नेपाली समय: ०२:०९:०१ बिहान
वि.सं २०७६ चैत्र १८   मंगलवार

गोकर्णेश्वर नगर स्तरीय राष्ट्रपति रनिङ प्रतियोगिता सुरु

निर्माण सञ्चार, १२ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।

नयाँपाटी स्थित बालसुधार माबिको खेल मैदानमा सुरु प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्रका ३५ सामुदायीक तथा निजी विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डी खेलहरू हुनेछन् । एथलेटिक्सतर्फ १०० मिटर,२०० सय मिटर,१०० मिटर रिले, क्रस कन्ट्री ३ हजार मिटर, शटपुट,जाभ्लिन थ्रो,लन जम्प, हाई जम्प र ट्रिपल जम्पमा प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स खेलको निर्णायक मण्डलीमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर रहेका छन् ।

तीन दिन चल्ने प्रतियोगिताको विजेता विद्यालय र विद्यार्थीले शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताको उद्घाटन काठमाडौं ३ का संघीय सांसद कृष्ण राईले गरेका थिए ।

 

०००



प्रकाशित: २०७६ फाल्गुण १२
February 24th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार