नेपाली समय: १२:४५:४३ am
वि.सं २०८१ चैत्र ३   सोमवार

कोभिड–१९ सर्ने र मर्नेको अनुपातः दुई हप्तामा दोब्बरले फैलियोः ज्यान गुमाउने १ लाख ३७ हजार, साँढे २० लाख संक्रमित हुँदा ५ लाख घर फर्के

निर्माण सञ्चार, ४ वैशाख ०७७, एजेन्सी । विश्वमहामारी कोरोना भाइरस (कोभिड–१९) बाट विश्वमै मृत्यु हुनेको संख्या एक लाख ३७ हजार १ सय ९३ पुगेको छ ।

जबकि, कोरोना भाइरस संक्रमितको संख्या २० लाख ६९ हजार ८१९ पुगेको छ । यसमध्ये ५ लाख १७ हजार ९३१ जना संक्रमितले कोरोना माथि विजय प्राप्त गरेका छन् । अर्थात् निको भएर फर्केका छन् ।

संक्रमित र उपचार पछि फर्कनेको अनुपात हेर्दा निकै कहालीलाग्दो देखिन्छ । साँढे २० लाख भन्दा बढी संक्रमित हुँदा मात्र ५ लाख १७ हजार मानिस उपचारबाट निको भएका छन् । संक्रमणको अनुपातमा ४ गुणा कम निको भएको हो ।

दुई हप्तामा दोब्बर बढी संक्रमित ?!

विश्वमा कोरोना संक्रमणको अनुपात दिन दुगुना रात चौगुना जसरी फैलिरहेको छ । विगतका कुनै पनि महामारी यति छिटै फैलिएका थिएनन् । 

पछिल्लो दुई हप्ताको अनुपात हेर्दा संक्रमित साँढे २० लाखमध्ये १० लाख संक्रमितहरु पछिल्लो दुई हप्ता अर्थात् १३ दिनभित्रै थपिएका छन् । जबकि, गत डिसेम्बरको अन्तिम साताबाट सुरु भएको यो रोग १० लाख मानिसमा संक्रमण हुन लगभग ९४ दिन लागेको छ । 

तर, पछिल्लो दुई हप्ता अर्थात् अप्रिल महिनाको १३÷१४ दिनमा नै अर्काे दश लाखमा संक्रमण भएको आँकडा छ ।

यो तीव्र गतिमा भएको संक्रमण हेर्दा कोरोना अचाक्ली वृद्धि भएको छ । र, हतपत मानवीय नियन्त्रणमा नआउने देखिन्छ ।

यो फैलावट मुख्यगरी युरोप र अमेरिकामा तीव्र गतिमा भएको छ । संक्रमण पछि ह्वात्तै बढेको छ ।

जोन होप्किन्स विश्‍वविद्यालल कोरोना रिसोर्स सेन्टरको तथ्या‌ंक अनुसार कोरोना संक्रमित मध्ये कूल संख्याको ७८ प्रतिशत र यसबाट मृत्यु हुनेमध्ये ८६ प्रतिशत मानिस युरोप र अमेरिकाको भूगोलभित्रका रहेका छन्। 

यतिबेला अमेरिका सबभन्दा धेरै संक्रमित हुने र तीव्र गतिमा संक्रमण फैलिइरहेको देश बन्न पुगेको छ। वासिङ्टन पोस्टले जनाए अनुसार अमेरिकामा पछिल्लो २४ घन्टामा झन्डै २ हजार ५ सय बढीको मृत्यु भएको छ।

यतिबेलासम्म कोरोना संक्रमणबाट अमेरिकामा मात्रै झन्डै ३१ हजारको ज्यान गइसकेको छ । त्यसमा १० हजार न्युयोर्कबासी मात्रै रहेका छन्। 

बिहीबार साँझसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ९ सय ८५ रहेको छ। 

त्यस्तै संक्रमितको संख्या करिब ६ लाख ३९ हजार ६६४ रहेको छ । यसमध्ये ५२ हजार ७३८ जना उपचार पछि निको भएका छन्।

निको हुनेको अनुपात चीनमै बढी 

निको हुनेमा सबैभन्दा बढी चीनका संक्रमित रहेका छन्। त्यहाँ अहिलेसम्म ८२ हजार ३४१ संक्रमितमध्ये ७७ हजार ८९२ जना निको भएका छन्। 

निको हुनेभित्र जर्मनी पनि पर्दर्छ । जहाँ एक लाख ३४ हजार संक्रमितमध्ये ७२ हजार ६०० भन्दा बढी मानिस उपचार पछि घर फर्केका छन् । 

अमेरिकामा ६ लाख ४४ हजार संक्रमित भएमध्ये ५२ हजार ७०० भन्दा केही बढी मात्र उपचार पछि निको भएका छन्। 

तर, नेपालमा भने समयमै लकडाउन भएका कारण अहिलेसम्म १६ जनामा मात्र संक्रमण पुष्टि भएको अवस्था छ । १५ जना उपचारका लागि क्वारेन्टाइनमा छन् भने १ जना उपचार पछि निको भएर फर्केका छन् ।

चाँडो मात्रामा परीक्षण गर्ने हो र वडा वडाबाट विदेशबाट आएकाहरु छनोट गरेर क्वारेन्टाइनमा राखिदिने हो भने उपत्यका भित्र लकडाउन खुकुलो गर्दा पनि हुने विज्ञहरुको मत छ । 

(उपयोगी लिंकहरु)

 

 

०००
पढौं यो पनि

सनसिटी अपडेटः आरडिटी पोजेटिभ देखिएकी बुहारीको पिसिआर रिपोर्ट आयोः ‘नेगेटिभ’, कामदारहरुको पनि पिसिआर गर्ने तयारी

सनसिटी अपडेटः र्‍यापिड टेस्टमा ‘ब्लक ए’ मा बस्ने सबैको रिपोर्ट ‘नेगेटिभ’, पिसिआर टेस्टमा कस्तो होला रिपोर्ट ?

सनसिटीमा बस्दै आएका २ मा कोरोना संक्रमण पुष्टिः पाटन अस्पताल भन्छ, ‘एक जनाको रिपोर्ट आउँदै छ’

विश्वका आधा बढी मानिस घरभित्रै थुन्ने कोरोनाः स्वाइनफ्लुभन्दा १० गुणा बढी खतरनाक, खोपबिना रोक्न सकिदैनः डब्लुएचओ

चीनले तयार पार्यो कोरोनाको भ्याक्सिनः दुई खोप मानिसमाथि परीक्षण गर्न अनुमति

OOO

कोरोना महामारीबाट बच्न स्वास्थ्यमन्त्रीका ‘६–टी’ कार्यक्रमः के के हुन्, सम्बोधन सहित जस्ताको तस्तै

कैलाली र रौतहटको नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४: विश्वमा कस्तो छ अवस्था ?

कोरोना अपडेटः ‘नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन’

आयो रिपोर्टः वीर अस्पताल र पाटनमा मृत्यु हुने तिनै जनामा ‘कोरोना संक्रमण नभएको’ पुष्टि

नेपालमा कारोनाः भेटिए छैठौं कोरोना संक्रमित, उनी पनि चैत ४ कै यात्रु

नेपालमा कहाँ कहाँ हुन्छ कोरोनाको उपचार ? हेर्नुहोस् सातै प्रदेशको (सूचि सहित)

कोरोनाको पाँचौं रोगीले जन्माएको आशंकाः विदेशबाट आएका नेपालीको चरम लापरबाही, रोग बोक्दै गुपचुप भाग्ने कि चेकजाँच गराउन थाल्ने ?

 

 



प्रकाशित: २०७७ बैशाख ४
April 16th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार