नेपाली समय: १०:३३:२१ राती
वि.सं २०७६ फाल्गुण १०   शनिवार

काठमाडौंका सम्पदा पुनर्निर्माणको प्रगति देखेर राष्ट्रपति भण्डारी ‘उत्साही’

निर्माण सञ्चार, २५ माघ, काठमाडौं । काठमाडौं उपत्यका भित्र यतिबेला सम्पदा क्षेत्रको पुनर्निर्माण भइरहेको छ । भूकम्प पछिको पाँचौ वर्ष लाग्दै गर्दा सम्पदा पुनिर्निर्माणले गति लिइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार पुनर्निर्माण भइरहेका काठमाडौंका विभिन्न सम्पदा स्थलको अवलोकन गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शनिबार बिहान पुनर्निर्माण भइरहेको रानीपोखरी, सुन्धरास्थित धरहरा क्षेत्र, बसन्तपुर क्षेत्रस्थित काष्ठमण्डप मन्दिर र नौतले दरबारको अवलोकन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

अवलोकन क्रममा राष्ट्रपति भण्डारीले पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीस्थित दरबार हाइ स्कुलको पनि अवलोकन गरेकी छन् । अवलोकन पछि राष्ट्रपति भण्डारीले पुनर्निर्माणको पछिल्लो उपलब्धिमूलक रुपमा अघि बढेको भन्दै आफू उत्साहित भएको प्रतिक्रिया दिएकी छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणलाई गति दिइएको र बाँकी काम समयतालिका बनाएर समयमै सम्पन्न गर्ने कुरा राष्ट्रपछि समक्ष पनि दोहोराएका छन् ।

 

०००



प्रकाशित: २०७६ माघ २५
February 8th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार