नेपाली समय: ०१:११:३७ बिहान
वि.सं २०७६ चैत्र १८   मंगलवार

ग्लोबल आइएमईको डिजिटल माध्यमबाट शंकरदेव क्याम्पसको शुल्क भुक्तानी गर्न मिल्ने

निर्माण सञ्चार, १ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक र शंकरदेव क्याम्पसबीच क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरी विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्णप्रसाद आर्चायले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता पश्चात, शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरुले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । 

समयसापेक्ष डिजिटल बैंकिङ्ग सेवालाई प्रर्वदन गर्ने उद्देश्य अनुसार ग्लोबल आइएमई बैंकले विभिन्न संघ संस्थाहरुलाई आफ्नो भुक्तानी संकलन गर्नका लागि प्रविधिमैत्री सुविधा उपलब्ध गराउँदै आईरहेको जनाएको छ । 

शंकरदेवसंगको सहकार्य मार्फत सो क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई शुल्क भुक्तानी गर्नकै लागि बैंक जानुपर्ने बाध्यता हट्ने छ भने विद्यार्थीहरुको समय पनि वचत हुने अपेक्षा राखिएको छ ।

 

०००



प्रकाशित: २०७६ चैत्र २
March 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार