नेपाली समय: ०७:५१:३१ बेलुका
वि.सं २०७७ साउन २४   शनिवार

ग्लोबल आइएमई बैंकद्वारा मेरुदण्डीय पक्षघात समुहलाई ३ लाख सहयोग

निर्माण सञ्चार, पुस २८, काठमाडौं । मेरुदण्डीय पक्षघात समुह नेपाल(Spinal Cord Injury Network Nepal)लाई ग्लोबल आइएमई बैंकको रु ३ लाख सहयोग

 ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाल (Spinal Cord Injury Network Nepal)लाई ३ लाख रुपैंया सहयोग गरेको छ । 

आइतबार आयोजित एक कार्यक्रममा बैंककानायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई रु ३ लाख रुपैंयाको चेकहस्तान्तरण गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
 

 

००० 



प्रकाशित: २०७६ पौष २७
January 12th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार