नेपाली समय: १०:४५:०९ बिहान
वि.सं २०७६ माघ ११   शनिवार

चिनियाँ पारवाहन सम्झौता कार्यान्वयनः खुल्यो नेपालका लागि ७ बन्दरगाह र तेस्रो मुलुक ‘कनेक्टिभिटी’ !

निर्माण सञ्चार, पुस २५, काठमाडौं । नेपाललाई चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ला भएको छ । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि अब नेपालले चिनियाँ बाटो हुँदै तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो खुलेको हो ।

  • हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाकाबाट नेपालले चीनसंग ब्यापार गर्न सक्ने
वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले दिएको जानकारीअनुसार चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न सक्नेछ ।

यस्तै रसुवा र तातोपानी नाकासहितका ६ नाका व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न पनि बाटो खुलेको छ । 

हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाकाबाट नेपालले चीनसंग ब्यापार गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा दर्ता भएका सवारी साधन अनुमति लिएर सिगात्सेसम्म जानसक्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

 

 

०००



प्रकाशित: २०७६ पौष २७
January 12th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार