नेपाली समय: १२:४६:५१ am
वि.सं २०७६ चैत्र १८   मंगलवार

अब महङ्गा गाडी चढ्ने अख्तियारको निगरानीमा


निर्माण सञ्चार,०७ फागुन,काठमाडौँ ।  प्रधानमन्त्री कार्यालयल अन्तरगतको सम्पति शुद्धीकरण अनुसन्धान विभागले महङ्गा गाडी चढ्ने माथि उच्च निगरानी बढाएको छ । 

उक्त अनुसन्धानका लागि विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुसन्धान अधिकृत नियुक्त गरी छानविन प्रक्रिया अघि बढाएको थियो । हाल उक्त छानविन प्रक्रिया अन्तिम चरणमा पुगेको विभाग स्रोतले जानकारी दिएको छ ।

महङ्गा गाडी चढ्नेमा म्यानपावर व्यवसायीहरु नै बढी रहेका र त्यस्ता व्यवसायीहरु माथि छानविन प्रक्रिया अघि बढाइएको जनाएको  छ । 

धेरैजसो म्यानपावर व्यवसायीले आम्दानीको स्रोत विना नै नगद भुक्तानी गरेर महङ्गा गाडी खरिद गरेको पाइएको छ । 

उनीहरुले महङ्गा गाडी खरिदका लागि कहाँबाट नगद ल्याए सोको विषयमा समेत अनुसन्धान भइरहेको उक्त स्रोतले जानकारी दिएको छ । 

केही समय अघि विभागले अटो व्यवसायीहरुसँग महङ्गा गाडी खरिद गर्नेको नाम समेत माग गरेको थियो । महङ्गा गाडी खरिद गर्नेले कुन स्रोतबाट गाडी खरिद गरे उक्त आम्दानीको राज्यलाई कर तिरे वा तिरेनन् भन्ने विषयमा विभागले छानविन प्रक्रिया अघि बढाएको छ । 

विशेषगरी विभागले १ करोड रुपैयाँभन्दा माथीका महङ्गा गाडी खरिद गर्नेको सूची तयार गर्न लागेको स्रोतको भनाई छ ।

 

 

 

०००
 



प्रकाशित: २०७६ फाल्गुण ७
February 19th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार