नेपाली समय: १२:५५:२६ am
वि.सं २०७६ चैत्र १८   मंगलवार

मंगलबारदेखि अत्यावश्यकबाहेक सरकारी कार्यालय बन्द गरिने, घरमा स्ट्यान्डबाइ कर्मचारीबाट काम लिइने

निर्माण सञ्चार, १० चैत, काठमाडौं । मंगलबारदेखि अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी गरिएको छ । 

सरकारले अत्यावश्यक सेवाभित्र पर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतका सेवाका कर्मचारीलाई भने नियमित काममा लगाउने तर अन्य सरकारी कर्मचारीलाई भने घरमै स्ट्यान्डबाई राख्ने तयारी गरेको स्रोतले बतायो ।

  • उच्चस्तरीय समन्वय समितिको निर्देशनः सिमानामा आएका नेपालीको पहिचान गरी क्‍वारेन्टाइनमा राख्नू !
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसबारे निर्णय गर्ने तयारी गरेको छ ।

समिति अन्तर्गत गठित ६ कार्यदल संयोजकको बैठकले यस्तो निर्णय गर्न सिफारिस गरेको छ। 

स्रोतका अनुसार अत्यावश्यक सेवाबाहेकका निजामति कर्मचारीलाई घरमै बस्ने र आवश्यक परे सेवामा खटिनु पर्ने निर्देशन भएको छ ।

० सीमा आएका नेपालीलाई पहिचान गरी क्‍वारेन्टाइनमा राख्न निर्देशन

साथै, उक्त उच्चस्तरीय समन्वय समितिले भारतबाट आउने नेपालीलाई पहिचान गरी क्वारेन्टाइनमा राख्न समेत निर्देशन दिएको छ ।

समिति संयोजक उपप्रधानमन्त्री पोखरेलले सबै स्थानीय सरकारहरुलाई आफू निकटका सीमा बन्द भएका बेला नाकामा आउने नेपाली नागरिकता सहित पहिचान गरी क्‍वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।


०००



प्रकाशित: २०७६ चैत्र १०
March 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार