नेपाली समय: ११:२३:२६ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

पर्यटकको रोजाइकाे केन्द्र रारातालः सडकमार्ग सुधारका लागि ८५ करोड विनियोजन

निर्माण सञ्चार, ०३ चैत,  काठमाडौं । प्रयाप्त सम्भावना र सबैको रोजाई कर्णाली हुँदा हुँदै पनि लक्ष्य अनुसारका पर्यटक नआउनुको एकै कारण हो कमजोर पूर्वाधार व्यवस्थापन । 

कर्णालीमा आउने ९० प्रतिशत पर्यटकको रोजाईमा मुगु राराताल नै पर्छ । कोहि नाग्म गमगडी पर्यटन मार्ग भएर जान्छन् भने, कोहि जुम्ला पुगेर उर्थु पटमारा पर्यटन मार्ग बाट बुलबुले जोडिएर रारा पुग्छन् । 

कर्णाली प्रदेश सरकारले २०७५ वैशाखमा कर्णाली–रारा पर्यटन वर्ष धुमधामका साथ शुभारम्भ गर्याे । बाह्य र आन्तरिक गरी पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राख्यो ।  तर लक्ष्य पुरा हुन सकेन् । बिडम्बना मुख्य कारण भनेकै सडकको दुर्दशा हो । 

नाग्म हुदैँ र जुम्ला पातारासी पटमारा हुदै जाने सयौ पर्यटकले सडकको दुरावस्था देखेर फेरी नआउने खालका दुखेसो समेत गरेका थिए । अधिंकाश रारा, शेफोक्सन्डुको लागि पर्यटकलाई पटमारा उर्थुबाट ट्रेकिङ गराउने नोर्बु लामाका अनुसार आन्तरिक तथा बाह्उ पर्यटकले पहिलो प्रथामिकतामा ढुक्कले यात्रा गर्न मिल्ने सडक चाहेका छन् ।  

भने, दोस्रो होटल, संचार, बत्ती नै हो । राराका लागि पर्यटन मार्गका रुपमा चिनिने दुई सडकको स्तोन्तीका लागि संघ र प्रदेश सरकारबाट आबश्यक बजेट छुटाएको कुराले नोर्बु जस्तै धेरै पर्यटन व्यवसायी खुसी छन् । 

पर्यटन मार्ग सुधार गर्न ८५ करोड

नाग्म गमगडी सडक दैनिक पर्यटकको आउजाउ तथा निकै बेस्त हुने साविक कर्णालीको एक मात्र पर्यटन मार्ग हो । जुन मार्ग हिउँदमा हिलो र वर्खामा धुँलोले पर्यटकलाई सास्ती दिईरहेको छ । 

१९ किलोमिटर ग्राभेल गर्ने जिम्मा लिएको ठेकेदार फरार भएपछि ग्राभेलको काम पनि अलपत्र छ । रारा पर्यटन वर्ष घोषणापछि निकै चहलपहल बढेको उक्त सडकको स्तोन्तीको लागि धेरै पटक माग भएको हो । 

तर ढिलै भएपनि संघिय सरकारले चासो देखाउँदै नाग्म गमगडी सडक स्तरोन्नतीका लागि चालु आवमा ५० करोड बजेट विनियोजन गरेको पाइएको छ । 

कर्णाली प्रदेशको मुख्य पर्यटकीयस्थल रारा पुग्ने नाग्म–गमगढी सडक स्तरोन्नती गर्न संघिय सरकाले ५० करोड विनियोजन गरेको सडक डिभिजन जुम्लाका प्रमुख लिला बहादुरी भण्डारीले बताए । 

उनका अनुसा आर्थिक वर्ष २०७३÷७४ बाट सुरु गरिएको २५ किलोमिटर सडकको डबल कटिङ्, नाला, ग्याभिङ् वाल र ग्राभेल भइरहेको छ । केन्द्र सरकारबाट बजेट आएपछि बाँकी सडक खण्डको १०–१० किलोमिटरको निर्माणका लागि सम्झौता अन्तिम चरण पुगेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला भण्डारीले जानकारी दिए । 

९३ किलोमिटर नै डबल लेनको हुने 

२०७३/७४ बाट सुरु गरिएको २५ किलोमिटर सडकको डबल कटिङ्, नाला, ग्याभिङ् वाल हाल्ने काम भईरहेको छ । संघिय सरकारले छुटाएको ५० करोडमा यस वर्षमा १० किलोमिटरका हिसाबले सम्झौता गरी काम हुने छ । 

प्रमुख भण्डारीले भने, तर ‘आगामी असार मसान्तसम्म नाग्म देखि गमगडी सम्मको ९३ किलोमिटर पर्यटकिय मार्ग ‘डबल लेन’  हुने दाबी गरे । व्यवसायीसँग सम्झौता गर्दैछौ, उनले भने, ‘अबको १० दिनभित्र फिल्डमा गएर काम सुरु गर्नेगरी निर्माण व्यवसायीलाई खटाउने तयारी छ ।  

डबललेन सडक निर्माणका लागि नाग्मदेखि गमगढीसम्म सडकको ग्राभेल गर्ने, नाला निर्माण, सडक फराकिलो र ग्याभिनवालको काम सञ्चालन गरिने भएको छ । पर्यटकिय एक मात्र मार्ग नाग्म गमगडी सुधार नहुँदा पर्यटकले सास्ती पाएको कुरा संघिय सरकारले महशसु गरी बजेट छुटाएको हो । 

उर्थु पटमारा सडक स्तरोन्नती गर्न ३५ करोड 

उर्थु पटमारा सडक, रारा जाने पर्यटकका लागि नाग्म गमगडी पछिको दोस्रो पर्यटकिय मार्ग हो । जसको अबस्थामा पनि भनिसाध्या छैन् । जुम्ला हुदैँ मुगु रारा, हुम्ला मानसरोवर र डोल्पा शेफोक्सन्डो जाने पर्यटकको एकमा मार्ग पनि उर्थु पटमारा सडकनै हो । 

तर निकै हिलाम्य हुँदा पर्यटकहरुले सास्ती पाईरहेको अबस्था थियो । तर कर्णाली प्रदेश सरकारले चालु आवमै उक्त सडकको स्तरोन्नतीका लागि ३५ करोड विनियोजन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए । 

आगामी आव भित्रै उर्थु पटमारा सडक कालोपत्रे गरी पर्यटकको आगमनलाई सहज बनाउने प्रदेश सरकारको लक्ष्य छ । मन्त्री भण्डारीले गएको हप्ता सडकको स्थलगत अनुगमन गर्दै, ३५ करोड बजेटले केहि समयभित्र पर्खाल निर्माण गर्ने, नाली बनाउने, ग्राभेल गर्ने कामलाई अघि बढाउने उल्लखे गरे । 

नाग्म गमगडी सडकलाई संघको ५० करोड र उर्थु पटमारा सडकलाई प्रदेशको ३५ करोड गरी चालु आव भित्र दुई पर्यटन मार्गको स्तरोन्नतीका लागि ८५ करोड बजेट विनियोजन भएको छ । 

ट्रयाक खोलिएको दशक बितिसक्दा पनि स्तरोन्नती नभएका सडकमा करोडौ बजेट विनियोजन हुँदा अब पर्यटक आगमन बढ्ने आशा पलाएको पर्यटन व्यवसायी पदम महतले बताए । 

 

०००



प्रकाशित: २०७६ चैत्र ३
March 16th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार