नेपाली समय: १०:५१:०५ राती
वि.सं २०७६ फाल्गुण १०   शनिवार

‘सरकार निर्माण व्यवसायीलाई सँगसँगै लिएर जान चाहन्छ, कानुनी जटिलता पनि फुकाउन चाहन्छ’– मन्त्री नेम्वाङ

निर्माण सञ्चार, माघ ०५, काठमाडौं । सत्तारुढ नेपका निकट नेपाल निर्माण व्यवसायी संगठनले राजधानीमा गरेको भेटघाट कार्यक्रकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले नयाँ नेपाल निर्माणको अभियानमा सरकार व्यवसायीलाई संगसंगै लिएर जान चाहेको बताए ।  

बिहीबार बानेश्वरस्थित नेपाल निर्माण व्यवसायी संगठन ‘नेइए’ले ‘समृद्ध नेपाल सुखि नेपाली’ स्लोगन सहित महासंघको २१ औं साधाण सभाको पूर्व सन्धामा छलफल तथा भेटघाट कार्यक्रक गरेको हो ।

सोही कार्यक्रमा मन्त्री नेम्बाङले नयाँ नेपाल निर्माणको अभियानमा पुर्वाधारको विकासमा निर्माण व्यवसायीलाई जिम्मेवार बन्न आग्रह गरेका हुन् ।

पूर्वाधार विकासले मुलुको समृद्धीलाई सकारात्मक रुप दिने भएकाले सरकारले नीतिगत रुपमा देखिएका समस्यालाई समाधान गरेको अझै पनि आवश्यकता अनुसार परिर्वतन गर्दै जाने बताए । 

‘नयाँ नेपाल निर्माण अभियान साकार सरकार लागिपरेको अवस्था छ’, उनले भने, ‘हामीले नीतिगत सुधार गरेको अवस्था छ । पूर्वाधार क्षेत्रमा विकासमा निर्माण व्यवसायी जिम्मेवार भइदिनुहोला ।’ 

नयाँ नयाँ पहिचान नवीनतम ढंगले दु्रतगतिमा भौतिक पुर्वाधारको विकास र निर्माणलाई अगाडि वढाएनौ भने हामीले आर्थिक समृद्दि हासिल गर्न नसकिले उनले बताए  ।

‘मुलुक निर्माणको सबैभन्दा महत्वपुर्ण भुमिका निर्वाह गर्ने निजी क्षेत्रको निमार्ण व्यवसायहरुको अहम र महत्वपुर्ण भुमिका रहेको छ,’ उनले भने, ‘पूर्वाधार निर्माण दु्रत गतिमा अगाडि बढ्नको लागि अब सबैले जवाफदेहिता आवश्यक छ ।’ 

‘निमार्ण व्यवसायीको तर्फबाट नीजि क्षेत्रतर्फबाट जवाफदेहिताका कुरा किन नहोस । सरकारी कार्यान्वयन गर्ने सार्वजनिक निकायको तर्फबाट किन नहोस,  हामीले अहम जवाफदेहिता बहन गर्नपर्छ’ । उनले भने, ‘सरकारले नीतिगत सुधार र निर्णयहरु गर्नुपर्छ सबैके समायोजनबाट मात्रै यो अगाडि बढन सक्दछ भन्ने मान्यता नेपाल सरकारले पुर्वाधारका क्षेत्रमा सहजीकरण गर्दै कार्यान्वयन गर्ने निकायलाई उतरदायित्व बनाएको छ ।’

‘कार्यान्वयन गर्ने निकायलाई उतरदायीत्व बनाउदै सम्पुर्ण निमार्ण व्यवसायीहरुलाई सरकारको समृद्ध नेपाल सुखि नेपालीको अभियान संगसगै लिएर जान चाहन्छ,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यू ले पटक पटक यहि कुराहरु राष्ट्र सामु राख्नु भएको छ । लामो समयदेखि नेपाली जनताहरु पुल निमार्ण सम्पन्न भैसके पछाडि तेस्को लाभ पाउने, त्यसवाट आफुले पाउने प्रतिफल र आफुले सुखसयल पाउने आशामा लाखौैं जनताहरु प्रतारित छन छन् ।’

मन्त्री नेम्वाङ भने विधि पुगेको छैन भने विधि बनाउनुपर्दछ त्यसका लागि सरकार सधै त्पर रहेको र त्यती हुदा समेत कोही व्यवसायीले निर्माण कार्यलाई अलपत्र पार्दछ भने त्यस्तो अवस्थामा कानुनले कसैलाई कारवाहीको भागिदार बाट बञ्चित हुन नसक्ने अवस्था रहेको बताए । 

‘एकातिर यस्तो अवस्था छ, सबैलाई मध्मनजर राखेर यहाँहरुको माग र चाहना यहाहरुले यस क्षेत्रमा गनुपर्ने सुधार सुझावलाई मध्यनजर गरी मुख्य मागहरुका कुरालाई राज्यले कानुन सम्मत ढंगले एउटा प्रजातान्त्रिक सरकार कानुन सवतले मात्र चल्न सक्दैछ, उनले भने, ‘विधि पुगेको छैन भने विधि बनाउनुपर्दछ त्यसका लागि सरकार सधै तयार छ । त्यती हुदा समेत कोही व्यवसायीले निर्माण कार्यलाई अलपत्र पार्दछ भने त्यस्तो अवस्थामा कानुनले कसैलाई कारवाहीको भागिदार बाट बञ्चित हुन नसक्ने अवस्था छ ।’  

सोही नेपाल निर्माण व्यवसायी संगठनले भेलामा नेपाल सरकारका भैतिक पूर्वाधार विकास मन्त्रालयका पूर्वाधार विज्ञ, प्रधानमन्त्री पूर्वाधार सल्लाहकार गजेन्द्र थपलिया, कल्याणी खडका लगाएत निर्माण व्यवसायी उपस्थिती रहेको थियो ।  

 

000 



प्रकाशित: २०७६ माघ ५
January 19th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार