नेपाली समय: १०:११:०६ राती
वि.सं २०७७ आश्विन ५   सोमवार

साउदीमा ‘कर्फ्यु’ !

निर्माण सञ्चार, १० चैत, एजेन्सी । विश्वमहामारी कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न साउदी सरकारले आज साँझदेखि कफ्र्यु घोषणा गरेको छ । निषेधाज्ञा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म रहने साउदी अरब सरकारले जनाएको छ ।

यो आंशिक कफ्र्यु बताइएको छ । तर, पनि कोरोना संक्रमणको त्रासले जनसाधारण सार्वजनिक स्थलमा देखिएका छैनन् । 

यो अवस्था २१ दिनसम्म रहने बताइको छ । प्रधानमन्त्रीसमेत रहेका साउदी राजा सलमान बिन अब्दुल अजिजले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि आंशिक रुपमा कर्फ्युको घोषणा गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

तर, अत्यावश्यक सेवामा रहेका कामदारका हकमा भने कर्फ्यु लागू नहुने साउदी प्रेस एजेन्सीले जनाएको छ । मुलुकका महत्वपूर्ण सार्वजनिक क्षेत्र र निजी क्षेत्रका कामदारलाई भने नियमित रुपमा काम गराइने बताइएको छ ।

उसले जनाए अनुसार सुरक्षा क्षेत्र, सेना, सञ्चारमाध्यम, स्वास्थ्य सेवा र अन्य सेवा क्षेत्रका कामदारलाई कर्फ्यु लागू हुने छैन ।


त्यहाँको आन्तरिक मामिला मन्त्रालयले कर्फ्युको अवधिका नागरिकलाई घरमै बस्न आग्रह गरेको छ । 

साउदी अरबमा ५ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

०००
 



प्रकाशित: २०७६ चैत्र १०
March 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार