नेपाली समय: ०२:११:२६ बिहान
वि.सं २०७७ आश्विन १२   सोमवार

निर्माण उपकरण जलाइएको भन्दै महासंघको भत्र्सनाः ‘कन्स्ट्रक्सन जोन’को सुरक्षाका लागि सरकार गम्भीर भएन !

निर्माण सञ्चार, ७ माघ, काठमाडौं । निर्माण क्षेत्रलाई अंग्रेजीमा ‘कन्स्ट्रक्सन जोन’ भनिन्छ । अन्तर्राष्ट्रिय स्तरमा भने यो क्षेत्रको सुरक्षा देशको भिभिआइपी सरहकै संवेदनशील सुरक्षा क्षेत्र हो । 

किनकि, निर्माण क्षेत्र भित्र मुलुकको बजेट लागू भएको हुन्छ भने यससँग मुलुकको पूर्वाधार विकासको भविष्य समेत जोडिएको हुन्छ ।

तर, नेपालमा भने यस्तो छैन । दशकौंदेखि हरेक वर्ष हेभी औजार, निर्माण उपकरणहरु जलिरहेका हुन्छन् । तर, सरकार र सुरक्षा निकायले आजका दिनसम्म यसरी निर्माण उपकरण जलाउने दोषी न त पक्रन न त कारबाही नै गरेको रेकर्ड छ ।

यस्तै, घटना घटेको छ मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकामा । सोही गाउँपालिका अन्र्तगत आइतबारेमा तीन वटा एस्क्साभेटरमा आगजनी भएको हुन् । उक्त घटनामा संलग्न को हो भन्ने अहिलेसम्म जानकारीमा नआएको स्थानीय प्रहरी बताउँछ ।

आगलागीबाट ३ करोड ५० लाख रुपैया भन्दा बढीको क्षति भएको महासंघले जनाएको छ ।

किसानचोक–रमिते–आइतबारे–टाँडी सडक खण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भिमेश्वर जेभी कम्पनीको एक्साभेटरमा आगजनी गरिएको महासंघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै झापा जिल्लाको सेतुमारीमा पनि अज्ञात समुहले शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एउटा एस्काभेटर र ब्याक्हो लोडरमा आगजनी गरेको छ । 

आगलागीका कारण बा ३ क ३४४ नम्बरको पूर्ण नष्ट भएको छ भने बा २ क ९४४५ नम्बरको ब्याकहोइ लोडरमा पनि आंशिक क्षति पुगेको छ महासंघको विज्ञप्तिमा जनाइएको छ ।  

आगजनीका यी घटनाको आवश्यक छानविन गर्दै दोषीलाई पत्ता लगाई कडा भन्दा कडा कारवाही गरी आगजनीबाट सम्बन्धित निर्माण कम्पनीलाई भएको नोक्सानीको नेपाल सरकारबाट उचित क्षतिपूतिको व्यवस्था मिलाइदिन  महासंघले अनुरोध गरेको छ । 

घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही नगरिएमा महासंघ देशव्यापी रुपमा आन्दोलन सुरु गर्न बाध्य हुने महासंघका महासचिव रोशन दाहालले बताए ।

उनले पछिल्ला दिनमा फेरि पनि निर्माण व्यवसायी टारजिट गरी चन्दा आतंक तथा निर्माण औजारमा आगजनी बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

...

गत २  वर्ष अघिको अनुपात हेर्दा मुलुकमा झन्डै ३ दर्जन हेभी उपकरणहरु जलाइएको भेटियो ।

सरकारले सडक, सिँचाइ वा कुनै पनि पूर्वाधार विकासका लागि ठेक्का आह्वान गरी फिल्डमा काम गराइरहेको हुन्छ । तर, काम गरिरहेको स्थानबाट निर्माण औजार चोरी हुने, आगलागी हुने गरेको छ ।

सरकारले यसको गम्भीरता पूर्वक खोजी नगर्नुले दोषीहरु बढी उत्साही बनेको निर्माण व्यवसायीहरुको गुनासो छ ।

०००
 



प्रकाशित: २०७६ माघ ७
January 21st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार