नेपाली समय: ११:३९:०० बिहान
वि.सं २०७७ आषाढ ३०   मंगलवार

कर्णालीमा दुईदिने युवा सम्मेलन सुरुः कर्मशील युवाबाटै कर्णालीको परनिर्भता अन्त्य

निर्माण सञ्चार, पुस २८, जुम्ला । कर्णालीमा २ दिने प्रदेश स्तरीय यूवा सम्मेलन शुरु भएको छ । युवा उद्यमशिलता, दिगो विकासमा युवाको सहभागितालाई सुनिश्चिता, रोजगारीका लागि बाहिरीएका युवालाई स्वदेश फर्काउन आह्वान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो । 

सम्मेलनको उद्घाटन गर्दै कर्णालीका कानुन मन्त्री नरेश भण्डारीले पहिलो प्रथामिकता युवालाई घर फर्काउने, दोस्रो कर्मशील भएर संघिय सरकारको अनुदानमा भइरहेको परनिर्भरतालाई अन्त्य गर्ने दाबी गरे । 

आर्थिक रुपमा समृद्ध प्रदेश, समृद्ध कर्णाली बनाउन युवा शक्तिलाई सक्षम र उद्यमशील बनाउन आवश्यक रहेको उनले उल्लेख गरे । कर्णाली कृषि, पर्यटन, व्यापार व्यवसायको प्रचुर सम्भावना बोकेको ठाँउ हो । 

तर कर्मशलि यूवाको अभावले परनिर्भरता बढेको छ । कर्णालीको परनिर्भता अन्त्य गरी आर्थिक समृद्धीका लागि युवा उद्यमशलितालाई जोड दिने सरकारको लक्ष्य रहेको तर्क दिए ।  

दुई दिन सम्म संचालन हुने सम्मेलनले कर्णालीको परनिर्भता अन्त्य गर्न यूवाको भुमिकालाई विशेष महोत्व दिएर छलफल तथा बहस गरिने छ । विदेशीएका युवाहरुलाई कर्णालीमा फर्किन उनले आह्वान गरे । युवाहरुलाई खाडीको सपना देख्न छोडेर्र चिनो,कागुनो, सिमी र पर्यटन प्रवद्र्धनमा लाग्नु पर्नेमा मन्त्री भण्डारीले जोड दिए ।


 
‘युवा श्रमशिल, कर्मशिल भएमा हामीले कसैसँग माग्नु पर्दैन उस्तै परे संघीय सरकारलाई निःव्याजी ऋण दिन सक्ने बनौ’ उनले भने, ‘कर्णालीमा खेती योग्य जमिन बाझै छ ।’ कर्णालीका कुल यूवाको संख्या मध्य ७० प्रतिशत यूवा कालापहाडमा छ्न् । वर्षेनि करिब ३ हजार मेट्रिकटन खाद्यन्न कर्णालीमा अभाव छ । 

जुन आयातमै निर्भर छ । सामाजिक विकास मन्त्रालयका सचिव डा.मानबहादुर बि.कले कर्णालीको परभिर्नरता अन्त्य यूवा परिचालनबाटै सम्भव छ । यसमा सरकारले यूवामैत्री योजना बनाएको छ । तर पनि कालापहाड जाने, विदेशी समस्याले गर्दा कर्णाली पछाडी परेको उनको भनाई छ । 

यता वीरेन्द्रनगर नगरपालिकाका की उप–प्रमुख मोहनमाया ढकालका अनुसार परिवर्तनको युवाहरुको खाँचो छ । जग्गा बाँझा छन्, रोजगारी भएन भनेर विदेश जाने चिन्तन हटाउन आवश्यक रहेकोमा उनले जोड दिईन् । 

कर्णाली प्रदेश सरकार र स्थानीय तहहरु युवाहरुलाई रोजगारी दिनको लागि  कटिब्ध भएर काम गर्नुपर्ने उनले बताइन् । देशभर ११ लाख युवा रोजागरका लाष्गि युत्तः भएपनि  २ लाख जना युवा मात्रै रोजगारीमा आवद्ध रहेको तथ्यांक छ ९ हजार युवा अझै रोजगारीको खाेजीमा छन् । 

ती मध्य बेरोजगारमा शतप्रतिशत कर्णालीका युवा छन् । सम्मेलनमा कर्णाली परभिर्नर हुनुको पहिलो कारण यूवालाई उपेक्षा गरेकै उपज हो भन्ने दुई दर्जन बढि युवाको प्रश्नमा  जवाफमा सरोकारवालाहरुले युवाहरुमा आफ्नो बाटोको लागि केही गर्ने जोस र जाँगर हुनु पर्ने र त्यसको लागि सरकार र नीजि क्षेत्र सहयोग गर्न तयार रहेको बताएका थिए । 

सम्मेलन अवधी भर दिगो विकास लक्ष्य,युवा उद्यमशिलता, नेपाल भ्रमण वर्ष कर्णाली भ्रमण वर्ष र पर्यटन प्रवद्र्धनका लागि युवाहरुको भूमिका बारेमा  युवाहरु बीच व्यपाक अन्र्तक्रिया हुने आयोजक नेपाल युवा परिषद् कर्णाली प्रदेशले जनाएको छ । सम्मेलनमा १० जिल्लाका २ सय बढी युवाहरुको सहभागिता रहेको ।  

प्रदेश सदस्य ईन्द्रजित सुनारले जानकारी दिए । कर्णालीको परभिर्नता अन्त्य गर्न यूवा उद्यमशलितालाई प्रथामिकता दिदै सुर्खेत घोषणा पत्र जारी गरेर सम्मेलन मंगलबार सकिने छ । 

 

 

०००
 



प्रकाशित: २०७६ पौष २८
January 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार