नेपाली समय: १२:३९:४२ am
वि.सं २०७६ चैत्र १८   मंगलवार

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा स्विस दूतावासको प्रष्टोक्तिः ‘लेनदेनबारे जानकारी र संलग्नता छैन’

निर्माण सञ्चार, ८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा नेपाल एजेन्ट भनिएका विजय मिश्रले निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटासँग गरेको कमिसन बार्गेनिङ अडियो क्लिप बाहिरिएसँगै सिर्जित परिस्थिति प्रति आफ्नो ध्यान गम्भीर बनेको भन्दै स्विस दूतावासले खण्डन गरेको छ ।

अडियो क्लिपमा निवर्तमान सञ्चार मन्त्री बास्कोटासँग ‘स्वीस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे नेपालस्थित स्वीटरल्याण्डको दूताबासले आफ्नो चासो रहेको बताएको हो ।

विहीबार प्रेस वक्तव्य नै जारी गर्दै दूतावासले भनेको छ, ‘स्वीटरल्यान्डको राजदूतावास यो स्पष्ट गर्न चाहान्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन, न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविश्यमा कुनै छलफल तोकिएको थाहा छ ।’

प्रेस वक्तव्यमा अगाडि भनिएको छ, ‘स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन । न त यसमा कुनै संलग्नता छ ।’

निवर्तमान मन्त्री बास्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय मिश्रले मन्त्रीसँग स्वीस दूताबासका प्रतिनिधि भेटका लागि आउन लागेको समेत भनेका छन् ।

जुन प्रकरण पछि सञ्चामन्त्री रहेको गोकुल बास्कोटाले मन्त्री पदबाट हात धुनु परेको छ ।

 

 

विज्ञप्ति


०००



प्रकाशित: २०७६ फाल्गुण ८
February 20th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार