नेपाली समय: १२:४१:२९ am
वि.सं २०७६ चैत्र १८   मंगलवार

निर्माण उपकरणमा भइरहेको आगजनीबाट ‘सियोन’ आक्रोेशित, दोषीलाई कडा कार्वाहीको माग

निर्माण सञ्चार,  चैत्र ०६, काठमाडौं । नेपाल निर्माण व्यवसायी संगठन ‘सियोन’ले देशका  विभिन्न भागमा निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरण माथि अज्ञात समुहबाट भइरहेको श्रृखंलावद्ध आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सियोनले बुधवार विज्ञप्ति जारी गर्दै बारम्बार निर्माण कार्यमा खटिरहेका साम्रगीमा आगजनी भइरहेको घटनाप्रति संगठनहरुले भत्रसना जनाएको छ ।  

आगजनीका त्यस्ता घटनामा कुनै कमी नआई निर्माण व्यवसायीहरुलाई अझ बढी आतंकित पार्ने निन्दनीय कार्य निरन्तर भइरहेको  सियोनले जनाएको छ । 

रेगन निर्माण सेवाको १ थान एक्साभेटरमाथि जाजरकोट जिल्ला बोरकोट गाउँपालिका वडा नम्बर ९ स्थित पृथ्वीबहादुर बोहराको घरमा रहेको क्याम्पमा रासायनीक पदार्थ प्रयोग गरी आगजनी गरिएको सियोनको विज्ञप्तिमा जनाइएइको छ । 

विगतमा यस्ता घटनामा संलग्नलाई कार्वाहीको दायरामा नल्याएका कारण नै एकपछि अर्को आक्रमण तथा आगजनीका घटना भइरहेको सियोनको भनाइ छ । 

सियोनले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न गृह प्रशासन समक्ष आग्रह गर्दै देशभरका निर्माण व्यवसायी सहित उनीहरुको उपकरणको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न माग गरेको छ । 

साथै पीडित कम्पनीलाई राज्यको तर्फबाट तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि सियोनले आग्रह गरेको छ । 

 

 

०००



प्रकाशित: २०७६ चैत्र ६
March 19th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार