नेपाली समय: ०७:३४:३२ बेलुका
वि.सं २०७७ जेठ २०   मंगलवार

बजेट अभावले प्याराफिट निर्माण रोकियो

निर्माण सुञ्चार, ०५ चैत, जुम्ला । बजेट अभावले जुम्लामा निर्माणधिन प्याराफिट अलपत्र भएको छ । 

दशौँ राष्ट्यि खेलकुद प्रतियोगिताको भलिबल खेलका लागि निर्माण हुन थालेको प्याराफिट बजेट अभावले बीचमै अलपत्र परेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरम महतले बताए । 

उनका अनुसार बजेट अभावमा निर्माणाधीन प्याराफिटको काम रोकिएको छ ।

डिपिआर अनुसार प्याराफिट निर्माणका लागि एक करोड  बजेट लाग्ने छ । 

तर श्रमदानसहित २६ लाख बजेटमा प्याराफिट निर्माण कार्य सुरु गरिएको थियो । 

हाल ७४ लाख बजेट अझै अभाव रहेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा प्याराफिट निर्माण सुरु भएको हो । 

डिपिआर अनुसार एक करोड रुपैयाँ खर्च लाग्ने भए पनि सामाजिक विकास मन्त्रालयको २६ लाख बजेटमा प्याराफिटको जग निर्माणदेखि पिलर मात्र ठड्याउने अर्थात २० प्रतिशत काम मात्रै भएको छ । 

कार्यालय प्रमुख महतले भने, चैत अन्तिम साता राष्ट्रपति खेलकुद प्रतियोगिता हुँदैछ । तर अहिले निर्माणाधिन भलिबल मैदानको प्याराफिट रकम नहुँदा मैदान नै अस्तव्यस्त अवस्थामा रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयसँग समन्वय गर्ने काम जारी रहेका ले बजेट थप हुने आशा छ । 

जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा प्याराफिट नभएका कारण प्रतियोगिता हेर्न आउने दर्शकलाई बस्न निकै समस्या हुने गरेको छ ।
 
छानासहितको प्याराफिट निर्माण भएपछि दर्शकलाई सहज हुने जिल्ला खेलकुद समिति जुम्लाका कार्यालय प्रमुख महतको भनाइ छ । 

खेल क्षेत्र विकासका लागि सबैले सहयोग गरे निर्माणाधीन प्याराफिटले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाले जनाएको छ ।

२०७९ मा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरर्गत विभिन्न खेलका पूर्वाधार निमाृण कार्य कर्णालीमा तिब्र रुपमा अगाडी बढीरहेको छ ।

 

०००



प्रकाशित: २०७६ चैत्र ५
March 18th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्