समृद्धि बहसः के हो समृद्धि ? आजको पुस्ताले सोध्ने प्रश्नको जवाफ दिनु पर्दैन नेतृत्वले ?
निर्माण सञ्चार, १२ पुस, काठमाडौं । (निर्मिाण मिडियाले केही हप्तादेखि समृद्धि र यसका आयाम, यसको सूत्र र यसको भविष्यबारे सम्बन्धित पक्ष र पर्सनालिटिजहरुसँग छलफल चलाएको छ । के आजको यो ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराका पछाडि इतिहासको कुनै विरासत पनि छ ? अथवा यसको भविष्य आजका दिनमा मात्रै सीमित हुँदै छ कि, वा यसले भावी दिनमा ‘लिगेसी’ पनि तय गर्ने अभिष्ट बोकेको छ ? जस्ता आमजिज्ञासा भित्र रही यो बहस उठान गरिएको हो । यो बहस शृंखला मूलतः केही एपिसोड सत्तारुढ दल सम्बद्ध व्यक्तित्व तथा नीति निर्माताहरुलाई भूमिका दिएर सञ्चालन गरिए पनि यो बहस सत्तारुढ दलबाट बाहिर रहेका राष्ट्रिय शक्तिहरुसम्म जोडिने छ । यसले सत्तारुढ दललाई झक्झक्याउने र मुलुकको साझा अभिष्ट समृद्धि नै हो भने (संविधानमा समाजवाद भनेजस्तै साझा) यसप्रति प्रमुख प्रतिपक्षी सहित अन्य दलहरुको पनि दायित्व र साइनो जोडिन आवश्यक छ कि छैन भनी तिनलाई सोधिने छ । अन्य दलहरुले यो मुद्दालाई कसरी लिएका छन् भन्ने कुरामा पनि यो बहस केन्द्रित हुने छ । अर्थतन्त्र निर्माता निजी र सरकारी क्षेत्र मात्र नभई यो बहस शृंखलामा सबै पक्षहरु, विचारधाराहरु समाहित हुने छन् । तर, यो पहिलो शृंखलाबारे केही जिज्ञासा उठाउँदै यसमाथि सैद्धान्तिक बान्की दिने प्रयास गरिएको छ । आमपाठक वा सरोकारवालाहरुले यसलाई त्यही रुपमा बुझिदिनु हुने छ भन्ने हाम्रो आग्रह रहेको छ । ‘समृद्धि बहस शृंखला’ नै किन भनी हामीलाई अक्सर सोधिने प्रश्नको उत्तरसहित यो पहिलो शृंखलामा समेटिएको भिडियो कभरेज यहाँ प्रस्तुत गरिएको छ, धन्यावाद !)
...
नेपाल पनि पछिल्ला एका–दुई वर्षदेखि समृद्धिबारे धेरै चर्चा हुने मुलुकभित्र पर्न थालेको छ । तर, यो समृद्धिको सपना कतिसम्म बलियो छ, यसका आयामहरु के के हुन्, समृद्धिको सूत्र के हो ?
यो ज्युँदोजाग्दो सपनाको नेतृत्व आज त केपी शर्मा ओलीले गरिरहेका छन् भनिएला तर, अझै पनि यो एजेन्डालाई कसले कहाँसम्म लैजाँदै छ भनी स्वयम् सत्तारुढ दलले यो विरोधाभाष चिर्न खोजेको देखिदैन ।
नेपालको इतिहासमा यो ज्युँदोजाग्दा सपना हो । तर, यसको अभिकर्ता को को हुन्, भविष्यमा कसले यसलाई हाँक्ने छन्, त्यो भविष्य अर्थात् लक्ष्य नभेटुन्जेल कसरी अघि बढ्ने हो ? तिनमा प्राथमिकता के के रहने हुन् ? एउटा माहोल बनाउन मात्र यसको भजन गर्ने हो कि यसको निरन्तर ‘लिगेसी’ पनि स्थापना गर्ने हो ?
...
इतिहासले दिएको दुई तिहाइ निकट शक्तिशाली सरकारले यो कोणबाट दीर्घदर्शी भएर सोचेन, कार्यक्रम तय गरेन भने उसकै निम्ति पनि यो नारा (समृद्ध नेपाल, सुखी नेपाली) कुहिरोको काग साबित नहोला भन्न सकिन्न । भावी राजनीतिक लाइन के हुने कसको हुने भन्ने जुँगाको लडाइँमा को हाबी हुने भन्ने माथापच्चीले गर्दा अभूतपूर्व रुपमा उठेको यो सपना आजकै दिनदेखि दिनदिनै कमजोर र भुत्तै हुँदै जान पनि सक्छ । ओली कमजोर हुँदा यो नारा नै भुल्ने गरी नेकपा नै अलमलिने पो हो कि ? के बेर !
०००
किनकि, कुनै पनि सत्ताको विरासत अविच्छिन्न उत्तराधिकारीका रुपमा विकास हुँदै जाने प्रवाह हो । हुन पनि कुनै पनि मुलुक बनाउन, कसैले पराजित गर्नै नसक्ने सपनाले ती देशका नेता र जनतालाई ‘लिड’ गरेको हुनु पर्छ भन्ने मान्यता इतिहासद्वारा स्थापित सत्य हो । जस्तो कि भारत स्वतन्त्र संग्रामतामा गान्धीजीको ‘भारत माता’ भारतीय सपनाको मूल प्रवाह नै थियो । यसको नेतृत्व नेहरु हुँदै गान्धी परिवारले लामो समयसम्म नै गरेको देखियो ।
‘हमारा भारत महान है’ अभिव्यक्ति त्यही सपनाको उद्गार थियो । भलै आज कुन रुपमा कसरी अघि बढिरहेको छ, समीक्षाको विषय हुन सक्छ ।
०००
गएका केही हप्ता निर्माण मिडियाले कतै जिरो ग्राउन्ड त कतै उपलब्ध ग्राउन्डमा चलाएको छलफलबारे यहाँ सम्पादित अंश मात्रै प्रस्तुत गरिएको छ । स्मरणरहोस्, सम्बन्धित व्यक्तित्वहरुको वैयक्तिक भिडियो समाचार पनि वैयक्तिक रुपले नै प्रस्तुत गरिने छ ।
...
त्यसका लागि पहिलो सर्त भनेकै गुणस्तरीय र दीर्घकालीन पूर्वाधार नै हुन् । यसको विकास हाम्रा लागि पहिलो सर्त हो भन्ने मलाई लाग्छ । हाम्रो प्राथमिकता विकासको सिँढी माथि चढिसकेको देशसँग तुलना नहुन सकछ । हामीसँग स्तरीय पूर्वाधार छैनन् । पूर्वाधारमा हामी निकै पछाडि छौँ । हाम्रो विकासको पारा अझै पनि सिस्टमेटिक भइसकेको छैन । तिन तहको सरकार छ । कुन तहले के गरिराखेको छ केन्द्र सरकारसँग ‘कम्युनिकेसन’ पनि छैन । लगानी बोर्डले र काठमाडौं महनागरपालिकाले दुइटैले मोनोरेल बनाउन सक्ने भयो । जसले जे मन लाग्यो त्यही बनाउनु विकास नभई विनाश चाहिँ हो । त्यसैले हामी के गर्दै छौँ भन्ने कुरा थाहा हुनु पर्यो । केका लागि भन्ने पनि बुझ्ने ल्याकत पनि चाहियो । यसका लागि राष्ट्रिय योजना आयोगले त्यो कुरा त दिनु पर्यो नि ।
त्यसैले हामी सोही आधारपत्रका आधारमा सबैभन्दा पहिले प्राथमिकतापूर्ण पूर्वाधार निर्माण गर्ने छौं । पूर्वाधारले नै हाम्रो समृद्धिको आधार तयार गर्छ । पूर्वाधार आफैंमा ट्रान्सफर्मेटिभ ड्राइभरका रुपमा पहिचान भइसकेको छ ।
हामीले २५ वर्षको योजना तय गर्दा एउटा आवधिक योजनालाई समृद्धिको (प्रस्परिटी) को जेनेरेटिङ फेज भनेका छौं । त्यस पछिको दुइटा आवधिक परियड अर्थात् १० वर्षको पिरयडलाई हामीले समृद्धिलाई एक्लरेट गर्ने अर्थात् तीव्र विकास गर्ने भनेका छौं । यानि, तीव्र विकासमा छलाङ मार्नु पूर्व हामीले फाउन्डेसन बनाउनु छ । त्यसैले यो १५ औँ योजनाको आवधिक पिरयडलाई हामीले भनेजस्तै फाउन्डेसन बनाउने पिरयड हो । ताकि भोलिका लागि तीव्र विकास हासिल गर्न सकियोस् । त्यसैले हामी त्यो तीव्र विकासका लागि आयोजना पनि छनोट गर्ने छौं । प्राथमिकता तोक्ने छौं । रुपान्तरणकारी आयोजनाको पहिचान, पहिचान पश्चात त्यसको विस्तृत अध्ययन, विस्तृत अध्ययन पछि त्यसको लेखाजोखा, छनोट, तयारी । यसरी यो समय खर्च पछि हामी कार्यान्वयन योग्य आयोजना, त्यसको लगानीको स्रोत, लगानीको मोडालिटी आदि सहित योजना बैंकमा राखिने छ । २५ वर्षे भिजन सहित यसरी हामी अघि बढिरहेको छौं । जुन अनुभूती हुने तहमा क्रमशः रुपान्तरित हुँदै छ ।
मुख्यगरी प्रदेश–३ ले प्रदेशको आवधिक योजना आधार पत्र तयार गरेर छ । सुस्पष्ट रुपमा यो प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने कुरामा ५ वटा पिल्लर छनोट गरिएको छ । अबको वर्ष भनेको योजनाहरु कार्यान्वयन र परिणाम दिने वर्षका रुपमा हामी अघि बढिसकेको छौं ।
हिजोको भन्सारमा आधारित अर्थतन्त्रलाई अब राजश्व र आयकरमा रुपान्तरण गर्न हामी चाहन्छौं । किन भन्दा, अब स्वदेशमै उद्योगधन्दा र उत्पादनहरु बढिरहेको छ भन्ने हामी देखाउन चाहन्छौं । औद्योगीकरण यसको पहिलो सर्त हो । कृषिको वैज्ञानीकरण र औद्योगीकरणले त्यो दिशालाई निक्र्याेल गर्छ । कृषि पछि जलविद्युत्, पर्यटन यस्तो उद्योग हो जसले हाम्रो अर्थतन्त्रलाई आत्म निर्भर बनाउँछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्दा कानुनी र संरचनागत पक्ष निर्माणमा एक वर्ष बित्नु समृद्धिको लामो कोर्सका अगाडि कुनै लामो समय हैन । अबका वर्षहरु सरकारका लागि परिणाम देखिने वर्षहरु हुने छन् । हामीलाई जनताको समृद्धि गर्ने बाहेक अरु गफ गरेर दिन बिताउने छुट छैन ।https://www.youtube.com/watch?v=U_aRrxhG-5A
यो समस्या नै आजको समृद्धिको बाधक बनेर देखिएको छ ।
राजतन्त्रदेखि आजसम्म करिब २४० वर्ष हामीले गुजारिसक्यौं तर भएननि विकास, भएन नि समृद्धि भन्ने पनि छ । यस्तो निरासावादी कुरा अब होइन ।
आज जुन बेला हामी कुरा गरिरहेका छौं, हामीले परिवर्तन गर्न खोजेको अबको कुरा के हो भने हाम्रो मनस्थितिको पनि पविर्तन हो ।
हिजोको त्यो ह्याङओभरबाट उन्मुक्ति भनेकै हिजोको अस्थिरतामा रम्ने बानी परेको अविकासकै संस्कृतिमा अभ्यस्त भएका हाम्रा आनिबानी, सोच शैली सबैमा परिवर्तन गर्नु आजको समृद्धि यात्राको पहिलो सर्त हो ।
अक्सर समृद्धि के हो, र सोचेजस्तै समृद्धि किन हासिल हुन सकेन भन्ने प्रश्नको जवाफमा नेता पोखरेलले यसलाई ऐतिहासिक विकास र जनतामा रहेको सोच संस्कृति निर्माणमा हिजोका दिनमा सिकाइएको पाठ आजका दिनमा प्रत्युत्पादक भइरहेको बताए । एक हिसाबले परिवर्तनका लागि सरकार विरोधी स्कुलिङ गर्दाको तितो अनुभव र स्वीकारोक्ति समेत गरेका नेता पोखरेलले सैद्धान्तिकीकरण गर्दै सरकारको अबको काम जनतालाई समृद्धिका लागि आवश्यक संस्कृतिको सुरुआत गर्ने पनि हो भनी बताए । हिजोका दिनमा नेपालको राजतन्त्रका विरुद्धको संघर्षमा राज्य विरुद्ध जनतालाई परिचालित गर्नु परेको थियो । लामो समय नेपाली जनता राज्य विरुद्ध नै परिचालित हुँदा जनतामा त्यही नकारात्मकता संस्कृतिकै रुपमा विकास भयो । तर, आज जनताले चाहेको परिर्वन आएको छ । संवैधानिक व्यवस्था निर्माण पनि त्यही अनुरुप छ । तर, परिवर्तन पछि पनि सोचे अनुरुप समृद्धि हासिल गर्न किन सकिएको छैन ? जनतालाई हाम्रो राज्य बनाउने मनोविज्ञान हामीले अझै बनाउन सकेका छैनौँ । राज्य निर्माणमा हाम्रो सक्रियता भन्ने कुराको राजनीतिक शिक्षा पर्याप्त मात्रामा दिन सकेका छैनौँ । समृद्धिको अभियानमा राज्यप्रति बढी आलोचनात्मक सोचहरु देखा पर्नुका पछाडि त्यही हिजोको स्कुलिङले काम गरेको छ । अब रह्यो कुरा, संघीयताको सफलताको । आजका दिनमा इलिट वर्ग, विश्वका जुनसुकै विकसित राष्ट्रमा पनि राजधानी जाने कुरा रोक्न सकिन्न । तर, जहाँसम्म मध्यम वर्ग आज पनि अवसरका लागि भन्दै, शिक्षा र स्वास्थ्यका लागि भन्दै राजधानी धाउन रोकिन्न भने संघीयताको चुनौती त्यही हुने छ । अब यसतर्फ सरकार, हामी राजनीतिक दलहरु सबैले सोच्नु पर्छ । मध्यमवर्ग त्यही प्रदेशमै, स्थानीय तहमै रमाउन सक्ने वातावरण बनाउनु पर्छ कि पर्दैन भन्दा सरकारको ध्यान त्यतातिरै जान आवश्यक छ । समृद्धिको चुनौती यो हो । अबको प्राथमिकीकरण पनि ठूलो हिस्सा जुन पेसामा आबद्ध छ त्यहीबाट समृद्धिको क्रान्ति थालनी गर्नु पर्छ । आजका दिनमा पनि कृषि नै त्यस्तो क्षेत्र हो जहाँ मानिसको ठूलो हिस्सा आज पनि कृषिमै छ ।
कृषिमा रुपान्तरणद्वारा मात्र समृद्धिका अन्य पक्षहरुलाई पनि कामयाव गराउन सकिन्छ । ०००
(विशेषः यो प्रस्तुतिमा नेताको प्रोफाइल र उचाइलाई भन्दा पनि विषयको विन्यास, उठान र जिज्ञासुको पठनसँग ज्ञान सिक्ने सिलसिला पूर्णता दिने हिसाबले मुख्य व्यक्तित्वको भनाइलाई क्रमशः उत्तरोत्तर पछि प्रस्तुत गरिएको हो । साथै, लेख्य रुपमा प्रस्तुत कुराहरु सम्पादित मुख्य अंश मात्रै दिइएकाले भिडियो सुनेर पूर्ण लाभ लिनहुन पनि अनुरोध गरिन्छ, सम्पादक)
प्रकाशित: २०७६ पौष १२
...
समृद्धि बहसः एक अन्तर्राष्ट्रिय परिवेशमा
नेपाल पनि पछिल्ला एका–दुई वर्षदेखि समृद्धिबारे धेरै चर्चा हुने मुलुकभित्र पर्न थालेको छ । तर, यो समृद्धिको सपना कतिसम्म बलियो छ, यसका आयामहरु के के हुन्, समृद्धिको सूत्र के हो ?
यो ज्युँदोजाग्दो सपनाको नेतृत्व आज त केपी शर्मा ओलीले गरिरहेका छन् भनिएला तर, अझै पनि यो एजेन्डालाई कसले कहाँसम्म लैजाँदै छ भनी स्वयम् सत्तारुढ दलले यो विरोधाभाष चिर्न खोजेको देखिदैन ।
नेपालको इतिहासमा यो ज्युँदोजाग्दा सपना हो । तर, यसको अभिकर्ता को को हुन्, भविष्यमा कसले यसलाई हाँक्ने छन्, त्यो भविष्य अर्थात् लक्ष्य नभेटुन्जेल कसरी अघि बढ्ने हो ? तिनमा प्राथमिकता के के रहने हुन् ? एउटा माहोल बनाउन मात्र यसको भजन गर्ने हो कि यसको निरन्तर ‘लिगेसी’ पनि स्थापना गर्ने हो ?
हिजोको पाइला मेटिएको बाबुराम जति बुख्याचा बनेका छन्, नेपालमा नेपाली काँग्रेस पनि त्यो भन्दा माथि उठ्न सकेको छैन । र, नेकपा यही रोगबाट गुज्रिरहेको अवस्थामा हामीजस्ता चिन्ता बोक्नेहरुले यतिबेला सोधेको प्रश्न पनि यही नै होयो एकादुई दलहरुलाई चुनावमा हराउने चाबीका रुपमा मात्रै बोकिएको हो कि सिंगो मुलुकको भाग्य र भविष्यसँग यो नारालाई एकाकार गर्ने हो ? जस्ता अहं सवालेबारे स्वयम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले यसमा गम्भीर बन्नु पर्ने ध्रुवमा उभिएको छ । यो कोणबाट बहसै नहोस् भन्ने एकखाले ‘ओपिनियन मेकर’हरु नेपालमा कार्यरत छन् । तिनले नै मिडियालाई खुराक दिन्छन्, र एकखाले मिडिया त्यही खुराक पस्कदै आमजनतालाई नै मुलुकले लिएको मुख्य कार्यभारबाट ‘डिरेल’ गर्नमा पनि उद्दत देखिन्छन् । जब गौड गरेर यही चुरोबाट चिन्ता प्रकट गर्न कोही खोज्छ भने यतिबेला उसका अगाडि यी प्रश्नहरु मुख्य रुपमा उठ्ने गर्छन् । उसले पनि यिनै प्रश्न्को जवाफ खोजिरहेको हुने छ ।
...
इतिहासले दिएको दुई तिहाइ निकट शक्तिशाली सरकारले यो कोणबाट दीर्घदर्शी भएर सोचेन, कार्यक्रम तय गरेन भने उसकै निम्ति पनि यो नारा (समृद्ध नेपाल, सुखी नेपाली) कुहिरोको काग साबित नहोला भन्न सकिन्न । भावी राजनीतिक लाइन के हुने कसको हुने भन्ने जुँगाको लडाइँमा को हाबी हुने भन्ने माथापच्चीले गर्दा अभूतपूर्व रुपमा उठेको यो सपना आजकै दिनदेखि दिनदिनै कमजोर र भुत्तै हुँदै जान पनि सक्छ । ओली कमजोर हुँदा यो नारा नै भुल्ने गरी नेकपा नै अलमलिने पो हो कि ? के बेर !
हुन पनि कुनै पनि मुलुक बनाउन, कसैले पराजित गर्नै नसक्ने सपनाले ती देशका नेता र जनतालाई ‘लिड’ गरेको हुनु पर्छ भन्ने मान्यता इतिहासद्वारा स्थापित सत्य होभोलिका दिनमा ‘लिगेसी’ बोक्ने पुस्ता त कुरै छाडौं, आजको यो सपनाको दस्ताबेज पनि खोजी गर्दा सिलसिलेबार डकुमेन्ट नपाउने गरी छेउ लाग्न बेर छैन । किनकि, नेपालीहरुको त्यही सपनालाई धुलिसात गर्न भनी रातदिन सक्रिय रहनेहरुले यस्ता कुरालाई योजनाबद्ध रुपले नै पन्छाउने गर्दै आएका छन् । अर्थात् एकखाले राष्ट्रवादी नै हुँ भन्ने चिन्तकहरुमा नेपालीहरुको त्यो भाग्य र भविष्यमाथि छद्म रुपमा रहँदै आएको ‘ब्ल्याक होल’ले कुनै दिन फेरि अस्थिरता पैदा गर्ने, बगिरहेको पानी धमिलो पार्ने र मौकामा माछा मार्न जाल हान्ने त छैैन ? कतै सारा भविष्य स्वात्तै निलिदिने गरी सुरसाको हाउडो बाउने परिपञ्चमा त कोही छैन ? एकखाले भय पनि त्यति नै व्याप्त छ । यस्तो आशंकालाई बल पुग्ने गरी मुलुकमा केही घटनाहरुको आवृत्ति पनि सुरु भइसकेको अवस्थामा सत्तारुढ दल गम्भीर हुनु पर्ने कुरा समृद्धि बहस शंखलाले बोकेको पहिलो थिम हो ।
०००
किनकि, कुनै पनि सत्ताको विरासत अविच्छिन्न उत्तराधिकारीका रुपमा विकास हुँदै जाने प्रवाह हो । हुन पनि कुनै पनि मुलुक बनाउन, कसैले पराजित गर्नै नसक्ने सपनाले ती देशका नेता र जनतालाई ‘लिड’ गरेको हुनु पर्छ भन्ने मान्यता इतिहासद्वारा स्थापित सत्य हो । जस्तो कि भारत स्वतन्त्र संग्रामतामा गान्धीजीको ‘भारत माता’ भारतीय सपनाको मूल प्रवाह नै थियो । यसको नेतृत्व नेहरु हुँदै गान्धी परिवारले लामो समयसम्म नै गरेको देखियो ।
‘हमारा भारत महान है’ अभिव्यक्ति त्यही सपनाको उद्गार थियो । भलै आज कुन रुपमा कसरी अघि बढिरहेको छ, समीक्षाको विषय हुन सक्छ ।
आज भन्ने गरेको यो ‘समृद्धि’ को जग वास्तवमै भन्नु पर्दा इतिहासको त्यही जगबाट उठेको शिलान्यास हो । विरासत हो भने यसलाई आफ्नो भर्सनमा बुझ्नै हैसियत पनि आजको पुस्ताका नेताहरुले राख्न सक्नु पर्छ कि पदैन ?सँगैको छिमेकी चीन मुक्ति आन्दोलनदेखि आजका दिनमा ‘अब चिनियाँ विश्व सभ्यता’सम्मको सपना देखाउने नेताहरुको अविच्छिन्न रुपमै अघि बढिरहेको देखन्छि । माओदेखि देङ र सी जिनपिङसम्म आउँदा चीनले पनि त्यो सपनाको विरासतको अविच्छिन्न उत्तराधिकारीकै रुपमा विकास गर्दै आइरहेको पनि छ । जबकि, नेपालमा त्यही कुराको अभाव प्रजातान्त्रिक दलहरुमा देखियो । बहुदलकालदेखि आज गणतन्त्रसम्म नै यो समस्या ज्यूँकात्यूँ छ । सिंगो चिनियाँ जनता र मुलुक सोही प्रवाहमा स्वपनील भएर विश्वको शक्ति राष्ट्रका रुपमा आज स्थापित छ । सम्पन्न भएको देखिने चीनका नेताहरु आफ्नो भावी ५० देखि १०० वर्षसम्मको यात्रा तय गर्न व्यस्त छन् । जबकि, नेपाली नेतृत्व पंक्ति आउने ३ वर्षपछिको चुनावी रणनीति प्रति समेत गम्भीर देखिदैनौं । सपना र ‘लिगेसी’कै कुरा गर्दा अमेरिका पनि दुनियाँको सर्वश्रेष्ठ राष्ट्रका रुपमा देखा पर्छ । स्वतन्त्रता संग्रामताका जर्ज वासिङ्टनले नेतृत्व गरेको अमेरिकी जनतामा पाइएको ‘प्यासन’ ‘अमेरिकन ड्रिम’ ले लगभग ओबामासम्म नै निरन्तरता पायो । पौराणिक इतिहास तिर जाने हो भने पनि बिक्रमादित्यको सपना उनकै वंशले बोकेदेखि मुगल साम्राज्य हुँदा पनि यस्तै कुनै न कुनै स्वत्वले शासन सत्तामा प्राण भरेको देखिन्छ । जबकि, यो त २१ औं शताब्दी हो, सामन्तवादी नभई लोकतान्त्रिक प्रणालीमा आबद्ध दुनियाँ हो । राजनीतिक दलहरु पनि विचारद्वारा परिचालित छन् भनिन्छ । र, उनीहरुमा पनि प्राण भर्ने त्यस्तै तत्त्वको आवश्यकता जहिले पनि पर्ने गर्छ ।
वाम शक्ति विचारबाट चल्न छाडेकै हो त ?
तर, ताज्जुब लाग्ने कुरा के छ भने, समृद्धिको अत्यधिक तिर्सना भएको नेपालले अहिलेसम्म पनि समृद्धिको सूत्र यही नै हो भनी किटान गर्न सकेको छैन, न त समृद्धिबारे जरोकिलो किटान गरी यसका आयामहरुमाथि इमानदार विश्लेषण गरेको कुनै दस्ताबेज नै पाइन्छ ।विज्ञानको नियमले व्याख्या गर्ने ‘भ्याकुम’ चन्द्रमामा भएत काम गर्ला त ‘गुरुत्व’ बल लाग्ने यो धर्तीमा कतिसम्म शक्तिशाली छ भन्ने कुरा हालै मात्र पेचिलो बन्दै गएको ‘एमसिसी’ बहसले पनि पुष्टि गर्छसत्तारुढ दल, आजको नेपाल कम्युनिस्ट पार्टी, जसमा दुई पूर्व वामशक्ति एकता सहित राजकाज चलाइरहेका छन्– क्रान्तिताका समाजको विश्लेषण, शंश्लेषण, कार्यक्रम, कार्यभार र दिशा समेत निर्देश गर्ने प्रचलनबाट हुर्किएको यो दलले आज जुन हविगतमा आफूलाई अघि बढाइरहेको छ, यो दुखद छ । किनकि, सत्तारुढ दल (पनि) यतिबेला ‘विचार शून्य’ अवस्थामा देखिन्छ । यसको विचारको मियो यो वा त्यो त भनिएला, तर एकीकरण पछिको संक्रमणको लामो शिकायत बोक्दै आएको यो दल आजका दिनसम्म नै ‘भ्याकुम’मा यात्रा गरिरहेको छ । भ्याकुममै अवतरण गर्ने दिशातिर उन्मुख भएझै देखिन्छ । विज्ञानको नियमले व्याख्या गर्ने ‘भ्याकुम’ चन्द्रमामा भएत काम गर्ला त ‘गुरुत्व’ बल लाग्ने यो धर्तीमा कतिसम्म शक्तिशाली छ भन्ने कुरा हालै मात्र पेचिलो बन्दै गएको ‘एमसिसी’ बहसले पनि पुष्टि गर्छ । योसँगै, नेपालले छिमेकी र भारत र चीनबीच भएका पारवाहन र ट्रान्जिट सम्झौताहरुलार्ई चाहिँ संसदमा प्रवेश गराउनु पर्ला कि नपर्ला भन्ने बहसका आयामहरुले घोच्ने गरेको सत्यले पनि उजागर गरिदिन्छ । विगतमा जनताको बहुदलीय जनवादको आलोकमा क्रान्तिको बाटो यही हुने छ भनेर मोटामोटी दर्शन दिने गरेको पूर्व एमाले, जसलाई अक्सर नेपाली थिंकट्याङहरुले ‘विचार र कार्यक्रम भएको पार्टी’ भन्थे । त्यस्तो इतिहासको इज्जतबाट यति टाढासम्म विना विचारको बाटोमा यो दलका कार्यकर्ता कसरी हिँडिरहेका होलान् भन्ने गरी यदाकदा प्रश्न पनि उठ्ने गरेको पाइन्छ । विचारधारामा हिँड्ने बानी परेकाहरु विचारधाराविहीन यात्रा गर्दा छटपटिनु पर्ने हो जस्ता टिप्पणी पनि सुन्ने गरेको पाइन्छ । पूर्व नेकपा माओवादीका हकमा पनि यही कुरा लागू हुन्छ । भलै विचारको नाउँमा ती दल र तिनका कार्यकर्ताहरु ‘डग्मेटिक’ पनि छन् या फराकिला या आजको युग सुहाउँदा, खोजको विषय हुन सक्छ, तर, तिनैको पार्टीले सरकार हाँके पनि यतिबेला विचारधारा के हो भनी सोध्ने हो भने ती दल सम्बद्ध नेतृत्व यसको जवाफ दिनेबेला खुला आकाशको निहारिका हेर्न थाल्ने छन् । तत्कालीन सोभियत युनियन जस्तो, ८० को दशक नआउँदै सोभियत सत्ता जुन घुर्माउलो विचारविहीन यात्रामा थियो, नेताहरुले जे बोले त्यही विचार हुने गथ्र्यो, यतिबेला सत्तारुढ नेकपाको अवस्था त्यस्तै छ ! हिजोको पुस्ताले विचार बोकेर आएको थियो, अहिले किन चाहियो ? भन्ने हर्कत समेत यदाकदा देखिएको नेकपा भित्र सरकारका केही मन्त्रीहरु त आफ्नो दलको घोषणा पत्रबारे पनि अनभिज्ञ छन् । आजको विचारधारा पनि त्यही घोषणा पत्र भन्दा ज्यादा नभएको अवस्थामा छ । मानौं यतिबेला विचारका नउँमा मुलुकमा बाबुराम चरित्र चलिरहेको छ । जसको विचार भनेकै त्यही घोषणा पत्र मात्रै हो र, फगत बाबुराम नै विचार हो विचार नै बाबुराम हो ! हिजोको पाइला मेटिएको बाबुराम जति बुख्याचा बनेका छन्, नेपालमा नेपाली काँग्रेस पनि त्यो भन्दा माथि उठ्न सकेको छैन । र, नेकपा यही रोगबाट गुज्रिरहेको अवस्थामा हामीजस्ता चिन्ता बोक्नेहरुले यतिबेला सोधेको प्रश्न पनि यही नै हो । समृद्धि बहस शृंखलाले समेटेका आयामहरु पनि यिनै र यस वरपरकै भावभूमि हो । ००० नेपालले समृद्धि चाहेको ऐतिहासिक जग हेर्दा ७ दशक लामो नै छ भन्नु पर्ने हुन्छ । ०९७ सालको सहिद काण्डदेखि नै यसको हिसाबकिताब खोज्न तिर लाग्न सकिन्छ । गोपाल प्रसाद रिमालको कविताले जस्तो ‘आमा त्यो आउँछ ?’ भन्दै ‘क्रान्ति’को आशमा बितेको नेपाली पुस्तौंपुस्ता जसरी हिजोका दिनमा बित्यो त्यसरी आज बिताउन चाहँदैन, सक्तैन पनि । आज भन्ने गरेको यो ‘समृद्धि’ को जग वास्तवमै भन्नु पर्दा इतिहासको त्यही जगबाट उठेको शिलान्यास हो । विरासत हो भने यसलाई आफ्नो भर्सनमा बुझ्नै हैसियत पनि आजको पुस्ताका नेताहरुले राख्न सक्नु पर्छ कि पदैन ? तर, दिनदिनै फेरिदै गर्ने नेपाली राजनीति रंगमञ्चको परिदृश्य हेर्दा, पछिल्ला दिनमा यो प्रश्न पनि सोध्न मन लाग्छ कि, के नेपालीहरुमा साँच्चिकै समृद्धिको सपना र त्यो प्राप्तिको ‘प्यासन’ पनि छ र ?
०००
गएका केही हप्ता निर्माण मिडियाले कतै जिरो ग्राउन्ड त कतै उपलब्ध ग्राउन्डमा चलाएको छलफलबारे यहाँ सम्पादित अंश मात्रै प्रस्तुत गरिएको छ । स्मरणरहोस्, सम्बन्धित व्यक्तित्वहरुको वैयक्तिक भिडियो समाचार पनि वैयक्तिक रुपले नै प्रस्तुत गरिने छ ।
...
मानिसको जीवनको आमतौरमा हुने उन्नत अवस्था नै समृद्धिः
-बालकृष्ण शिवाकोटी, सदस्य लगानी बोर्ड निर्माण मिडिया नेटवर्कको संवादमा मिजासिलो रुपमा प्रस्तुत भएका उद्यमी शिवाकोटी समृद्धिबारे भौतिक पूूर्वाधार ‘वेलनेस’ अवस्था हो भनेर बुझ्दछन् । नेपाल लामो अस्थिरताबाट गुज्रिएपछि गणतान्त्रिक संरचनामा प्रवेश गरेको र स्थिर सरकार आएसँगै विकास र समृद्धिका कुराहरु सतहमा आएको उनको भनाइ छ । यतिबेला मुलुकले २–२ वटा लगानी सम्मेलन समेत सम्पन्न गरिसकेको अवस्था छ । पछिल्लो लगानी सम्मेलन अघिल्लोका तुलनामा केही फराकिलो र मूर्त रुपमा प्रकट भयो । यो लगानी सम्मेलनले लगानी बोर्डबाट अघि सार्ने केही परियोजनाहरुलाई अघि बढाइसकेको अवस्था पनि छ । निश्चित सिलिङ भित्र रहेको ठूला परियोजनाहरुका हकमा विदेशी लगानी लिने र टुंग्याउने दायित्व समेत बोकेको आजको लगानी बोर्ड एकलबिन्दु सेवा मजबुत बनेसँगै विदेशी लगानीकर्ताहरु नेपालमा निरास हुनु नपर्ने अवस्था सिर्जना भएको उद्यमी शिवाकोटीको दाबी छ । उनका अनुसार समृद्धि भनेको मानिसको जीवनको आमतौरमा हुने उन्नत अवस्था नै समृद्धि हो ।सुरक्षित नेपाल नै समृद्ध नेपालको आधारः
-सुशील ज्ञवाली, सिइओ, एनआरए नेपाल विपदको अत्यन्त जोखीममा छ भन्ने सबैलाई थाहै छ । हामीले आर्थिक वृद्धिका लागि जति खर्च गरे पनि अबको आर्थिक लगानी सुरक्षित विकास रणनीति अन्तर्गत भएन भने त्यो समृद्धिका लागि घातक हुने छ । पूर्वाधार विकास विना समृद्धिको आधार तय गर्न सकिन्न । तर त्यो विकासमाथिको लगानी विपद प्रतिरोधी संरचना बनाइएन भने धराशयी र ध्वस्त हुने त हामीले भोगिसक्यौं । ९ हजार स्कुल धराशयी हुँदा खर्बौं रुपियाँ खेर गयो । त्यस्तै, स्वास्थ्य संस्था र भवनहरु ध्वस्त हुँदा पनि खेर नै गयो । व्यक्तिका निजी घरहरु ध्वस्त हुँदा पनि न पूर्वाधार रह्यो न सुरक्षा न समृद्धि नै । त्यसैले, अबको नेपाल सुरक्षित नेपाल सहितको समृद्धिबारे हामीले सोच्नु पर्छ । हाम्रो पूर्वाधारमाथिको लगानी, चाहे त्यो सहर बनाउन होस् या घर बनाउन, बाटो बनाउनमा होस् या हाइड्रो उत्पादन गर्नमा, दीर्घकालीन रुपमा सोचिनु पर्छ । समृद्ध नेपाल सुरक्षित नेपाल चाहिँ अबको समृद्धिको अकाट्य अंग हो भन्ने मलाई लाग्छ ।प्रकृतिले दिएको धन पक्रन सक्नु नै समृद्धिको आधारः
-शैलेन्द्र गुरागाई, अध्यक्ष, इप्पान समृद्धि भनेको हरेक नागरिकले आफुले खुसीसाथ बाँचेको अनुभूति गर्नु हो । त्यो गर्नको लागी हामीसँग इकोनोमिक पावर हुनुपर्छ । त्यो इकोनोमिक पावर ल्याउनका लागि नेपालको मुख्य आधार भनेको हाम्रा खोलानाला हुन् । खोलानाला भनेको यसैबाट निकाल्न सकिने बिजुली हो जुन निरन्तर आउँछ । जुन हाम्रो देशमा अरु कसैले दिनु पर्दैन, कसैसँग हात पसारेर भिक्षा माग्नु पर्देन । प्रकृतिले हामीलाई उपलब्ध गराएको यो जलस्रोतको अपार सम्भावनालाई पक्रनु नै समृद्धिको आधार हो ।समृद्धि बहुआयामिक सिद्धान्त, तर सिस्टमेटिक विकास हुनु पर्छः
-इ. आशिष गजुरेल, लागनी बोर्ड समृद्धि त मलाई बहुआयामिक शब्दकोश जस्तो लाग्छ । वास्तवमा सुखीपन महसुस गर्न सकियो भने मात्रै त्यहाँ समृद्धि रहेछ भनी बुझ्ने हो । शान्ति, समृद्धि सबैको चाहना हुने गर्छ तर पाउने कसरी भन्ने चाहिँ जसले जान्यो त्यसैले मात्र समृद्धि हासिल गर्न सकेको देखिन्छ ।त्यसका लागि पहिलो सर्त भनेकै गुणस्तरीय र दीर्घकालीन पूर्वाधार नै हुन् । यसको विकास हाम्रा लागि पहिलो सर्त हो भन्ने मलाई लाग्छ । हाम्रो प्राथमिकता विकासको सिँढी माथि चढिसकेको देशसँग तुलना नहुन सकछ । हामीसँग स्तरीय पूर्वाधार छैनन् । पूर्वाधारमा हामी निकै पछाडि छौँ । हाम्रो विकासको पारा अझै पनि सिस्टमेटिक भइसकेको छैन । तिन तहको सरकार छ । कुन तहले के गरिराखेको छ केन्द्र सरकारसँग ‘कम्युनिकेसन’ पनि छैन । लगानी बोर्डले र काठमाडौं महनागरपालिकाले दुइटैले मोनोरेल बनाउन सक्ने भयो । जसले जे मन लाग्यो त्यही बनाउनु विकास नभई विनाश चाहिँ हो । त्यसैले हामी के गर्दै छौँ भन्ने कुरा थाहा हुनु पर्यो । केका लागि भन्ने पनि बुझ्ने ल्याकत पनि चाहियो । यसका लागि राष्ट्रिय योजना आयोगले त्यो कुरा त दिनु पर्यो नि ।
इतिहासममै नयाँ शैलीबाट आयोग अघि बढिरहेको, अब तीव्र विकासमा छलाङ मार्छ:
--इ.सुशील भट्ट, सदस्य योजना आयोग आजका दिनमा राष्ट्रिय योजना आयोग इतिहासकै नयाँ शैलीबाट अघि बढ्ने ठाउँमा आइपुगेको छ । हामीले त्यसको आधार पनि तयार गरिसकेका छौं । योजना बैंक मार्फत् मात्रै अबका मुलुकको नीति चल्छ भन्ने सुन्न पाउँदा हामी खुसी हुनै पर्छ । आज योजना आयोग त्यो गर्व गर्ने ठाउँमा आइसकेको छ । हरेक कुरा, देशको हरेक कुनाको सूचना, सम्भावना, स्रोत अब हामी आइटीबाटै अनुभूत गर्ने गरी अघि बढिसकेका छौं । तपाईले केही दिनमै योजना आयोगले नयाँपन बोकेको समाचार सुन्नु हुने छ । साथै, हामीले पन्ध्रौँ योजनाको आवधिक आधार पत्र तर्जुमा गरिसकेका छौँ । २५ वर्षको भिजनको कन्सेप्टमा आधारित भई १५ औँ योजनाको आधार पत्र बनेको हो । यसले राष्ट्रको आवधिक लक्ष्य र उद्देश्य निर्धारण गरेको छ । नतिजा खाका र नतिजा सूचक हामीले बनाएका पनि छौँ । समृद्ध नेपाल सुखी नेपाली बनाउने उन्नत सोचका साथ ५ वर्षमा यो काम, १० वर्षमा यो काम र त्यो लक्ष्य हासिल गर्ने अनि बाँकी १५ वर्षमा मुलुकलाई संयुक्त राष्ट्र संघले तोकेजस्तै, अर्थात् हामीले आफैंले पनि आफ्नो औकात अन्तर्राष्ट्रिय त्यो स्टेन्डर्डमा उठाउने छौं भन्नेमा हामी स्पष्ट छौं । तपाई हामीले महसुस नै गर्ने गरी आजका दिनमा गौरवका आयोजनाहरुले परिणाम पनि दिइरहेको अवस्था छ । रेट अफ प्रोग्रेस हाइ छ ।त्यसैले हामी सोही आधारपत्रका आधारमा सबैभन्दा पहिले प्राथमिकतापूर्ण पूर्वाधार निर्माण गर्ने छौं । पूर्वाधारले नै हाम्रो समृद्धिको आधार तयार गर्छ । पूर्वाधार आफैंमा ट्रान्सफर्मेटिभ ड्राइभरका रुपमा पहिचान भइसकेको छ ।
हामीले २५ वर्षको योजना तय गर्दा एउटा आवधिक योजनालाई समृद्धिको (प्रस्परिटी) को जेनेरेटिङ फेज भनेका छौं । त्यस पछिको दुइटा आवधिक परियड अर्थात् १० वर्षको पिरयडलाई हामीले समृद्धिलाई एक्लरेट गर्ने अर्थात् तीव्र विकास गर्ने भनेका छौं । यानि, तीव्र विकासमा छलाङ मार्नु पूर्व हामीले फाउन्डेसन बनाउनु छ । त्यसैले यो १५ औँ योजनाको आवधिक पिरयडलाई हामीले भनेजस्तै फाउन्डेसन बनाउने पिरयड हो । ताकि भोलिका लागि तीव्र विकास हासिल गर्न सकियोस् । त्यसैले हामी त्यो तीव्र विकासका लागि आयोजना पनि छनोट गर्ने छौं । प्राथमिकता तोक्ने छौं । रुपान्तरणकारी आयोजनाको पहिचान, पहिचान पश्चात त्यसको विस्तृत अध्ययन, विस्तृत अध्ययन पछि त्यसको लेखाजोखा, छनोट, तयारी । यसरी यो समय खर्च पछि हामी कार्यान्वयन योग्य आयोजना, त्यसको लगानीको स्रोत, लगानीको मोडालिटी आदि सहित योजना बैंकमा राखिने छ । २५ वर्षे भिजन सहित यसरी हामी अघि बढिरहेको छौं । जुन अनुभूती हुने तहमा क्रमशः रुपान्तरित हुँदै छ ।
३ नम्बर प्रदेश प्रदेशहरुकै राजा होः
--श्याम बस्नेत, योजना तथा नीति आयोग प्रदेश नम्बर–३ ७ वटै प्रदेशमध्ये सबैभन्दा ठूलो जनसंख्या, स्रोत साधन समेत भएको प्रदेशका रुपमा छ । तुलनात्मक रुपमा यो प्रदेशमा अरु प्रदेश भन्दा हरेक इन्डिकेटर माथि पनि छ । यो प्रदेशको समृद्धि र विकाससँग सिंगो राष्ट्रको विकास जोडिन्छ ।मुख्यगरी प्रदेश–३ ले प्रदेशको आवधिक योजना आधार पत्र तयार गरेर छ । सुस्पष्ट रुपमा यो प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने कुरामा ५ वटा पिल्लर छनोट गरिएको छ । अबको वर्ष भनेको योजनाहरु कार्यान्वयन र परिणाम दिने वर्षका रुपमा हामी अघि बढिसकेको छौं ।
डाटाले नै देखाउँछ कि मुलुक समृद्धिको आधार समाउन सफल भइसकेको छः
--महेश बस्नेत, सांसद् भक्तपुर–२ समग्र मुलुकको अहिलेको जुन अवस्था छ, त्यसमा आमूल परिवर्तन नै समृद्धिको सूचक हो । सरकारले समृद्ध नेपाल भन्ने नारामा किन ‘सुखी नेपाली’ पनि थप्यो भने कम्युनिष्ट सरकार भएको र समाजवादी अर्थतन्त्र तर्फ उन्मुख हुनु पर्ने हुँदा हामीले लिएका विकासका आधारहरुले मुलुकको समग्र अवस्थालाई त्यतैतिर लैजान सक्नु पर्छ । यतिबेला नेपाल दक्षिण एसियामै दोस्रो ठूलो आर्थिक विकास भएको देशमा हामी दर्ज भएका छौं । हाम्रो आर्थिक वृद्धिदर ७.१ को दरले विकास भएको विश्व बंैकले मापन गरेको छ । दक्षिण एसियामा हामी दोस्रो आर्थिक वृद्धिदर गर्नै मुलुकमा रुपान्तरित भएका यही सरकारको नेतृत्वमा हो नि ! परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने तर्फ हाम्रो अर्थतन्त्रका सूचकहरुलाई कसरी सच्याउन सक्छौं त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ । समृद्धि र सुखीपना पनि समानतामा नै आधारित हुनु पर्छ । अन्यथा त्यो समाजवादी राष्ट्र हुन पनि सक्तैन । कसैको वार्षिक आय १२ सय डलर भइरहँदा कसैको २ सय पनि नपुग्ने जस्तो विडम्बना हुनु हुँदैन । पछिल्लो आयात निर्यातको आँकडाले पनि मुलुकले समृद्धिको लिक पक्रिसकेको स्पष्ट सन्देश दिएको छ । ९ खर्ब बढी हामीले आयात गरिरहँदा १ खर्ब पनि नपुग्ने निर्यातको अवस्था थियो, त्यसमा बदलाब आएको छ । अहिले आयात ५ प्रतिशतको दरले घटेको छ । हेर्दा सानो लागेपनि आँकडामा त्यसले ठूलो अर्थ राख्छ । निर्यात हेर्दा झन्डै ४५÷४६ प्रतिशतले बढेको छ । यसले के पुष्टि गरेको छ भने हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने तर्फ सरकारले जुन नीति लिइरहेको छ त्यो ठिक छ भन्ने पुष्टि भएको छ ।हिजोको भन्सारमा आधारित अर्थतन्त्रलाई अब राजश्व र आयकरमा रुपान्तरण गर्न हामी चाहन्छौं । किन भन्दा, अब स्वदेशमै उद्योगधन्दा र उत्पादनहरु बढिरहेको छ भन्ने हामी देखाउन चाहन्छौं । औद्योगीकरण यसको पहिलो सर्त हो । कृषिको वैज्ञानीकरण र औद्योगीकरणले त्यो दिशालाई निक्र्याेल गर्छ । कृषि पछि जलविद्युत्, पर्यटन यस्तो उद्योग हो जसले हाम्रो अर्थतन्त्रलाई आत्म निर्भर बनाउँछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्दा कानुनी र संरचनागत पक्ष निर्माणमा एक वर्ष बित्नु समृद्धिको लामो कोर्सका अगाडि कुनै लामो समय हैन । अबका वर्षहरु सरकारका लागि परिणाम देखिने वर्षहरु हुने छन् । हामीलाई जनताको समृद्धि गर्ने बाहेक अरु गफ गरेर दिन बिताउने छुट छैन ।
श्रमिक पठाएर रेमिट्यान्स खाने जस्तो उल्टो बाटोबाट अब अर्थतन्त्र नयाँ ट्र्याकमा गएको छः
--खगराज अधिकारी, सांसद, काश्की–१ २००७ सालको परिर्वतन अघिदेखि आन्दोलनमा निरन्तर लाग्दै आएको पुस्ताले आजका दिनसम्म आइपुग्दा केही न केही फरक त पाएको छ । तर आजको समृद्धि आजको उचाइ, हिजोकै जगको निरन्तरता हो भनेर बिर्सनु हुँदैन । हिजोका दिनमा जनताको रोजगारी, स्वास्थ्य, शिक्षा र अर्थतन्त्रमा सकारात्मक उचाइ दिने जस्ता कार्यक्रम बनेनन् । तर, ०६२–६३ को आन्दोलन पछि अब नेपालमा बारम्बार व्यवस्था बदलिरहनु पर्ने अस्थिरता अध्याय समाप्त भएको छ । अब हिजोका जस्ता अशिक्षा, अस्वास्थ्य, अविकास जस्ता कुराहरुबाट देशले मुक्ति पाउनु पर्छ र आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्नु पर्छ भन्ने नै समृद्धिको प्रारम्भिक विषय हो । जनताको गास, बास र कपासको अवस्था बदलेर नयाँ व्यवस्थामा हामी जनतालाई आत्मनिर्भर बनाउन चाहन्छौं । हाम्रा कार्यक्रम, नीति, कार्यभारहरु त्यसमै आधारित भई अघि बढ्न जरुरी छ र सरकारले बोकेको नीति त्यतातिरै निर्दिष्ट छन् पनि । आजका दिनमा जनताको गरिबी, पछौटेपन, अशिक्षा, अस्वास्थ्य जस्ता अविकासको अवस्था अब रहनु हुँदैन । हामीले यो लामो समयदेखि लडेको केका लागि त भन्दा त्यही समृद्धिका लागि हो । आजको समृद्ध नेपाल सुखी नेपालीको नाराले आत्मसात गरेको स्वत्व त्यही हो । हिजोका दिनमा श्रमिक पठएर रेमिट्यान्स खाने जस्तो अर्थतन्त्रको उल्टो बाटो अब सुल्टो दिशामा हिड्न थालेको छ । यसले नै समृद्धिको आधारलाई समातेको छ भन्ने पुष्टि हुन्छ ।आज मुलुक नयाँ ठाउँमा गइसक्यो, तर हामीमा रहेको हिजोको अस्थिरताको ह्याङओभरले समृद्धिमा बाधा सिर्जना गरिरहेको छः
--एलपी साँवा लिम्बू, सांसद, झापा–४ समृद्धि व्यापक अर्थ बोकेको शब्दावली हो । तर, ठुलो चौडा सडक अग्ला घरहरु छेउछेउमा पार्क ठुला सपिङ मलहरु भएको मुलुक वा ठाँउलाई समृद्ध भएको भन्ने पनि बुझाइ छ । पूर्वाधार विकासले युक्त ठाँउलाई समृद्धि भन्ने बुझाइ छ । तर, समृद्धि भनेको त्यतिले मात्र बुझिने मापन गरिने कुरा होइन । मानव जीवनसँग जोडिएका भौतिक पक्ष र आध्यात्मिक पक्ष दुवैलाई सन्तुलित ढङ्गले अगाडि बढाउन सकियो भने त्यसलाई समृद्धि हो भन्न सकिन्छ । लामो समयदेखि मुलुक व्यवस्था बदलिन र सरकार बदलिने अस्थिरताको समस्याबाट गुज्रदै आयो । तर, त्यही समस्याबाट पार पाउन भन्दै नेपाली जनता, हामीले गणतन्त्र ल्ययौं । व्यवस्था चाहिँँ हामीले खोजेको जस्तो आयो, तर हामीमा रहेको हिजोको अस्थिरताले सिकाएको संस्कृति, संस्कार, बुझाइ सबैका सबै नै ह्याङओभरका रुपमा रहेकोले आजको परिवर्तित सन्दर्भमा मेल खान सकिरहेको छैन कि जस्तो पनि देखिन्छ ।- भिडियो
हिजो सरकार विरोधी मोर्चामा उभिन सिकाइयो, आज जनताले नै चाहेको व्यवस्था छ तर पनि सकारात्मक उचाइ लिन सकेको छैन किन ?
-शंकर पोखरेल, मुख्य मन्त्री, प्रदेश–५ बहसमा जोजो व्यक्तित्वहरु संलग्न हुुनु भयो, ती सबैमध्ये नेता शंकर पोखरेलको धारणा अत्यन्त क्रिम रुपमा प्रस्तुत भएको छ ।अक्सर समृद्धि के हो, र सोचेजस्तै समृद्धि किन हासिल हुन सकेन भन्ने प्रश्नको जवाफमा नेता पोखरेलले यसलाई ऐतिहासिक विकास र जनतामा रहेको सोच संस्कृति निर्माणमा हिजोका दिनमा सिकाइएको पाठ आजका दिनमा प्रत्युत्पादक भइरहेको बताए । एक हिसाबले परिवर्तनका लागि सरकार विरोधी स्कुलिङ गर्दाको तितो अनुभव र स्वीकारोक्ति समेत गरेका नेता पोखरेलले सैद्धान्तिकीकरण गर्दै सरकारको अबको काम जनतालाई समृद्धिका लागि आवश्यक संस्कृतिको सुरुआत गर्ने पनि हो भनी बताए । हिजोका दिनमा नेपालको राजतन्त्रका विरुद्धको संघर्षमा राज्य विरुद्ध जनतालाई परिचालित गर्नु परेको थियो । लामो समय नेपाली जनता राज्य विरुद्ध नै परिचालित हुँदा जनतामा त्यही नकारात्मकता संस्कृतिकै रुपमा विकास भयो । तर, आज जनताले चाहेको परिर्वन आएको छ । संवैधानिक व्यवस्था निर्माण पनि त्यही अनुरुप छ । तर, परिवर्तन पछि पनि सोचे अनुरुप समृद्धि हासिल गर्न किन सकिएको छैन ? जनतालाई हाम्रो राज्य बनाउने मनोविज्ञान हामीले अझै बनाउन सकेका छैनौँ । राज्य निर्माणमा हाम्रो सक्रियता भन्ने कुराको राजनीतिक शिक्षा पर्याप्त मात्रामा दिन सकेका छैनौँ । समृद्धिको अभियानमा राज्यप्रति बढी आलोचनात्मक सोचहरु देखा पर्नुका पछाडि त्यही हिजोको स्कुलिङले काम गरेको छ । अब रह्यो कुरा, संघीयताको सफलताको । आजका दिनमा इलिट वर्ग, विश्वका जुनसुकै विकसित राष्ट्रमा पनि राजधानी जाने कुरा रोक्न सकिन्न । तर, जहाँसम्म मध्यम वर्ग आज पनि अवसरका लागि भन्दै, शिक्षा र स्वास्थ्यका लागि भन्दै राजधानी धाउन रोकिन्न भने संघीयताको चुनौती त्यही हुने छ । अब यसतर्फ सरकार, हामी राजनीतिक दलहरु सबैले सोच्नु पर्छ । मध्यमवर्ग त्यही प्रदेशमै, स्थानीय तहमै रमाउन सक्ने वातावरण बनाउनु पर्छ कि पर्दैन भन्दा सरकारको ध्यान त्यतातिरै जान आवश्यक छ । समृद्धिको चुनौती यो हो । अबको प्राथमिकीकरण पनि ठूलो हिस्सा जुन पेसामा आबद्ध छ त्यहीबाट समृद्धिको क्रान्ति थालनी गर्नु पर्छ । आजका दिनमा पनि कृषि नै त्यस्तो क्षेत्र हो जहाँ मानिसको ठूलो हिस्सा आज पनि कृषिमै छ ।
कृषिमा रुपान्तरणद्वारा मात्र समृद्धिका अन्य पक्षहरुलाई पनि कामयाव गराउन सकिन्छ । ०००
(विशेषः यो प्रस्तुतिमा नेताको प्रोफाइल र उचाइलाई भन्दा पनि विषयको विन्यास, उठान र जिज्ञासुको पठनसँग ज्ञान सिक्ने सिलसिला पूर्णता दिने हिसाबले मुख्य व्यक्तित्वको भनाइलाई क्रमशः उत्तरोत्तर पछि प्रस्तुत गरिएको हो । साथै, लेख्य रुपमा प्रस्तुत कुराहरु सम्पादित मुख्य अंश मात्रै दिइएकाले भिडियो सुनेर पूर्ण लाभ लिनहुन पनि अनुरोध गरिन्छ, सम्पादक)
प्रकाशित: २०७६ पौष १२
December 28th 2019
प्रतिक्रिया दिनुहोस्