नेपाली समय: ०१:२५:३६ बिहान
वि.सं २०७६ चैत्र १८   मंगलवार

जर्मनीमा चान्सलर मार्केला क्वारेन्टाइनमाः अमेरिकी सांसद रेन्ड पललाई कोरोना भएको पुष्टि !

निर्माण सञ्चार, १० चैत, एजेन्सी । आक्रामक रुपमा विश्वव्यापी फैलिरहेको कोरोना आतंक युरोप झनै तीव्र रुपमा फैलिरहेको छ ।

यसै बीच जर्मनी चान्सलर एन्जेला मार्केल पनि आफ्नै घरमा क्वारेन्टाइनमा बसेकी छन् । बिबिसीले जनाए अनुसार कोरोना भाइरस संक्रमित कुनै फिजिसियनसँग भेटघाट भएको पत्ता पाएपछि चान्सलर मर्केल घरमै  क्वारेन्टाइनमा बसेकी हुन् ।

यसै बीच कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि जर्मनी सरकारले पनि कडा कदम चालेको छ । जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति जमघट गर्न रोक लगाएको छ भने अत्यावश्यक बाहेक कुनै पनि सेवाका लागि बाहिर ननिस्कन पनि भनेको छ । 

यो प्रतिबन्ध घरभित्र र बाहिर दुवै ठाउँमा एक हप्ताका लागि लगाइएको बताइएको छ ।

यसैबीच अमेरिकी सांसद रेन्ड पललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी केन्टकीबाट रिपब्लिकन सांसद हुन् । उनी उपचाररत छन् ।

अमेरिकी उच्च अधिकारीहरुमा यस अघि नै कोरोना संक्रमण भएको थियो । ह्वाइट हाउसमै कार्यरत अधिकारीहरु मध्येलाई पनि कोरोना भाइरस संक्रमण भएको छ ।

 

०००

पढौं यी पनि



प्रकाशित: २०७६ चैत्र १०
March 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार