नेपाली समय: ०१:१३:०७ बिहान
वि.सं २०७६ चैत्र १८   मंगलवार

कमिसन ‘नपाउने भएपछि’ अडियो टेप बाहिर दिने मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

निर्माण सञ्चार, ८ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड बाहिर ल्याउने विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । 

समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर चरित्र हत्यामा संलग्न उनलाई कारबाही गर्न यस्तो निर्देशन दिएको हो ।

मिश्रले लेखा समितिका अन्य सदस्यहरूको समेत चरित्र हत्या गरेको पाइएको भन्दै समितिले कारबाही गर्न पत्राचार गरेको बताएको छ ।


मिश्रले अडियो क्लिप सार्वजनिक गराउँदै कुनै अनलाइन सञ्चार माध्यमबाट समेत चरित्र हत्या हुने गरी अन्तर्वार्ता दिएको भेटिएको समितिको ठहर छ ।

समिति सदस्य सूर्य पाठकले भने, ‘उनले नियोजित रुपमा काम गरेको देखिन्छ । कुनै अनलाइन मिडियामा पनि उनले अन्तर्वार्ता दिएका रहेछन् । जसमार्फत हाम्रो चरित्र हत्या गरेकाले मिश्रलाई कारबाही गर्न निर्देशन दिएका हौं ।’

त्यस्तै, फेसबुक मार्फत् पनि जथाभावी लेखेको भन्दै समितिले प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको गर्न भनेको छ ।

उपाध्यले समितिका सदस्यहरूको तस्वीर राखेर ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन लागेको’ स्टाटस लेखेका छन् ।

समितिले मिश्र र उपाध्याय दुबैलाई कारबाही गरेर प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको हो।

उपाध्यायले लेखेको स्टाटस यस्तो छ 

 

०००

पढौं यो पनि
 

७० करोड किमसन अडियो क्लिप प्रकरणः सञ्चारमन्त्री बास्कोटाको गयो पद !

प्रधानमन्त्री ओलीको निर्देशन पछि बास्कोटाको राजिनामाः तर उनले भने, ‘नैतिकताका आधारमा राजिनामा दिएँ’

 



प्रकाशित: २०७६ फाल्गुण ८
February 20th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार