नेपाली समय: ०८:३८:१९ pm
वि.सं २०७७ आश्विन ५   सोमवार

नेपालमा कोरोना सल्कियो भन्दै अफवाह फैलाउने २० वर्षे युवक प्रहरी फन्दामा

निर्माण सञ्चार, ८ चैत, काठमाडौं । नेपालमा पनि कोरोना भाइरस फैलिएको भन्दै अडियो क्लिप बनाई अफवाह फैलाउने एक युवक प्रहरी फन्दामा परेका छन् ।

यसरी अफवाह फैलाउने ती युवक भक्तपुर सिपाडोल बस्दै आएका छन् । २० वर्षीय विवेक थापामगर प्रहरी फन्दामा परेका हुन् । 

प्रहरीले जनाए अनुसार थापामगर रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्दै आएका हुन् ।

उनले फैलाएको अफवाहमा नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित भएको फेला परेको अडिओ क्लिप बनाएका थिए।

यतिबेला उक्त भिडियोमाथि प्रहरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । सो अडियो म्यासेन्जर मार्फत् भाइरल बनाइएको थियो । भाइरल भएपछि प्रहरीको साइबर ब्युरो अनुसन्धानमा जुटेको थियो ।

प्रहरीले अनुसन्धानबाटै उक्त अडियो पोस्ट गर्ने ती युवकलाई समात्न सफल भएको हो ।


०००



प्रकाशित: २०७६ चैत्र ८
March 21st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार