नेपाली समय: ०१:२६:३९ बिहान
वि.सं २०७६ चैत्र १८   मंगलवार

नेपाल पनि ‘लकडाउन’, मंगलबारदेखि हप्ता दिन घर बाहिर निस्कन नपाइनेः यातायात सबै ठप्प

निर्माण सञ्चार, १० चैत, काठमाडौंं । विश्वमहामारी कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्न भन्दै सरकारले भोलि (मंगलबार) देखि पूरै नेपाल ‘लक डाउन’ गरेको छ ।

सरकारले सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

सोमबार कोरोना भाइरस संक्रमण भेटिएपछि सरकारले अचानक यस्तो कदम चालेको हो । स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएबारे खबर सार्वजनिक गरेपछि सरकारले सुरक्षाका निम्ति यस्तो कदम चालेको बताएको छ ।

सरकारका अनुसार खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन चलाउने समेत पाइने छैन ।

०००



प्रकाशित: २०७६ चैत्र १०
March 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार