नेपाली समय: ०७:१५:२५ बेलुका
वि.सं २०७७ जेठ २०   मंगलवार

अमेरिकी एक कम्पनीले ल्यायो पाँच मिनेटमै कोरोना भाइरसको नतिजा दिने मेसिन

निर्माण सञ्चार, १६ चैत, एजेन्सी । विश्वमहामारीका रुपमा कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई आक्रान्त पारिरहेकै बेला कोरोना लागेनलागेको परीक्षणको नतिजा पाँचै मिनेटमा दिनसक्ने प्रविधि प्रचारमा आएको छ ।

कोरोना परीक्षण गर्ने अहिलेसम्मकै सबै भन्दा ‘फास्टर’ नतिजा दिने यस प्रविधिको निर्माण अमेरिकी कम्पनी एबोट रहेको छ । उक्त कम्पनीले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सक्ने प्रविधियुक्त उक्त मेसिन प्रयोगमा आएको जनाएको छ ।

अमेरिकी स्थानीय सरकारले समेत अनुमति दिइसकेको यस प्रविधिले पाँच मिनेटमै बिना प्रयोगशाला कोरोना लागे नलागेको नतिजा दिन सक्ने मेसिन उत्पादक कम्पनीको दाबी छ ।

उक्त प्रविधिले अमेरिकी सरकार अन्तर्गतको फूड्स एण्ड ड्रग्स एड्मिनिस्ट्रेसन (एफडीए) को पनि अनुमति पाइसकेको छ । 

तर, यसले परीक्षण कतिसम्म शतप्रतिशत दिन सक्छ भन्नेमा केही अध्ययन हुन बाँकी रहेको । चाँडै नै उक्त मेसिनको प्रयोग हुने बताइएको छ । 

कम्पनीका अनुसार अउाने हप्ताबाट दैनिक ५० हजार दरले यो मेसिन उत्पादन हुने छ र काम पनि गर्न थाल्ने छ ।

यस प्रविधिले निकट आउने दिनका लागि कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा छ । 

यस प्रविधिले बिरामी माथि भाइरसको प्रभाव भएनभएको पत्ता लगाउने छ । यसका लागि प्रविधिले आरएनए कति छ भन्ने कुराको पहिचान मेसिनले गर्ने छ । ताकि शरीरमा भाइरसको उपस्थितिको मात्र सजिलै पत्ता लाग्ने छ ।

एबोटका अनुसार अबको अप्रिल लागेसँगै यस मेसिनले ५० लाख मानिसमा कोरोना भाइरसको परीक्षण हुनसक्ने दाबी गरेको को छ । एफडीएले यसलाई गत मार्च १८ मै अनुमति दिएको बताइएको छ ।


०००



प्रकाशित: २०७६ चैत्र १६
March 29th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार