नेपालमा कहाँ कहाँ हुन्छ कोरोनाको उपचार ? हेर्नुहोस् सातै प्रदेशको (सूचि सहित)
निर्माण सञ्चार, १९ चैत, काठमाडौं । देशका मुख्य सहर सहित सातै प्रदेशमा कोरोना भाइरस संक्रमणको उपचार व्यवस्था भएको छ ।
सरकारले कोरोना संक्रमितहरुको उपचार गर्न तयार गरेका देशैभरका अस्पतालको सूची सार्वजनिक गरेपछि यसबारे थाह भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूची अनुसार काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकु, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल रहेका छन् ।
प्रदेशहरुमा पनि तोकिएका अस्पतालबाट कोरोना उपचार हुने मन्त्रालयले सार्वजनिक गरेको छ।
० प्रदेश नम्बर १
मेची अस्पताल, उदयपुर अस्पताल
प्रदेश नम्बर २ जनकपुर अस्पताल, बारा अस्पताल प्रदेश–३ अर्थात् बागमती प्रदेश भक्तपुर अस्पताल, सिन्धुली अस्पताल गण्डकी प्रदेश
धौलागिरी अस्पताल, गोरखा अस्पताल प्रदेश नम्बर ५ लुम्बिनी अस्पताल, तम्घास अस्पताल कर्णाली प्रदेश
सुर्खेत अस्पताल, दैलेख अस्पताल सुदूरपश्चिम प्रदेश सेती अस्पताल, महाकाली अस्पताल सरकारले सातै प्रदेशभित्र रहेका प्रदेशस्तरीय ६३ वटा अस्पतालबाट पनि सेवा लिन सकिने उल्लेख गरेको छ । तिनमा प्रदेश १ जिल्ला स्तरीय अस्पताल १३ वटा, प्रदेश नम्बर २ मा पाँच वटा, बागमती प्रदेशमा १० वटा, गण्डकी प्रदेशमा १० वटा, प्रदेश नम्बर ५ मा ९ वटा, कर्णाली प्रदेशमा ८ वटा, सुदुरपश्चिम प्रदेशमा ८ वटा अस्पताल छन्। अब मेडिकल कलेजहरूबाट पनि सेवा लिन सकिने मन्त्रालयको भनाइ छ। वीपी कोइराला विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स चितवन, गण्डकी मेडिकल कलेज पोखरा, जानकी मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, धुलिखेल अस्पताल, लुम्बिनी मेडिकल कलेज, मनिपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, नोबल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल, युनिभर्सल मेडिकल कलेजहरु सरकारले निकालेको सूचीमा कोरोना उपचार गराउने अस्पतालका रुपमा सूचीकृत छन् । ०००
प्रकाशित: २०७६ चैत्र १९

April 1st 2020
प्रतिक्रिया दिनुहोस्