनाउन सकिन्छ  । 

 

 

०००


 



प्रकाशित: २०७६ मंसिर २७
December 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार