नेपाली समय: ०१:५०:४७ बिहान
वि.सं २०७६ चैत्र १८   मंगलवार

विश्वमहामारीले लियो भयंकर रुपः इटालीमा मात्रै मर्नेको संख्या साँढे ५ हजार पुग्यो, अमेरिका, बेलायत, स्पेन जस्ता देशमा फैलने क्रम त्रासदीपूर्ण

निर्माण सञ्चार, १० चैत, एजेन्सी । विश्वमहामारी बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण यतिबेला बढ्दो क्रममा छ । चीनको बुहानबाट फैलिएको भनिएको कोरोनाबाट युरोपमा मात्रै मर्नेको संख्या झन्डै ९ हजार पुगेको छ। 

पछिल्ला दिनमा कोरोनाको नयाँ ‘इपिसेन्टर’ भनिएको युरोपको इटालीमा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ भने जर्मनी, स्पेन र बेलायत जस्ता देशमा कोरोना संक्रमण र मर्नेको संख्या बढ्दो क्रममा छ । 

गए आइतबार मात्रै इटालीमा थप ६ सय ५१ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा कोरोनाका कारण मर्नेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । 

गत शनिबार मात्र ७ सय ९३ को मृत्यु भएको थियो । आइतबार र शनिबारको तुलना गर्दा मृत्यु हुनेको मात्रा केही कम भएको देखिए पनि इटालीमा मृतक र संक्रमितको संख्या लगातार बढिरहेको छ ।

तर, आइतबार मात्रै नयाँ संक्रमितको संख्या थप ५ हजार ५ हजार ५ सय ६० पुगेको त्यहाँको सरकारले बताएको छ । 

० आफ्नो विध्वंसबाट पाठ सिक्न इटालीको आग्रह

आफ्नो मुलुकमा भएको विध्वंसबाट इटलीले अन्य मुलुकहरुलाई पाठ सिक्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणले चीनमा भन्दा पनि इटलीमा बढी नै विध्वंस मच्चाएको छ । 

आइतबार अहिलेसम्मकै बढी ७ सय ९३ जनाको मृत्यु भइसकेको थियो । सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ भने ५९ हजार १ सय ३८ जना संक्रमित भएका छन्।

यो सँगै कोरोना महामारी १ सय ८० देशमा पुगेको छ भने ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।

त्यसपछि यो विध्वंस इरानमा देखिएको छ । यतिबेला इरानलाई अमेरिकाले गरेको सहयोग प्रस्ताव इरानले अस्वीकार गरिदिएको छ । 

अमेरिकी सरकार आफैं संकटमा फसिरहेको अवस्थामा किन सहयोगको प्रस्ताव गरिरहेको छ ? इरानी राष्ट्रपतिले प्रश्न गरेका छन् । 

उसको मद्दत देखाउने र भित्री फरक फरक रहने गरेको आरोप लगाउँदै इरानका सर्वोच्च नेता अयतोल्लाह खामेनईले भने, ‘अमेरिकाले कोरोना भाइरसबीच विभिन्न पटक मद्दतको प्रस्ताव गरेको छ । अचम्म छ किनभने अमेरिका आफैं पनि विभिन्न कमीसँग जुधिरहेको छ । अर्कोतर्फ उनीहरुमाथि यो भाइरस उत्पत्ति गरेको आरोप पनि छ ।’

मध्यपूर्वमा इरान कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी ध्वंस भएको मुलुक हो । यहाँको पछिल्लो आँकडा अनुसार २१ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १६ सय ८५ को मृत्यु भइसकेको छ । 

...

कोरोना भाइरसको संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ ।

० युरोपमा बढ्दोः स्पेनमा बढी

युरोपेली मुलुक स्पेनमा कोरोना संक्रमण व्यापक बन्दै गइरहेको देखिन्छ । त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ७ सय ५६ पुगेको छ। 

आइतबार इटालीपछि स्पेनमा सबैभन्दा बढी ३ सय ७५ को मृत्यु भएको हो। स्पेनमा आइतबार ३ हजार १ सय ७ संक्रमित थपिएका छन्। सोमबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या २८ हजार ६सय ३ रहेको छ।

कोरोना फ्रान्समा पनि फैलिरहेको छ । आइतबार मात्रै थप १ सय १२ को मृत्यु भएको छ । थप एक हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ। 

फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना संक्रमित भएका छन्। 

बेलायतमा पनि कोरोना महामारी फैलने क्रममा कमी आएको छैन । आइतबार बेलायतमा ४८, नेदरल्यान्ड्समा ४३, जर्मनीमा १०, बेल्जियममा ८ र स्विजरल्यान्डमा १८ जनाको मृत्यु भएको खबर छ।

...

पश्चिम एसियाली मुलुक इरानमा आइतबार मात्रै १२९ जनाको मृत्यु भएको छ । एक हजार २८ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ६ सय ८५ पुगेको छ भने २१ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको छ।

० अमेरिकामा घटेन, बरु बढ्दो

विश्वको महाशक्ति भनिने अमेरिकालाई कोरोना उत्पत्तिको आरोप लागिरहेकै बेला उसैको देशमा पनि यसको संख्या झनै फैलदो छ । 

अमेरिकामा आइतबार अहिलेसम्मकै बढी १ सय १७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै अमेरिकामा ९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। 

सोमबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४ सय १९ पुगेको छ । नयाँ संक्रमितको संख्या ३३ हजार ५ सय ४६ रहेको त्यहाँको समाचारहरुले जनाएका छन् ।

सोमबार बिहानसम्म चीनमा ३ हजार २ सय ६१ जनाको मृत्यु भएको खबर छ । तर ८१ हजार ५४ जनामा संक्रमण देखिएको छ। यो संक्रमण नयाँ नभएर पुरानैको उपचार क्रम रहेको पनि चिनियाँ समाचारहरुले जनाएका छन् ।

पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ। चीनमा ७२ हजारभन्दा बढी व्यक्ति निको भइसकेको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ। संक्रमण शून्यतिर झरिरहेको बताइएको छ । 

चीनले पछिल्ला दिनमा कोरोना भाइरसको भ्याक्सिन समेत प्रयोगमा ल्याएको छ । यसको प्रभावबारे पछिल्ला दिनमा अध्ययन जारी छ । 

० हेरौं आइतबार मात्रै कहाँ कतिले गुमाए ज्यान ?

युरोपमा 
इटाली– ६५१
स्पेन – ३७५
इरान– १२९
फ्रान्स – ११२

..
अमेरिका– ११७

बेलायत– ४८
नेदरल्यान्ड्स – ४३
जर्मनी – १०

बेल्जियम – ८
स्विजरल्यान्ड – १८

दक्षिण कोरिया – २

इन्डोनेसिया – १०
टर्की ९
ब्राजिल ८

फिलिपिन्स ६
इजिप्ट ४

इराक ३

हंगेरी, भारत, अल्जेरिया, पोल्यान्ड, ग्रीस, मलेसिया, ट्युनिसिया, पोर्चुगलमा २–२ जना

स्विडेन, क्यानडा, गुआम, चेक गणतन्त्र, बुर्किनाफासो, एन्डोरा, मोरक्को, नर्थ म्यासेडोनिया, सर्बिया बहराइन, पाकिस्तान, अफगानिस्तान, सर्बियामा १–१ जना मरेका छन् ।

०००

पढौं यी पनि

विश्वभर कोरोना संक्रमित बढ्दोः ३ लाख पाँच हजार संक्रमित, अमेरिकामा संक्रमित झनै तीव्र

भारतलाई चेतावनीः ‘धेरै क्षति व्यहोर्नु पर्ने देश बन्न सक्छ भारत’, अनुसन्धानकर्ता भन्छन्, ‘कोरोना संक्रमणको सुनामी आउनेवाला छ’

कोरोना एक विश्व ‘जैविक युद्ध’को भोरः इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु ! अमेरिकी उपराष्ट्रपतिलाई पनि कोरोना

 

 

 



प्रकाशित: २०७६ चैत्र १०
March 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार