नेपाली समय: ०९:४८:५७ बिहान
वि.सं २०७७ साउन २४   शनिवार

ऐन विपरित १८ प्रतिशत ब्याज असुल्दै सहकारी

निर्माण सञ्चार, २ फागुन, जुम्ला । सहकारी ऐन २०७४ अनुसार गत साउनदेखि सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याजदरमा ऋण प्रवाह गर्न नपाउने व्यवस्था छ । 

गरिबी निवारणमा टेवा पुर्र्याउन र रोजगारी सिर्जना गर्न सहकारी स्थापना भए पनि अहिले सहकारीले सदस्यलाई चर्को ब्याज लिएर शोषण गरिरहेका बेला सरकारले यस्तो सीमा बाधेको हो।

सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याजदरमा ऋण प्रवाह गरीएको भेटाइएमा कानुनी दायरामा आउने कुरा उल्लेखीत छ । 

तर जुम्लाका अधिंकाश सहकारीले ऐन विपरित ब्याज असुल्ने गरेको पाइएको छ । जुम्लामा दर्ता भएका सहकारी २ सय ३२ छन् । भने, सक्रिय सहकारी २५ मात्रै छन् ।
 
सक्रिय सहकारी मध्य भित्रकै अधिंकाश सहकारीले सदस्यहरुलाई ऐन विपरित ब्याज तोक्ने गरेको खुलेको हो । साउन १८ गते पहिला १८ प्रतिशत लिदै आएका सहकारीले पनि साउन १९ देखि यताको कुनैपनि कारोबार तथा ऋण लगानीमा १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाईने नीतिगत व्यवस्था भएपनि धमाधम रुपमा यहाँका सहकारीले १८ प्रतिशत सम्म ब्याज असुल्दै आएको गुनासो बाहिरएको छ । 

सहकारी संचालकहरुले १८ प्रतिशत ब्याज नलिएको दाबी गर्दै आएपनि नाम नबताउने सर्तमा स्वयम ऋणी तथा सदस्यहरुले १८ प्रतिशत ब्याज लिने गरेको गुनासो गरेका छन् । 

हाल जुम्लामा सक्रिय काम गरिरहेका हिमाली बहुउद्देश्यी सहकारी, दियालो बहुउद्देश्यीय सहकारी,चन्दननाथ बहुउद्देश्यी सहकारी, नौलो विहानी बहुउद्देश्यी सहकारी नौमुले, पन्चेश्वर, बौद्ध सहकारी लगायत दर्जनौ सहकारी छन् । 

स्थानीय हर्ष शाहि भन्छन् सक्रिय सहकारी मध्यकै कुनकुन सहकारी हुन् ? स्थानीयलाई चक्रो ब्याजमा ऋण थमाउने यसको अनुसन्धान गरी नियमन गर्नुपर्नेमा जोड दिए ।
 
ऐनभन्दा बाहिर रहेर काम गर्ने सहकारीलाई तत्तकाल कार्बाहि हुनुपर्नेमा नेता धिरेन्द्रराज गिरीको पनि तर्क छ । चक्रो ब्याजका साथै ऋण लिन जाँदा सहकारीका म्यानेजरलाई अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता रहेको समेत खुलेको छ । 

एक सहकारीका सदस्यले नाम नबताउने सर्तमा भने, ऋण लिनै पर्ने बाध्यता, किस्ता किस्ता गरी बुझाउँदा सहकारीलाई ब्याज बढी आउने भएकाले सबै ऋण एकैमुष्ट बुझाउन नपाईने जस्ता कठिनाई सहकारी क्षेत्रमा चुलिदै गएको छ ।
 
ऋण कुन प्रयोजनका लागि लिएका हुन्, उत्पादन भयो की नाई उत्पादनका आधारमा किस्ता लिनुपर्ने हो । तर जुम्लाका सहकारीहरुले सदस्यहरुलाई उत्पादनमुखी काममा लगानी भन्दा ऋणमा डुबाउदै गएको समेत स्थानीयको दाबी छ । 

सामाजिक क्षेत्रमा लगानी गर्दैनन् सहकारी

जुम्लामा सक्रिय रहेका २५ सहकारीको बार्षिक कारोबार कम्तीमा ३० करोड देखि माथिको हुन्छ । नयाँ संसोधित सहकारी नियामावली २०७६ ले रहेक सहकारीको कुल आम्दानीको ३० प्रतिशत सामाजिक हितका लागि लगानी गर्नुपर्ने व्यवस्था छ । 

यदि आउदो ०७७ असोज महिना सम्म सहकारीको कुल नाफाको ३० प्रतिशत सामाजिक क्षेत्रमा लगानी नगरे बहुउद्देश्यीयबाट सिधै बचत तथा ऋणमा झार्ने समेतको व्यवस्था छ । 
तर जुम्लामा वर्षौ पहिलेदेखि काम गर्दै आएका सहकारीहरु नाफामुखी मात्रै रहेको देखिन्छ । जुम्लामा रहेका २ सय ३२ सहकारी मध्य कसैले पनि हाल सम्म सामाजिक क्षेत्रमा आम्दानीको केहि प्रतिशत लगानी गरेका छैनन् । 

विशेष गरी शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रमा लगानी गर्ने आधार रहेपनि यहाँका सहकारी सेवा मुखी भन्दा नाफामुखी भएको गुनासो पछिल्लो समय बढ्दै गएको छ ।
 
व्यवसाय मुलक क्षेत्रमा खासै लक्ष्य अनुसार सहकारीको लगानी हुन सकेको छैन् । स्थानीय महिला मायादेवि दमाईले भनिन, सहकारी प्रतिको विश्वास घट्दै गएपछि आफुले २÷३ सहकारीबाट सदस्यता छोडेको बताईन् । विभिन्न ठाउँमा सहकारीको शाखा विस्तार गरी नागरिक पुजिँ संकलन गी जम्मा गरेपनि खासमा सहकारी नीति अनुसार व्यवसायीक क्षेत्रमा लगानी गर्न आबश्यक छ ।
 
नागरिक समाजका अध्यक्ष राज बहादुर महतले भने, ऐन विपरित १८ प्रतिशत ब्याज लिने, सामाजिक क्षेत्रमा लगानी नगर्ने सहकारीलाई प्रशासनले छिटो भन्दा छिटो तथ्य सार्वजानिक गर्नुपर्ने बताए । 

सहकारी १८ प्रतिशत ब्याज नलिएको भन्ने, स्थानीय लिएको भन्दै गुनासो गर्ने खासमा कसको कमजोरी हो यसलाई पत्ता लगाउन निरनन्तर संचार माध्यम तथा प्रशासनले निगरानी राख्न उनको सुझाब छ । 

सहकारी नीतिभन्दा बाहिर नगएको दाबी

सहकारी संचालकहरुले कसैले ऋण नपाएको रिसमा पनि भनेका हुन सक्छन् । तर सहकारी ऐन २०७५ ले साउन १९ देखि १६ प्रतिशतमात्रै ब्याज लिा निर्देशन गरेपछि सोहि अनुसार ऋण लगानी गरेको दाबी गरेका छन् । 

चन्दननाथ बहुउद्देश्यी सहकारीका संचालक क्रषिराम पाण्डेले सहकारी ऐन २०७५ को परिपत्र अनुसार सरकारले कायम गरेकै १६ प्रतिशत भन्दा बढी ब्याज नलिएको दाबी गरे । 

अनुगमनमा आउने जोसुकै कारोबारका अभिलेख देखाउने समेत बताए । भने ऋण लिने ऋणीहरुनै अलि समेच नभएका कारण ठगीने गरेको समेत पाण्डेको भनाई छ । 

चन्दननाथ बहुउेश्यीय सहकारी सिंजामा नीजि विद्यालय संचालन गरेको छ । भने गाउँगाउँमा निशुल्क स्वास्थ्य सेवा दिने समेत योजना बनाएको उल्लेख गरे । कुल नाफाको ३० प्रतिशत सामाजिक क्षेत्रमा लगानी गर्ने व्यवस्था अनुरुप अरुले गरे नगरेपनि हामीले पुर्णरुपमा सामाजिक क्षेत्रमा लगानी गर्दै आएको उल्लेख गरे । 

यता दियालो बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक दिपक शाहले सहकारी ऐन गरेका परिपत्र अनुसारनै हामी ब्याजदर कायम गरेको बताए । साउन पहिला १८ प्रतिशत ब्याज लिएपनि हाल सहकारी ऐनले तोकेको १६ प्रतिशत ब्याज लिएको उनको दाबी छ । 

बजारमा कसैले ऋण नपाउदैमा हल्ला गरेपनि यर्थातमा नियम बाहिर नगएको जनाए । बैंक जस्तो गरी एकमुष्ट ऋण तिर्ने व्यवस्था सहकारी हुदैन, किनभने, ऋणलिने व्यत्ति, कोहि मासिक तलबखाने, कोहि चौमासिक कोहि व्यापार व्यसाय दैनिक हुन्छन् ।
 
त्यसैले किस्ताकिस्तामा ऋण असुली गर्नुपर्ने बाध्यता रहेको बताए । भने, ३० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लागनी गर्नका लागि अध्यायन भईरहेको उल्लेख गरे । 

साथै, चन्दननाथ सहकारी प्रमुख शिवशंकार चौलागाईले जिल्लाका सबै बचत तथा ऋण सहकारी संस्थाको समान नीति तथा नियम नभएको सेवामा गुणस्तरीयता र असल व्यवस्थापनमा जोखिम र विकृतिहरु बढ्दै गएको बताए । 


०००
 



प्रकाशित: २०७६ फाल्गुण २
February 14th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्