नेपाली समय: १०:२६:४५ राती
वि.सं २०७६ फाल्गुण १०   शनिवार

मेयर र उपमेयरको मिलोमतोमा नगरपालिका (६०–४०) को भागबन्डा

निर्माण सञ्चार, २ फागुन, जुम्ला । चन्दननाथ नगरपालिका  जुम्लाकी उपमेयर अस्परादेवि न्यौपानले संचार साक्षात्कारमा आफुलाई तथ्य विहिन आरोप लगाई चरित्रहत्या गर्ने काम गरेको मेयर कान्तिका सेजुवाल अराेप छ । 
 
मेयर सेजुवालले विहिबार संचार साक्षात्कार गर्दै उपमेयर न्यौपानले अनावश्यक अपावह फैलाउदै सरासर आफ्नो चरित्रहत्या गरेको बताएकी हुन् ।

सेजुवालले बजेट विनियोजन, योजना अनुगमन, देखि सवारी साधन प्रयोगको सन्दर्भमा दुईजनाको संलग्नता रहेको दाबी गरेकी छन् । 

गत आवमा हुन लागेको लगानी सम्मेलन उपमेयरकै असहयोगले स्थगित भएको आरोप लगाउदै, मेयर सेजुवालले आव २०७४/७५ का सबै योजना उमेयरकै अनुगनमा भुक्तानी भएको समेत दाबी गरेकी छन् । 

मेयर सेजुवालले भनिन, विकास निर्माणका कामहरुमा दुईजना बीच ६०–४० भागभण्डा हुदै आएको कुरा पनि खुलाईन् । 

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ अनुरुप उपप्रमुख लगायत अन्य कर्मचारीले गरेका काम कार्बाहि बारे जानकारी लिने रेखदेख गर्ने अधिकार मेयरलाई भएपनि हाल सम्म उपमेयर कुनै पनि कामको विवरण प्रमुख समक्ष पेश नगरेको समेत आरोप लगाईन् ।
 
आव २०७४ देखि हाल सम्म विभिन्न योजना छनौट देखि बजेट विनियोजनमा स्वयम उपप्रमुखको हस्ताक्षर भएको प्रमाणले देखिन्छ । 

मेयरले थपिन, खाली विरोधको भावनाले राजनीतिक गलत दृष्टीकोणबाट उपमेयर आफुमाथी खनिएको स्पष्ट पारिन् । ४२ लाखका योजना अनुगमन बिनै एकल निर्णय गरी भुक्तानी गरिएको आरोप निराधार भएको भन्दै, कार्यपालिका र नगरसभाबाट स्वीकृत भई प्रचलित कानुन अनूरुप कार्यान्वयनमा आएका छन् । 

भने, सवारी उपमेयरले सवारी प्रयोग गर्ने लकबुकमा प्रयोजन खुलाउन भन्दा कर्मचारी संग झगडा गरेको समेत आरोप लगाइएको छ ।
 
तर उल्टै सवारी साधन दुरुपयोग भएको आरोप लगाउनु हाँस्यपद भएको मेयरको जिकिर छ । नगर विकासका लागि बाटो फराकिलो हुँदा पनि उपमेयरकै असयोगले आफ्ना योजनाहरु विलाउदै गएको समेत मेयरले दुखेसो गरिन् । 

मनका कुण्ठा पोख्ने,राजनीति भावनाले बदला लिने, तथ्य हिन आरोप लगाएर चरित्र हत्या गरेको प्रति घोर आपत्ती जनाएकी छन् । उपमेयरले लगाएका आरोप प्रति पत्रकार सम्मेलन मार्फत जारी गरिएको विज्ञेप्तीमा मेयरले सबै आरोप निराधार, चरित्र हत्या गर्नको लागि भएको समेत प्रष्ट पारेकी छन् ।
 
रहेक योजनामा ६०–४० का हिसाबले भागभण्डा गर्दा चुप लाग्ने पछि ऐन कानुनका कुरा ल्याएर आरोप लगाउने प्रबृति हाबी भएको उल्लेख गरिन् । 

उप्रमुखको कुनै जिम्मेवारी माथि हस्तक्षेप भएको छैन्, अनुगमन गर्ने सबालमा संगै गएका छौ, बजेट विनियोजना तथा भुक्तानी गर्दा गरिएका निर्णयमा उपमेयरका हस्ताक्षर हुँदाहुदै अनाआबश्यक आफुमाथि आईलागेको सुनाईन् । अन्त्यमा उनले कि प्रमाण पेश गर्नुपर्छ हैन, अति भए मान हानीको मुद्धा गर्ने समेत चेतावनी दिएकी छन् ।
 
आबश्यकतामा आधारित बजेट छुटाउनुपर्ने अबस्थामा मेयर उपमेयर बीच ६०–४० भागबन्डा कहिले बराबर गर्दा भने बिवाद नहुने तर पछि विभिन्न आरोप प्रत्यारोपमा नगरपालिकाको विकासमा बाधा पुराउने प्रबृती दुई पक्षबाट बढेको नागरिक अगुवाको बुझाई छ । 

 

०००
 



प्रकाशित: २०७६ फाल्गुण २
February 14th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्