नेपाली समय: १२:२१:२५ am
वि.सं २०७६ चैत्र १८   मंगलवार

प्रधानमन्त्री ओलीको निर्देशन पछि बास्कोटाको राजिनामाः तर उनले भने, ‘नैतिकताका आधारमा राजिनामा दिएँ’

निर्माण सञ्चार, ८ फागुन, काठमाडौँ । सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो राजिनामालाई नैतिकाताको उपाधि दिएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्विटर मार्फत् सार्वजनिक गर्दै उनी आफैँले राजिनामा दिएको उल्लेख गरेका हुन् ।


उनले भनेका छन्, ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।’

 

https://twitter.com/GokulPBaskota/status/1230437920269426688 यसअघि सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाको राजीनामाबारे आफूले अनौपचारिक जानकारी पाएको भन्दै संसदमा बताएका थिए । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी आफूले पाएको उनको भनाइ थियो ।

मन्त्री बनेको १९ महिनामा उनी सिंहदरबारबाट बाहिरिएका छन् ।  उनले प्रधनमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा पत्र बुझाइसकेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सार्वजनिक रुपमै आफू निकट भनेर भ्रष्टाचारमा उन्मुक्ति नदिने धारणा सार्वजनिक गरे लगत्तै मन्त्री पदबाट बास्कोटाले राजिनामा दिएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अडियो क्लिपमा ७० करोड बढी कमिसन मागिएको छ । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे उनले स्वीस कम्पनीका नेपाली एजेन्ट विजय मिश्रले कमिसनको ‘डिल’ गरेका थिए । सरकारले आफू एजेन्ट रहेको कम्पनीलाई नदिने भएको भन्दै उनैले अडियो क्लिप सञ्चार माध्यममा बाँढ्दै हिँडेका थिए ।

अडियोपछि चौतर्फी आलोचित बनेका मन्त्री बाँस्कोटा प्रधानमन्त्रीको सिधै निर्देशनमा राजीनामा दिने ठाउँमा पुगेका हुन् ।


०००

७० करोड किमसन अडियो क्लिप प्रकरणः सञ्चारमन्त्री बास्कोटाको गयो पद !

 

 



प्रकाशित: २०७६ फाल्गुण ८
February 20th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार