नेपाली समय: ०१:३९:५२ बिहान
वि.सं २०७६ चैत्र १८   मंगलवार

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पहिलो चरणको भलिबलमा अरुणोदयको जित

निर्माण सञ्चार, १२ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले बालसुधार माध्यमिक विद्यालयको प्रांगणमा आज एक कार्यक्रमबीच नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेको छ ।

नगरपालिकाको आयोजनामा नगर प्रमुख सन्तोष चालिसेको सभापतित्वमा कार्यक्रमको पूर्व मन्त्री अम्किा बस्नेतले उद्घादन गर्दै खेलाडी राष्ट्रको गहना भएकाले यसको विकास गर्दै क्षमता बृद्धि गर्ने कार्यमा नगरपालिकाले विद्यालयस्तर देखि नै लगानी गर्दा भविश्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन हुँदै जाने बताइन् ।

सहभागी विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक झाँकी सहित मार्चपास पस्तुत गरेको उक्त उद्घाटन कार्यक्रमको पहिलो दिन अरुणोदय मा.वि. र ब्राइटजोन मा.वि. बीच भएको भलिबल प्रतियोगितामा अरुणोदय मा.वि.ले जीत हाँसिल गरेको छ । 

तीन चरणमा खेलाइएको प्रतियोगिताको पहिलो चरणमा अरुणेदयले २५ अंक र ब्राइटजोनले १० अंक हसिल गरेको थियो भने दोस्रो चरणमा ब्राइटजोन २६ र अरुणेदयले २४ मा चित्त बुझाउँदै फाइनल चरणमा १५ अंब जोडी जित हात पारेको हो ।
 
नगरपालिका क्षेत्रभित्र ११० विद्यालय रहेकामा ४० वटा मात्र विद्यालयले भाग दिएका छन् । गोकर्णेश्वर नगरपालिकाले नगरपालिका क्षेत्रबाट राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन जाने खेलाडीको सम्पुर्ण खर्च नगरपालिकाले व्यहोर्ने नगर प्रमुख सन्तोष चालिसेले बताए ।
 
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथ्लेटिक्स सम्बन्धी सबै खेल, कबड्डी, दौड, मार्सल आर्टस् सम्बन्धी खेलहरु लगाएतमा १३ र १४ गते बालस्धार मा.वि. नयाँपाटी, ओख्रेनी मा.वि. सुन्दरीजल,नेपालय इङ्लिस पब्लिक स्कुल बेसीगाउँ र शंखडोल डोजो हल शंखडोलमा विहान ७ बजेदेखि हुने नगरपालिकाले कार्यक्रम तय गरेको छ ।

खेलको माध्यमबाट व्यक्ति आफ्नो र नगरपालिकाको समेत पहिचान गराउन सफल हुने विश्वासकासाथ यस्ता कार्यक्रममा नगरपालिकाले लगानी गरेको हो ।
 
कार्यक्रममा नगरका वडाका जनप्रतिनिधीहरु, स्थानीय समाजसेवी, प्याप्सन गोकर्णेश्वर, सामुदायिक विद्यालय तथा संस्थागत विद्यालय एन प्याप्सनका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । 

नगरपालिकाले ग्याल्बो लोसार (मुसा बर्ष) को दिन सार्वजनिक बिदा दिने

नगरपालिकाले ग्याल्बो लोसार ९मुसा बर्ष०को दिन फागुन १२ गते सोमबारका दिन सार्वजनिक बिदा दिने भएको छ ।

नगरपालिकाको  फागुन ६ गते बसेको  ३२ औँ नगर बैठकको निर्णय अनुसार ग्याल्बो लोसारको दिन गोकर्णेश्वर नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिभा प्रस्फुटनको लागि विभिन्न विधामा विद्यालयस्तरीय प्रतियोगिता हुने 

गोकर्णेश्वर नगरपालिका वडा नं – ९ ले वडाभित्रका विद्यालयको सहभागितामा कक्षा ६,७,८,र ९ बाट १ जना छात्र र १ जना छात्रा गरी प्रति विद्यालय २ जनाका दरले विद्यार्थी सहभागी गराई विभिन्न विद्यामा प्रतियोगिता आयोजना गर्ने भएको छ ।
 
प्र्रतियोगितामा निबन्ध लेखन, बक्तृत्वकला, हाजिरी जवाफ र कविता लेखन तथा वाचन विद्या समावेश गरिएको वडाले सुचना जारी गरी जानकारी गराएको हो ।
 
सो प्रतियोगिता वडा भित्र संचालित माध्यमिक बिद्यालयका बिद्यार्थीहरु भित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ गर्न लागिएको वडाले जनाएको छ । 

वडाले कायक्रम सफल बनाउन विद्यालयलाई विद्यार्थी छनौंट गरी सहभागी गराईदिन सार्वजनीक सूचना नै जारी गरी अनुरोध गरेको छ ।

 

०००



प्रकाशित: २०७६ फाल्गुण १२
February 24th 2020

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ