नेपाली समय: ०६:५७:३४ बेलुका
वि.सं २०७६ चैत्र २५   मंगलवार

त्रिकोणात्मक सिरिजः अन्तिम खेलमा अमेरिकाविरूद्ध नेपालको शानदार जित

निर्माण सञ्चार, २९ माघ, काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ। 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको न्यून लक्ष्य नेपालले ५।१ ओभरमा पूरा गर्यो।

विजयी लक्ष्य पूरा गर्ने क्रममा नेपालले दुई विकेट गुमायो।

लेग स्पिनर सन्दीप लामिछाने र अर्का स्पिनर सुसान भारी चम्किएपछि अमेरिकाको ब्याटिङ ध्वस्त भएको थियो। सन्दीपले ६ र सुसानले ४ विकेट लिए।

जितसँगै नेपालले त्रिकोणात्मक सिरिजमा दुई जित हात पारेको छ। यसअघि पनि नेपालले अमेरिकालाई नै हराएको थियो। त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकी र ओमानी टोली नेपाल भ्रमणमा थिए।

ओमानले भने सिरिजको चारवटै खेल जितेको छ।

 

 

०००



प्रकाशित: २०७६ माघ २९
February 12th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार