नेपाली समय: १२:५०:१० am
वि.सं २०७६ चैत्र १८   मंगलवार

के–के हुन् अत्यावश्यक सेवाः चैत ९ देखि २१ गतेसम्म कुन्–कुन् सेवा हुने छैनन् बन्द ?

निर्माण सञ्चार, ७ चैत, काठमाडौं । ‘विश्वमहामारी’का रुपमा रहेको कोरोनाको सम्भावित संक्रमण रोक्न सरकारले विशेष कदम चालेको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै विभिन्न कदम चालिएको घोषणा गरेका हुन् । जस अनुसार यही चैत ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको बताइएको छ ।

प्रधानमन्त्रीका अनुसार देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । 

तर, ती अत्यावश्यक सेवाहरु भनेका के के हुन् त ? यतिबेला सबैको चासोको विषय बनेको छ । यसबारे ऐन कानुनका पाना पल्टाउँदै निर्माण मिडियाले एउटा खोज सामग्री तयार पारेको छ । 

के–के पर्दछन् अत्यावश्यक सेवाभित्र ?

अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी विभिन्न १९ सेवालाई अत्यावश्यक सेवामा राखी हड्ताल गर्न नपाउने सूचना गृह मन्त्रालयले गत असोज २७ गते राजपत्रमा प्रकाशित गरेको थियो ।
 
उक्त सुचना अनुसार हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, फोहोर मैला संकलन, दाल चामल–नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण, विद्युत, औषधि निर्माण तथा वितरणलगायत रहेका छन् । 

निम्न ऐनका दफाहरु हेर्न सकिने छ–

 

०००



प्रकाशित: २०७६ चैत्र ७
March 20th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार