नेपाली समय: १०:५०:२० राती
वि.सं २०७६ फाल्गुण १०   शनिवार

प्रधानमन्त्रीका विकास विज्ञले भने, ‘सिसिपीमा आधारित सडक बनाउने हो भने गुणस्तरीय मापदण्ड कायम गरेर मात्र अघि बढ्नुहोस्’

निर्माण सञ्चार, ०१ फागुन, काठमाडौं । प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ इन्जिनियर गजेन्द्र थपलियाले सिमेन्ट उत्पादकहरुलाई गुणस्तरीयता कायम गर्न आग्रह गरेका छन् ।

नेपाल सिमेन्ट उत्पादनमा आत्मर्निभर भयो भनिरहदा देशभरका ६१ वटा सिमेन्ट उद्योगलाई उनले ‘क्वालिटी’लाई मध्यनजर गर्दै दीर्घकालिन रुपमा अगाडि बढ्न समेत सुझाएका हुन् ।  

बुधवार राजधानिमा सडक विभाग र नेपाल सिमेन्ट उत्पादक संघले संयुक्त रूपमा आयोजना गरेको ढलान पिच अर्थात् सिमेन्ट कंक्रिट सडक बनाउने विषय भएको  ‘सडकका लागि सिमेन्ट कंक्रिट दिगो अवधारणा’ विषयक अन्तरक्रिया बोल्दै इन्जिनियर थपलियाले दीगो विकासको लक्ष्य हासिल गर्न व्यवसायीलाई गुणस्तरीय सामाग्रीको आवश्यकता रहेको र त्यसमा पनि सिमेन्टको गुणस्तरीयतामा कुनै सम्झौता हुन नसक्ने बताएका छन् ।

पछिल्ला दिनमा नेपालमा ठूला घरानीयाहरु कुनै बेला फिल्म इन्डस्ट्रिजमा छिरेजस्तै भनसुनका भरमा सिमेन्ट उद्योगमा छिरेको प्रति आशंका व्यक्त गरेका । 

उनले भनसुनका भरमा मात्रै सिमेन्ट उद्योग सञ्चालन गर्ने भन्दापनि अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्नु पर्ने बताए । 

‘ह्वातै व्यवसायमा हात हाल्नु र लगानी मात्र गरेर व्यवसाय संचालन हुर्दैन, उद्योग व्यवसाय संचालन गर्नेका लागि सजिलो छैन्, उनले भने, ‘लगानी गर्नु अगाडि लगानी गर्न लागको क्षेत्रको अध्यन गर्न जरुरी छ । जसले गर्दा विगत भविष्यमा व्यवसायीलाई सरकारले काम गर्ने वातावरणको सृजना भएन भन्ने धेरै गुनासो आउछन्, त्यसैले लगानी गर्न पूर्व अध्यन गर्न जरुरी छ ।’

उनले सिमेन्ट उत्पादनमा मुलुक आत्मनिर्भर भएको बेला के हाम्रो उत्पादनमा गुणस्तरीय छन्, कसरी ‘कस्ट मिनिमाइज’ गर्न सकिन्छ भन्ने कुरामा व्यवसायीलाई फोकस हुनु आग्रह गरेका छन् ।

‘सिपारिस गरिदिने मान्छेलाई अलि धेरै वनरसिप गरीयोभने सिपारीस गरीदिनु हुन्छ र काम हुन्छ भन्ने सोचाई नराख्नुहोला,’ उनले भने, ‘अरुलाई हात देखाउदा ४ औंला आफुतिर देखाइरहेको हुन्छन् त्यसैले गुणस्तरमा विश्वास राखौं ।’

उनले अलकत्राको विकल्पको रुपमा ढलान पिच अर्थात् सिमेन्ट कंक्रिट सडक बनाउने अवधारणालाई नेतृत्वको लेवलमा कसरी दिगो र बदियो हुन्छ त्यो कुरालाई स्पष्ट रुपमा ‘जस्टिफाइ’ गर्नपर्ने बताए । 

‘हाम्रो जस्तो मुलुकमा कस्टले निकै महत्व राख्दछ,’ उनले भने, ‘आम्दानी अनुरुपको काम मेन्टेन गर्ने हो, त्यसले गर्दा नेतृत्वको चाहाना हुदा हुर्दै पनि यो–यो कारणले यो दिर्घकालीन छ भनेर नेतृत्व तहलाई एक्सेस हुन्छ भनेर बुझाउदा यो कुरा महंगो भएपनि म मेरो ठाउँबाट प्रस्तुत हुनेछु तर कुरा जस्टिफाइ हुनु पर्याे ।’ 

उनले भने, ‘देशको विकासको लागि आवश्यक सिमेन्ट उत्पादनमा आत्मर्निभर भएका छौं । त्यसको लागि व्यवसायीलाई प्रोतसाहन गर्न सदैव तयार रहेको बताए ।   

https://www.youtube.com/watch?v=mVR9GbW1mRU&t=1s  

०००



प्रकाशित: २०७६ फाल्गुण १
February 13th 2020

आकाश बोगटी

निर्माण सञ्चारका लागि ७ नम्बर प्रदेश संवाददाता