नेपाली समय: १०:४२:३६ बिहान
वि.सं २०७६ माघ ११   शनिवार

काठमाडौं जितपुरफेदीमा रहेको एनसेल टावरमा आगजनीः सेवा अवरुद्ध

निर्माण सञ्चार,पौष २९, काठमाडौं । राजधानी काठमाडौंमा एनसेलको दुईवटा टावरमा  सोमबार राति आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका(८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा आगजनी भएको हो । 

आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ भने आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।यसमा नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान गरिएको छ ।

राज्यलाई कर नतिरेको भन्दै विप्लव समूहले एनसेललाई निशाना बनाउँदै आएको थियो । गत वर्ष फागुनमा विप्लव समूहले भैंसेपाटीस्थित एनसेल मुख्यालयमा बम विष्फोट गराउँदा एक जनाको मृत्यु भएको थियो । त्यसपछि पनि एनसेल लक्षित आक्रमण हुँदै आएको हो   । 

 

 

०००



प्रकाशित: २०७६ पौष २९
January 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार