नेपाली समय: ०८:५९:५१ बिहान
वि.सं २०७७ साउन २४   शनिवार

‘हामी उद्योगीलाई ज्वाईंजस्तै स्वागत गर्छौं’ –मन्त्री मोतिलाल दुगड

निर्माण सञ्चार, ०१ फागुन, काठमाडौं । वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि ज्वाईंजस्तै स्वागत गर्ने बताएका छन् । 

नीजि क्षेत्रको विकासले मुलुकलाई समृद्ध बनाउने भन्दै मन्त्री दुगडले नीजि क्षेत्रकाको मनोबल बढाई उद्योगको संरक्षण प्रवद्र्धन गरी मन्त्रालयले ज्वाईंजस्तै बनाई राख्ने प्रतिवद्धता व्यक्त गरेको हुन्।

बुधवार राजधानिमा सडक विभाग र नेपाल सिमेन्ट उत्पादक संघले संयुक्त रूपमा आयोजना गरेको ढलान पिच अर्थात् सिमेन्ट कंक्रिट सडक बनाउने विषय भएको  ‘सडकका लागि सिमेन्ट कंक्रिट दिगो अवधारणा’ विषयक अन्तरक्रिया उनले व्यवसायीलाई ढुक भएर उद्योग व्यवसाय संचालनको लागि सरकारले सदैव साथ सहयोग गर्ने बताएका छन् ।

उनले नेपाल सिमेन्ट आत्मार्निभर भई निकट भविष्यमा निर्यात गर्न सक्ने अवस्था भएकाले सिमेन्ट उद्योगको सरकारले संरक्षण र खपत बढाउन राज्यले चासो दिने बताए । 

उनले मुलुकभित्रका कुन–कुन सडक लगाएतका निर्माणमा यो प्रविधि अपनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न पनि सुझाव दिए । 

सरकारले निर्यातलाई प्राथमिकता दिएको भन्दै उनले भने, ‘सिमेन्ट निर्यातका विषयमा निकट भविष्यमै नेपाल–भारतबीच हुने वाणिज्य वार्तामा छलफल गर्ने तयारी गरेका छौं ।’

दुडगले पनि नेपालमा बढी उत्पादन भएको सिमेन्ट भारतीय सीमावर्ती क्षेत्रमा निर्यात गर्न सकियो भने नेपालभन्दा ठूलो बजार सिमेन्ट उद्योगीले पाउने उल्लेख गरे । त्यसका लागि आफूले भारत सरकारसँग पहल थाल्ने समेत उद्योगीलाई बचन दिएका छन् ।

‘तपाईहरु गुणस्तरीय सिमेन्टको उत्पादन बढाउनु होस्, म भारत सरकारसँग पहल गर्छु, पाम आयलमा केही समस्या देखिएको थियो, त्यसलाई पनि वार्तामार्फत समाधान गरिसकेको छु, सिमेन्ट निर्यातको समस्यालाई पनि समाधान गर्छु,’ दुगडले भने ।

आगामी दिनमा नीजि क्षेत्रको प्रोत्साहनको लागि पूजी, विद्युत, निर्यात लगाएतमा सरकारले उद्योगी व्यवसायीको मनोबल बढाउन विभिन्न काम गर्ने दुगड बताए ।  

हाल मुलुकमा १ लाख किलोमिटरको सडक विस्तार भइसकेको छ । त्यस्तै, दीगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्ममा मुलुकमा २ लाख किलोमिटर सडक निर्माण गर्नुपर्ने अवस्था छ । त्यसका लागि अर्बौ रुपियाँ बराबरको बिटुमिन आवश्यक पर्छ ।

मुलुकमा निर्माण भइसकेको १ लाख किलोमिटर सडकमध्ये १५ हजार किलोमिटर सडक राष्ट्रिय र बाँकी ८५ हजार किलोमिटर सडक प्रदेशको मातहतमा छन् । त्यस्तै, कुल १ लाख किलोमिटर सडकमध्ये एक चौथाई मात्रै सडक गुणस्तरीय छन् ।

वर्तमान समयमा सडक निर्माणका लागि बिटुमिन र केही ठाउँमा सिमेन्टको प्रयोग हुँदै आएको छ । तर विटुमिनको गुणस्तरीयता, बिटुमिन प्रयोग गरिएका सडकको गुणस्तर, ती सडकको लाइफका आधारमा विश्लेषण गर्दा विज्ञहरुले सडक निर्माणका लागि सिमेन्ट प्रयोग गर्न सुझाव दिएका छन् ।

बिटुमिनको प्रयोग गरी सडक निर्माण गर्दा त्यसको आयु अधिकतम १५ वर्ष हुन्छ । तर सिमेन्टको प्रयोग भएको सडक कम्तीमा ३० वर्ष र बढीमा ५० वर्षसम्म टिकाऊ हुन्छ ।

https://www.youtube.com/watch?v=YZu8SUIG_tA  

०००



प्रकाशित: २०७६ फाल्गुण १
February 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार