नेपाली समय: ११:२७:५० बिहान
वि.सं २०७६ माघ ११   शनिवार

अमेरिकी युद्धमोहः इराक, इरान र पर्सियन खाडीमाथिको आकासमा लगायो अमेरिकाले आकस्मिक संकटकाल

निर्माण सञ्चार, २३ पुस, ०७६, एजेन्सी । यो हप्ता विश्वभर नै अमेरिका–इरान युद्ध सन्त्रास व्याप्त छ । इरानले इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा आक्रमण गरेपछि अमेरिकी हवाई उड्ययन विभाग ‘फेडरल एभियन फेडरेसन (एफएए) ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकासमा आकस्मिक संकटकाल घोषणा गरेको छ ।

यो संकटकाल पछि त्यो आकासमा हवाई उडानमा रोक लगाइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् 

अमेरिकाले इरानी सैनिक प्रमुख सुलेमानीलाई अघिल्लो शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरी हत्या गरेको थियो । उक्त हत्याको प्रतिक्रिया दिदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सुलोमिनी निकै पहिले नै मारिसक्नु पर्ने’ भन्दै हत्याको जिम्मेवारी समेत लिएका थिए

यस अघि अमेरिकाले ड्रोन आक्रमणद्वारा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेको थियो । सोही हत्याको बदलामा इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको थियो ।

उक्त हमलामा इरानले अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको बताइएको छ ।

उता अमेरिकी सरकारले इरानले इराकस्थित आफ्नो फौजको हवाई आधारमा मिसाइल आक्रमण गरेको पछिको सम्भाव्य आक्रमणलाई रोक्न भन्दै उक्त आकष्मिक संकटकाल घोषणा गरेको जनाएको छ ।

‘एफएएले  ‘नोटिस टू एयरम्यान’ (एनओटीएएमस) सार्वजनिक गरेको छ । यस अन्तर्गत अमेरिकी हवाई उड्यन संचालकहरुलाई इराक, इरान र पर्सियन खाडी तथा ओमन खाडीमा विमान उडाउन प्रतिबन्ध लगाएको’ उल्लेख छ । 

एफएएले निकालेको वक्तव्यले यसबारे भनेको हो ।

एफएएको उक्त सूचना इरानले इराकस्थित हवाई आधारमा दर्जन बढी मिसाइल प्रहारको जिम्मेबारी लिएको केही घण्टा लगत्तै आएको हो ।

अमेरिकाले इरानी सैनिक प्रमुख सुलेमानीलाई अघिल्लो शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरी हत्या गरेको थियो । उक्त हत्याको प्रतिक्रिया दिदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सुलोमिनी निकै पहिले नै मारिसक्नु पर्ने’ भन्दै हत्याको जिम्मेवारी समेत लिएका थिए ।

उक्त हत्या काण्डपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ । त्यसपछि दुवै देशले आफ्नो रक्षाका लागि भन्दै सैन्य शक्ति प्रयोग गर्ने धम्की दिइरहेका छन् । ट्रम्पले इरानका ५२ स्थानमा हमला गर्ने धम्की समेत दिएका थिए । 

उक्त ब्यालेस्टिक आक्रमणबाट एक सय २० बढी अमेरिकी सैनिक मारिएको इरानले दाबी गरेको छ ।


०००



प्रकाशित: २०७६ पौष २३
January 8th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार