
पर्यटन मन्त्रीको भिडियो कन्फरेन्सः पर्यटन क्षेत्रका श्रमिक र उद्यमी सुरक्षाबारे कस्तो छ विशेष सुझाव
निर्माण सञ्चार, २९ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन सम्बद्ध संघ संस्थाका प्रमुखहरुसँग ‘भिडियो कन्फरेन्स’ गरेका छन् ।
मन्त्री भट्टराईले ‘भिडियो कन्फरेन्स’ गरेर कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीबाट पर्यटन क्षेत्रमा जारी असर, पर्यटन क्षेत्रका श्रमिक तथा कर्मचारीहरुको सबै खालका सुरक्षा र आगमी कार्ययोजना बारेमा छलफल गरेका हुन् ।
छलफलमा मन्त्री भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध श्रमिक तथा कर्मचारीहरुको दैनिक जीवन पायनको विषयमा विशेष ध्यान दिन आग्रह गरेका थिए । कुनै पनि श्रमिकलाई भोकै रहन नदिनको लागि आ–आफ्नो संयन्त्र र सूचनालाई प्रभावकारी बनाउन मन्त्रीको अनुरोध छ । मन्त्री भट्टराईले भने, ‘देशको जुनसुकै भू–भागमा रहेका श्रमिक तथा मजदुरहरु भोकै बस्ने अवस्था रहन दिनु हुँदैन । कही कतै समस्या भएको भए मलाई खबर गर्नुहोस् । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उहाँहरुको तत्कालै समस्या समधान गर्नुपर्छ । आफ्नो संगठनको संयन्त्र मार्फत प्रभावकारी रुपमा सूचना आदन प्रदान र समन्वयको लागि मेरो विशेष आग्रह छ ।’ मन्त्री भट्टराईले लामो समय लकडाउनको अवस्था जाने अवस्थामा श्रमिकहरुको दैनिक जीवन यापनको लागि फरक विकल्प पनि सोच्नुपर्ने बताए । उनले भने, ‘यदि लामो समय लकडाउनको अवस्थामा गयो भने त्यो अवस्थामा श्रमिकहरुको सुरक्षा कसरी गर्ने ? त्यो पनि हामी सबैले छलफल गरेर योजना तयार गरौं ।’ महामारीले असर नगर्ने गरी कुनै वैकल्पिक काममा परिचालन गर्न सकिने मन्त्री भट्टराईको भनाइ छ । उनले भने, ‘हिमाल सफाई लगायत काममा श्रमिकहरु परिचालनको विषय पनि उठेको छ, यसको सम्भावना बारेमा पनि हामीले अध्ययन गरिरहेका छौं ।’ उनले पर्यटन बोर्डलाई श्रमिकहरुको लागि आवश्यक कोष बनाउनको निम्ति तयारी थाल्न पनि निर्देशन दिए । मन्त्री भट्टराईले यो महामारी विरुद्धको लडाइँमा सबैको समन्वय र ऐक्यबद्धता जरुरी रहने भन्दै प्रभावकारी समन्वयका लागि अनुरोध गरेका छन् । मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा परेको असरको विषयमा पर्यटन बोर्डको समन्वय र अगुवाइमा तथ्याङ्क संकलन भइरहेको जानकारी दिँदै त्यसमा प्रभावकारी रुपमा सामेल भएर पर्यटन क्षेत्रमा परेको असरको सही तथ्याङ्क निकाल्नमा सहयोग गर्न आग्रह गरे । उनले महामारीबाट सुरक्षित रहनका लागि आ–आफ्ना संयन्त्रहरु मार्फत् नियमित सूचना प्रवाह र समन्वय गर्न पनि आग्रह गरे ।
छलफलमा नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले पछिल्लो अवस्थामा बोर्डले गरीरहेको कामको बारेमा जानकारी गराएका थिए ।
डा.रेग्मीले पर्यटन बोर्डको नेतृत्वमा भईरहेको तथ्याङ्क संकलनमा सबै सामेल हुन पनि आग्रह गरे ।
डा.रेग्मीले पर्यटन क्षेत्रमा परेको असरको बिषयमा सही तथ्याङ्क नभएसम्म आगमी कार्ययोजना बनाउन समस्या हुने बताउदै बोर्डले जारी राखेको सर्भेमा सामेल हुन आग्रह गरे । संघ संस्थाका प्रमुखहरुले पर्यटन मन्त्री भट्टराईको नेतृत्व र पर्यटन बोर्डको अगुवाईमा विदेशी पर्यटकहरुको उद्धारमा भएको कामको प्रशंसा समेत गरेका थिए । यसले विश्वमा नेपालको बारेमा राम्रो सन्देश गएको उनीहरुको भनाइ थियो ।
०००
प्रकाशित: २०७६ चैत्र ३०
- मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा परेको असरको विषयमा पर्यटन बोर्डको समन्वय र अगुवाइमा तथ्याङ्क संकलन भइरहेको जानकारी दिँदै त्यसमा प्रभावकारी रुपमा सामेल भएर पर्यटन क्षेत्रमा परेको असरको सही तथ्याङ्क निकाल्नमा सहयोग गर्न आग्रह गरे
छलफलमा मन्त्री भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध श्रमिक तथा कर्मचारीहरुको दैनिक जीवन पायनको विषयमा विशेष ध्यान दिन आग्रह गरेका थिए । कुनै पनि श्रमिकलाई भोकै रहन नदिनको लागि आ–आफ्नो संयन्त्र र सूचनालाई प्रभावकारी बनाउन मन्त्रीको अनुरोध छ । मन्त्री भट्टराईले भने, ‘देशको जुनसुकै भू–भागमा रहेका श्रमिक तथा मजदुरहरु भोकै बस्ने अवस्था रहन दिनु हुँदैन । कही कतै समस्या भएको भए मलाई खबर गर्नुहोस् । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उहाँहरुको तत्कालै समस्या समधान गर्नुपर्छ । आफ्नो संगठनको संयन्त्र मार्फत प्रभावकारी रुपमा सूचना आदन प्रदान र समन्वयको लागि मेरो विशेष आग्रह छ ।’ मन्त्री भट्टराईले लामो समय लकडाउनको अवस्था जाने अवस्थामा श्रमिकहरुको दैनिक जीवन यापनको लागि फरक विकल्प पनि सोच्नुपर्ने बताए । उनले भने, ‘यदि लामो समय लकडाउनको अवस्थामा गयो भने त्यो अवस्थामा श्रमिकहरुको सुरक्षा कसरी गर्ने ? त्यो पनि हामी सबैले छलफल गरेर योजना तयार गरौं ।’ महामारीले असर नगर्ने गरी कुनै वैकल्पिक काममा परिचालन गर्न सकिने मन्त्री भट्टराईको भनाइ छ । उनले भने, ‘हिमाल सफाई लगायत काममा श्रमिकहरु परिचालनको विषय पनि उठेको छ, यसको सम्भावना बारेमा पनि हामीले अध्ययन गरिरहेका छौं ।’ उनले पर्यटन बोर्डलाई श्रमिकहरुको लागि आवश्यक कोष बनाउनको निम्ति तयारी थाल्न पनि निर्देशन दिए । मन्त्री भट्टराईले यो महामारी विरुद्धको लडाइँमा सबैको समन्वय र ऐक्यबद्धता जरुरी रहने भन्दै प्रभावकारी समन्वयका लागि अनुरोध गरेका छन् । मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा परेको असरको विषयमा पर्यटन बोर्डको समन्वय र अगुवाइमा तथ्याङ्क संकलन भइरहेको जानकारी दिँदै त्यसमा प्रभावकारी रुपमा सामेल भएर पर्यटन क्षेत्रमा परेको असरको सही तथ्याङ्क निकाल्नमा सहयोग गर्न आग्रह गरे । उनले महामारीबाट सुरक्षित रहनका लागि आ–आफ्ना संयन्त्रहरु मार्फत् नियमित सूचना प्रवाह र समन्वय गर्न पनि आग्रह गरे ।

डा.रेग्मीले पर्यटन क्षेत्रमा परेको असरको बिषयमा सही तथ्याङ्क नभएसम्म आगमी कार्ययोजना बनाउन समस्या हुने बताउदै बोर्डले जारी राखेको सर्भेमा सामेल हुन आग्रह गरे । संघ संस्थाका प्रमुखहरुले पर्यटन मन्त्री भट्टराईको नेतृत्व र पर्यटन बोर्डको अगुवाईमा विदेशी पर्यटकहरुको उद्धारमा भएको कामको प्रशंसा समेत गरेका थिए । यसले विश्वमा नेपालको बारेमा राम्रो सन्देश गएको उनीहरुको भनाइ थियो ।
०००
प्रकाशित: २०७६ चैत्र ३०
April 12th 2020
प्रतिक्रिया दिनुहोस्