नेपाली समय: १२:२५:४३ am
वि.सं २०७६ चैत्र १८   मंगलवार

कोरोना नियन्त्रण गर्न सरकारले मगायो चीन र भारतबाट ३५ प्रकारका उपचार औजारः के के हुन् ?

निर्माण सञ्चार, १० चैत, काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न चिनियाँ सरकारले गरेको प्रस्ताव स्वीकार गर्दै नेपाल सरकारले चीनबाट १९ प्रकारका उपचार उपकरण मागाएको छ । 

त्यस्तै, छिमेकी भारतसँग पनि विभिन्न १६ प्रकारकार उपचार उपकरण मगाएको छ। सार्क राष्ट्रस्तरीय कोरोना उपचार सहयोग कोषको प्रस्ताव गरेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि आवश्यक सहयोग गर्ने समेत बताएका थिए ।

सोही अनुसार नेपालले कोरोना भाइरस महामारी नियन्त्रणका लागि १० करोड रुपियाँको सहयोगक कोष राख्ने बताएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मोदी सहितका सार्क राष्ट्रस्तरीय भिडियो कन्फरेन्समा उक्त रकम राख्ने वचन दिएका थिए ।

...
पछिल्ला आँकडा अनुसार कोरोना भाइरस संक्रमणबाट भारतमा मर्नेको संख्या ७ पुगिसकेको छ भने बंगलादेश, पाकिस्तान लगायत देशमा समेत मर्नेको संख्या बढ्ने संकेत देखिएको छ । संक्रमणको संख्या दक्षिण एसियामै भारतमा बढिरहेको छ । 
... 

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को वैठकले चीनबाट व्यक्तिगत सुरक्षाका सामाग्रीहरु १ लाख ६० हजार, जिनको माध्यमबाट कोरोना परीक्षण गर्ने सामाग्री ५ लाख वटा, भाइरसको नमुना संकलन गरेर पठाउने भाँडो १ लाख वटा मगाएको छ।

मोनिटर सहितको भेन्टीलेटर १ सय वटा, ल्याब सहितको मोबाइल एम्बुलेन्स १० वटा, मोबाइल एम्बुलेन्स ५ वटा ,रगतमा अक्सिजनको मात्रा देखाउने मेसिन २० वटा, अक्सिजन प्लान्ट ५ वटा, इन्ट्युबेटिङ सेट २ हजार वटा, ३ सय केजीको निर्मलीकरण गर्ने मेसिन २० वटा, सिआरआरटी मेसिन २० वटा, थर्मोमिटर १० हजार, सर्जिकल पञ्जा २ लाख वटा मगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

सरकारले चीनबाट १९ प्रकारका स्वास्थ्य समाग्री र उपकरण मगाएको हो ।

...

भारतबाट मगाए अनुसार १६ प्रकारका स्वास्थ्य सामाग्री र उपकरणहरु रहेका छन् ।

तिनमा विभिन्न खालका व्यक्तिगत सुरक्षा सामाग्रीहरु १ लाख ६० हजार वटा, एन ९५ मास्क १ लाख ५० हजार वटा, इन्फारेड थर्मोमिटर १० हजार वटा, अक्सिजन प्लान्ट ५ वटा मगाइएको छ। 

स्वास्थ्य मन्त्रालय अनुसार ३ सय केजीको निर्मलीकरण गर्ने मेसिन २० वटा, सिआरआरटी मेसिन २० वटा, थर्मोमिटर १० हजार र सर्जिकल मास्क २ लाख वटा मगाएको छ । 


०००

पढौं यी पनि



प्रकाशित: २०७६ चैत्र १०
March 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार