नेपाली समय: ०६:१४:१० बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

इरानमा विमान दुर्घटना अपडेटः ‘कोही बाँचेनन्’ !

निर्माण सञ्चार, २३ पुस, ०७६, एजेन्सी । इरानमा भएको विमान दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार उक्त विमान दुर्घटनामा चालक दलका सदस्य सहित सवार १८० जना यात्रु सबैको नै मृत्यु भएको छ ।

तेहरानबाट युक्रेन उडेको इंटरनेशनल एयरलाइन फ्लाइटको बोइङ ७३७–८०० जेट  इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

इरानी अधिकारीहरुले विमान दुर्घटनामा कसैलाई जिवित भेटिने सम्भावना नरहेको बताएका छन्। 

विमान तेहराइनस्थित विमानस्थलबाट युक्रेनको किभस्थित बोर्यस्पिल  विमानस्थलका लागि उडेको केही क्षणमै दुर्घटनामा परेको थियो । 

इरानले इरामा रहेका अमेरिकी सेनाको दुई आधार शिविरमा मिसाइल आक्रमण गरेको केहि घण्टापछि विमान दुर्घटना भएको उल्लेख छ ।

 

 

०००



प्रकाशित: २०७६ पौष २३
January 8th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार