नेपाली समय: ०८:५१:४३ pm
वि.सं २०७७ साउन २४   शनिवार

वाणिज्य बैंकको बित्तिय साक्षरता कार्यक्रम

निर्माण सञ्चार, पुस २८, जुम्ला । राष्ट्रिय बाणिज्य बैंक जुम्लाले संस्थागत सामाजिक उत्तरदायित्वको लागि दोस्रो पटक वित्तिय साक्षरता कार्यक्रम गरेको छ । 

बैंकले केही समय अगाडी जुम्ला व्यवसायीहरु संग बैंकिङ सेवा तथा सिस्टमका बारेमा जानकारी गराएको थियो । 

दोस्रो पटक बैंकले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलाई वित्तिय साक्षरता कार्यक्रम गरिएको बैंकका म्यानेजर ओम बहादुर शाहिले बताए । 

‘अझै पनि नागरिकको बैंकिङ पहुँच कम छ । उनले भने, ‘दुर्गमका नागरिकलाई, बैंकिङ पहुँचमा ल्याउन, सेवा बारे स्पष्ट पार्ने उद्देश्यका साथ बैंकले वित्तिय साक्षरता कार्यक्रम गर्दै आएका छौ ।’ 

उनका अनुसार बैंकले गरेको सेवा प्रवाह, मोबाईल बैकिङ, डिम्याट खाता, नयाँ नोट नीति सम्बन्धमा, एटिएम संचालन र बैंक ब्याजदर लगायत विभिन्न विषयमा छलफल गरिएको छ । 

करिब एक सय जना सहभागिता रहेको उक्त वित्तिय साक्षरता कार्यक्रममा बैंककले दिने सेवा विश्सनिय र भरपर्दो हुनुपर्नेमा जोड दिएका थिए । 

कुल नाफाको १० प्रतिशत सामाजिक क्षेत्रमा लगानी गर्ने नीति अनुसार व्यापारी, व्यवसायी, नेपाली सेना, प्रहरी, विद्यार्थी लगायतका नीजि क्षेत्रहरु संग कार्यक्रम गरिने बैंकका शाखा प्रबन्धक शाहिले उल्लेख गरे । 

जुम्ला रहेको एक दर्जन वित्तिय संस्था तथा डेढ दर्जन बढि बैंकहरुले हाल सम्म आफ्ना सेवा प्रवाहका बारेमा वित्तिय साक्षरता तथा अभिमुखिकरण गर्न सकेका छैनन् । 

जसले गर्दा बैंकको पहुँचमा रहेको धेरै सेवा ग्राहि अझै पनि बैकिङ सेवा बारे अन्यौलनमा छ । राव बैंकका सहायक हेमन्तराज न्यौपानेले भने, अहिले राव बैंकमा करिब १९ हजार ग्राहक छन् । उनीहरुलाई बैकका सेवा बारे स्पष्ट पार्नका लागि पनि वर्षको  २÷३ पटक वित्तिय साक्षरता तथा अभिमुखिकरण गर्दै आएको न्यौपानेले जानकारी दिए । 

जुम्लामा बैंक तथा वित्तिय संस्थाहरु बढ्दै गएपनि नागरिकले सहज बैंकिङ सेवा लिन नपाएको गुनासो छ । तर राव बैंकले आम ग्राहकहरुको माग र आबश्यकतालाई बुझ्दै सन्ध्याकालिन सेवा समेत सञ्चालनमा ल्याएको छ । भने, ऋण लिनेहरुका लागि पनि प्रक्रियागत कुरालाई छिटो छरितो बनाएको छ ।  

सहजै ऋण नपाएको, बैंकहरु सेवा मुखी भन्दा नाफा मुखी भएको गुनासो खेपिरहेको राव बैंकले केहि समय यता बैंक गुनासाहरु मेटाउने संयन्त्र बनाउदै आएको छ । 

तुलनात्मक हिसाबले अन्य बैंक भन्दा दैनिक सयौको भिड हुने राष्ट्यि बैंकलाई अपांगमैत्री बनाउन पनि जुम्लाबासीले माग गरेका छन् । 

संख्यात्मक रुपमा बैंक तथा वित्तिय क्षेत्र धेरै भएपनि सेवा प्रवाह तथा बंैकिङ पहुँच विस्तारमा लक्ष्य अनुसारको उपलब्धी हुन नसकेको व्यापारी मनि प्रसाद पौडेलको गुनासो छ ।

 

 

००० 
 



प्रकाशित: २०७६ पौष २७
January 12th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार