नेपाली समय: ०७:५५:०७ बिहान
वि.सं २०७७ साउन २१   बुधवार

निर्माण औजार आगजनी आतंकः ‘अज्ञात समूह’ले केही महिनायता गरेका आगजनी, कहाँ कति क्षति ?

निर्माण सञ्चार, ८ माघ, काठमाडौं । देशभर यतीबेला निर्माण औजार एक्साभेटरहरु धमाधम आगजनी आतंक भइरहेको छ । 

बुधबार निर्माण व्यवसायी महासंघले सचिवालयमा संचार साक्षात्कार गर्दै दिनदिनै निर्माण स्थलमा निर्माण औजार भैरहेको आतंकले गर्दा निर्माण व्यवसायीलाई काम गर्ने वातावरण नभएको जनाएको हो । 

विगत ३–४ महिनाको अवधिमा व्यवसायीका करिब २० करोड भन्दा बढीको उपकरणमा आगजनी गरिएको महासंघको दावी गरेको छ । 

निर्माण कार्यस्थलमै एक्साभेटरहरु धमाधम आगजनीमा पर्न थालेपछि बढ्दो असुरक्षा नियन्त्रण गर्न भन्दै नेपाल निर्माण व्यवसायी महासंघले सरकारसंग सुरक्षाको प्रत्याभूतीको माग गरेको छ । 

कहाँ कति क्षति यस्तो छ विवरण ?

१. मितिः २०७४/११/२२ गतेका दिन कुमार श्रेष्ठ–बज्रगुरु–क्याराभान जे.भीको सिंचाई डिभिजन कार्यालय रुकुम अन्र्तगतको चौरजहारी सिंचाई परियोजनाको हेडवक्समा अज्ञात समुहद्घारा बम राखेको थियो ।

२. मितिः २०७४/१२/१९ गतेका दिन रेन्केन–कालिका–स्वच्छन्द जे.भी को धरान–सिन्धुलि–चतरा खण्डको सिन्धुलीको हरिहरपुरगढी–५मा रहेको क्याम्पमा रहेको ट्रिपर, रोलर, लोडर, बोलेररो जिपमा बम प्रहार गरी आगजनीबाट करोडौंको क्षती भएको थियो ।

३. मितिः २०७४/१२/१९ गतेका दिन सुर्य कन्स्ट्रक्सन फर्मको मध्यपहाडी लोकमार्गको गोरखाको लिवेलमा एक्साभेटरमा आगजानी गरी क्षती भएको थियो ।

४. मितिः २०७५/१२/१८ गतेका दिन करिव राति २ बजे तिर डिभिजन सडक कार्यालय कञ्चनपुरबाट देवकोटा न.पा. वडा नं. ३ मा रहेको पुलको निर्माण कार्य गर्ने जिम्मा पाएको राजेन्द्र/मालिका जे।भी। को क्याम्पमा रहेको व्याकोह लोडर एक थान । अज्ञात समुहद्वारा आगजानी गरी पूर्ण रुपमा क्षती पुयाएको ।

५. बेनी नगरपालिका वडा नं. ५ स्थित बगुवखोला नजिक मितिः २०७६/०५/२६ गते मध्य रातमा अज्ञात समुहबाट निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा बी.एन. कन्स्ट्रक्शन प्रा.लि.को स्वामित्वमा रहेका यार्डमा तीन वटा स्काभेटरमा आगजनी गरिएको छ ।

६. मितिः २०७६/०८/१४ गते मध्यपहाडी लोकमार्ग अन्र्तगत भोजपुर दिक्तेल सडकखण्ड निर्माण कार्य गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रा।लि।को स्वामित्वमा रहेको ४ वटा एक्साभेटरमा अज्ञात समुहद्घारा दिक्तेलको दोर्पामा ३ थान तथा भोजपुरको नौलेगाउँमा एक थान एक्साभेटरमा आगजनी गरिएको र आगजनीबाट करीब ४ करोड रुपिया बराबराको क्षति भएका छ ।

७. मितिः २०७६/०८/१० गते बागलुङ नगरपालिका, पञ्चकोटको सडक निर्माणको कार्यमा प्रयोग गरिएको फेवा कन्स्ट्रक्सनको काममा पहारी कन्स्ट्रक्सन एण्ड विल्डर्सको १ थान रोलरमा समेत अज्ञात समुहद्घारा आगजानी गरिएको छ ।

८. मितिः २०७६/१०/५ गते अज्ञात समुहले शर्मा–भिमेश्वर जेभी कम्पनीको स्वमित्वमा रहेको मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका अन्र्तगत आइतबारेमा तीन वटा एस्क्साभेटरमा आगजनी गर्दा ३ करोड ५० लाख रुपैया भन्दा बढीको क्षति भएको महासंघले जनाएको छ ।

९. मितिः २०७६/१०/५ गते झापा जिल्लाको सेतुमारीमा पनि अज्ञात समुहको आगलागीबाट शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको बा ३ क ३४४ नम्बरको पूर्ण नष्ट भएको र बा २ क ९४४५ नम्बरको ब्याक्हो लोडरमा आंशिक क्षति पुगेको छ ।

१०. मितिः २०७५ फागुन देखी करिव ३ महिनासम्म सक्रिय निर्माण व्यवसायीहरुलाई अज्ञात समुहद्घारा ज्यानमार्ने धम्की सहित निरन्तर फोनहरु आइरहेको थियो ।

 

०००

पढौं यी पनि


 



प्रकाशित: २०७६ माघ ९
January 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार