नेपाली समय: ०९:३३:५१ बिहान
वि.सं २०७७ साउन २४   शनिवार

बालुवाटार जग्गाप्रकरणः ‘हाइप्रोफाइल’माथि भ्रष्टाचार मुद्दाः कसले कति गरे भ्रष्टाचार ? (आरोपपत्र सहित)

निर्माण सञ्चार, २३ माघ, छापा विशेष । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको अभियोगमा राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसहित एक सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूसँग नौ अर्ब आठ करोड १४ लाख बिगो माग गरिएको छ ।

एकैपटक यति धेरै प्रभावशाली व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको यो पहिलोपटक हो । 

  • चूडामणि शर्मासहित तीनविरुद्ध अख्तियारले यसअघि १० अर्ब दुई करोडको मुद्दा लगाएको थियो, बालुवाटारको यो मुद्दा नौ अर्ब आठ करोडको हो, तर यसपालि पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसचिव र अख्तियारका पूर्वप्रमुख आयुक्तसहित एक सय ७५ प्रतिवादी छन् 
पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदार, पूर्वभूमिसुधारमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा पूर्वभौतिक पूर्वाधारमन्त्री छविराज पन्तविरुद्ध मुद्दा दायर गरिएको छ । पन्तविरुद्ध तत्कालीन भूमिसुधारसचिवको हैसियतमा मुद्दा चलाइएको हो ।

सचिवकै हैसियतमा दीप बस्न्यात र दिनेशहरि अधिकारीविरुद्ध पनि मुद्दा दायर भएको छ । बस्न्यात अख्तियारकै पूर्वप्रमुख आयुक्त हुन् । अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्तविरुद्ध मुद्दा चलाएको पनि पहिलो घटना हो ।

कसले कति रकम गरे भ्रष्टाचार ?

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन मालपोत अधिकृत हरिकृष्ण तिमल्सिना ३२ करोड १९ लाख २० हजार

मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत परशुराम पोखरेल ३२ करोड १९ लाख २० हजार

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर खापुङ्ग ९ करोड ६५ लाख ७६ हजार

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव जीतबहादुर थापा ९ करोड ६५ लाख ७६ हजार

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शहोकनाथ उप्रेती ९ करोड ६५ लाख ७६ हजार

गुठी संस्थान केन्द्रीय कार्यालय त्रिपुरेश्वरका मुख्य अधिकृत हरिवोल आचार्य ७ करोड आठ लाख ७८ हजार

भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक रुद्र कुमार श्रेष्ठ १३ करोड २३ लाख ७२ हजार

भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय १३ करोड २३ लाख ७२ हजार

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजा दुई करोड २६ लाख ८५ हजार पाँच सय

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत टिकाराम घिमिरे १३ करोड ६५ लाख ७२ हजार

भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्य ७५ लाख दश हजार

नापी कार्यालय डिल्लीबजारका नापी अधिकृत कमल घिमिरे ३२ करोड १९ लाख २० हजार

नापी कार्यालय डिल्लीबजारका सर्भेक्षक देव बहादुर लामिछाने ३२ करोड १९ लाख २० हजार

नापी कार्यालय डिल्लीबजारका अमिन भरतचन्द्र अर्याल ३२ करोड १९ लाख २० हजार

मालपोत कार्यालय डिल्लीबजार शाखा अधिकृत कृष्णप्रसाद पौडेल ३२ करोड १९ लाख २० हजार

मालपोत कार्यालय डिल्लीबजार नायब सुब्बा प्रकाश नारायण भट्ट ३२ करोड १९ लाख २० हजार

मालपोत कार्यालय डिल्लीबजार नायब सुब्बा टंकनाथ पौडेल ३२ करोड १९ लाख २० हजार

यस्तो छ अख्तियारको आरोपपत्रको पूर्ण विवरण

https://drive.google.com/file/d/1Fiy9QEPW79KrE6kX3THZRLdMzLkiV8ED/view
०००

 

 

 



प्रकाशित: २०७६ माघ २३
February 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार