नेपाली समय: ०१:१६:४० अपरान्ह
वि.सं २०७७ आषाढ ३०   मंगलवार

बौद्धमा गोली चल्योः गुण्डा विष्णु लामा प्रहरी हिरासतमा

निर्माण सञ्चार, पुस २८, काठमाडौं । काठमाडौंको बौद्धमा गोली चलेको छ । गुण्डा विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

महानगरीय प्रहरी वृत्त, बौद्धका टोलीसँग जम्काभेट भएपछि लामा भाग्न खोज्दा गोली चलाइएको डीएसपी रमेशबहादुर सिंहले बताए ।

बौद्ध प्रहरीको टोलीले तामाङलाई जम्भुडाँडामा भेटेको थियो । उक्त्त प्रहरीसंगको भेटको क्रममा लामा भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको  सिंहले बताए।

उनले भने, हाल लामालाई वीर हस्पिटल पठाइएको छ ।

प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ ।

त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।

 

 

०००



प्रकाशित: २०७६ पौष २७
January 12th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार