नेपाली समय: ०८:२८:२५ pm
वि.सं २०७७ आश्विन ५   सोमवार

आइसोलेसनमा रहेका एक बिरामीको मृत्युः चितवन अस्पताल भन्छः ‘कारोना भएनभएको पुष्टि हुन बाँकी नै छ’

निर्माण सञ्चार, ११ चैत, काठमाडौं । चितवनस्थित भरतपुर महानगरपालिकामा बनाइएको कोरोना उपचारका लागि अस्थायी अस्पतालमा आइसियूमा रहेका एक बिरामीको मंगलबार मृत्यु भएको छ ।

ती युवक उपचार क्रममा आइसियूमा राखिएको अस्पाताल स्रोत बताउँछ । 

उनको ‘थ्रोट स्वाब’ परीक्षणका लागि काठमाडौं पठाइएको थियो । तर अहिलेसम्म रिपोर्ट भने नआएको अस्पताल बताउँछ । 

ती युवक वीरगञ्जका हुन् । ३० वर्षीय ती युवक केही समयदेखि मिर्गौला, छाला र फोक्सोका रोगी थिए । ज्वरो र निमोनिया देखिएपछि आइतबार उनलाई कोरोना अस्थायी अस्पतालमा ल्याइएको थियो।

उपचारमा आउनु अघि उनी हालैमात्र कुनै विदेश तिर पनि नगएको उनको पारिवारिक स्रोतको दाबी छ ।

उनलाई वीरगञ्जबाट अस्पतालले रिफर गरी चितवन मेडिकल कलेज पठाएको अस्पतालले बतायो । वीरगन्ज अस्पतालले उनीमाथि कोरोनाको आशंका गरेको थियो ।

टेकुस्थित कोरोना लक्षण पुष्टि गर्ने एक मात्र परीक्षण केन्द्रमा ती युवकको रगत जाँच भइरहेको बताइएको छ । टेकु अस्पताल स्रोत अनुसार परीक्षणको नतिजा साँझसम्म आउने छ।

परीक्षण रिपोर्ट पछि मात्रै युवकको अन्तिम संस्कार गरिने परिवारजन बताउँछन् ।


०००



प्रकाशित: २०७६ चैत्र ११
March 24th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार