नकेपा नेतालाई युवाहरुको खुला पत्रः मदन र मनमोहनपछि कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने र देशकै पहिलो शक्ति बनाउने नेता ओली, के कारणले अनुचित ?
- अर्काे आमनिर्वाचन अगावै प्रधानमन्त्री हटाएर जनताले के भन्लान् भन्ने पनि छैन तपाईहरुलाई ! संसदीय लोकतन्त्र, त्यसमा पनि सुधारिएको लोकतन्त्रको विधि यही हो ? कतै विधिकै कुरा गरेर हामी विधि र पद्धति ध्वस्त गर्दै भावी सन्ततीको भाग्यमाथि धावा बोलिरहेका त छैनौं ?
- शीर्ष नेतागण, हामी धेरै शब्द बोलेर यहाँहरुलाई लज्जित गारउने पक्षमा छैनौं । तर, हामी र भोलीका हाम्रा सन्ततिहरुले यस्तो उचाइमा रफ्तारमा काम गरिरहेको सरकार ढालेको भनेर तपाईहरुको मुखका कालो पोतिएको मुहारको तस्वीर घर भित्र राखेर माक्र्स, एङ्गेल्स, पुष्पलाल र मदन–मनमोहनको तस्वीरलाई जसरी फूलमाला चढाउन सक्लान् र ?
कम्युनिस्ट पार्टीको विगतः लोकप्रिय हुँदै, फुट्दै गरेको पनि छ
कतिपयले नेकपालाई घिउ नपचेको जस्ता टिप्पणी गरिरहेका छन् । नेकपा विकासको उचारचढाव हेर्दा ०५१ साल पछि ०५४ सालमा लोकप्रिय बनेको पार्टी फुट्न पुग्नु, त्यसपछि सशस्त्र द्वन्द्वपछि शान्तिपूर्ण बाटोमा आएको तत्कालीन माओवादी पनि ०६४ ताका सरकारमा टिक्न नसकेर कटुवाल प्रकरण हुँदै सत्ताच्युत हुनु र पार्टी फुट्नु, पहिलो संविधान सभा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भटट्राईले विघटन गर्नु, त्यसपछि पछिल्लो ९ महिने सरकार बनाउन साथ दिएको तत्कालीन माओवादीले काँग्रेससँग साँठगाँठ गर्दै नेकपा एमाले नेतृत्वको ओली सरकार ढालिदिनु र अहिले दुई तिहाइ नजिकको शक्ति बनेर लोकप्रिय सरकार बनेको दक्षिण एसियाकै शक्तिशाली कम्युनिस्ट सरकार रहेको यसबेलामा फेरि सरकार ढाल्ने खेती हुन थालेपछि विपक्षी आलोचकहरु ‘कम्युनिस्टेहरुलाई पनि घिउ नपच्ने रहेछ’ जस्ता टीकाटिप्पणी गर्न व्यस्त छन् ।पूर्वप्रधानमन्त्रीहरुमा कस्तो भूत सवार भएको होला ?
मनमोहनका पालामा त प्रतिपक्षी दलले अल्पमतको सरकारलाई ढालिदियो ।- आफ्नै पार्टीभित्र अल्पमत र बहुमतको यो खेललाई हेरेर तत्कालीन पुरानो बहुदलीय व्यवस्था भन्दा पनि खराब नतिजाका रुपमा यो व्यवस्थामाथि आलोचना बढ्न थालेको छ एकातिर भने अर्काेतिर कम्तीमा ५ वर्ष स्थायित्व दिने, स्थिर सरकार दिने र देशलाई विकास र समृद्धि दिने भनेर जनतासँग भोट मागेर आएका नेकपा नेता र सांसदहरुलाई सामाजिक सञ्जालदेखि बाटोघाटोमा समेत सर्वसाधारणले गिज्याउन थालेको अवस्था छ
- पार्टी एकता नटुंगिदै, एकताको २ वर्ष पूरा नहुँदै फुट्ने हो कि जस्तो गरी सघन द्वन्द्व सतहमा आएपछि नेकपाबारे यतिबेले विभिन्न टिकाटिप्पणी भइरहेका छन् । यो द्वन्द्व भारतीय खुफिया एजेन्सीको योजनामा लागेर यस्तो टकरावपूर्ण बन्दै गएको पनि एकथरीको टिप्पणी छ । नत्र प्रधानमन्त्रीले विभिन्न विकल्प दिँदा पनि सहमतिमा नआउनुलाई मानिसहरुले आश्चर्यका रुपमा हेर्न थालेका छन्
- त्यसमा पनि पहिले नै पार्टी चलाइसकेका परिपक्व भनिएका पूर्व प्रधानमन्त्रीहरु नै यो धन्दामा लाग्नुले ‘स्वार्थहरुको गोटी’ बनेको आरोप लागिरहेको छ एकातिर भने अर्काेतिर ओली सरकारले कडाइपूर्वक कर असुली गरेको र सेयर मार्केट आदिजस्ता कालोधनको खेल हुने विभिन्न स्थानहरु थुनेपछि रन्थनिएका ठूला माफियाहरुको योजनामा लागेर ओली सरकारको पासा पल्टाउने खेलमा पूर्वप्रधानमन्त्रीहरु प्रयोग भइरहेको समेत टिप्पणी सुरु भएका छन्
के भन्छ तथ्यलेः जसले ओलीको मात्र नभई पार्टीकै उचाइ सबैभन्दा माथि पुग्यो !
यस शीर्षकमा टेकेर हामी नेकपाका सबै नेता कार्यकर्ताहरुलाई भन्न चाहन्छौं, यी तथ्यहरु नै सत्य हुन्, यसकारण ओलीकै नेतृत्वमा समृद्धिको यात्रा उचाइमा पुराउन आवश्यक छ । पूर्व माओवादी कामरेडहरू यसरी पनि हेरौं, आफ्नो छाती अलि फरकिलो बनाऔंचुनावी तालमेल पछि र अघिको अवस्थाः एक विश्लेषण
१. २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एकाध पालिकालाई छोडेर देशव्यापी रूपमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल र समीकरण भएको थियो । त्यतिबेला ‘माओवादी–काँग्रेस मिलिन्छ, एमालेलाई निलिन्छ’ भन्ने नाराको दुन्दुभि खुब बजेको थियो । यद्यपि एमाले (२९४–मेयर र अध्यक्ष, ३३१ उपमेयर–उपाध्यक्ष, २५६०–वडा अध्यक्ष र १०९१२–वडा सदस्य गरी जम्मा १४ हजार ९७ सिट सहित पहिलो पार्टी भएको थियो ।- डाटामा हेर्ने कि भुस तिघ्रा ठटाएर चर्काे स्वर गर्ने ? तथ्य बाहिर गएर घमण्ड गरेर अर्थ के हुन्छ ? को बलियो र को निर्धोको निर्थक बहस बन्द गर्ने बेलामा अझै पुरानै धङधङीबाट किन माथि नउठ्ने ? परिणाम स्वीकार गर्न तयार नहुने साबिक माओवादी केन्द्रको बानी हो भने ठिकै छ,अझै भाले जुधाएर आफू मजा लिइनै रहनोस्
चितवनमा मतपत्र च्यात्ने तमाम नाङ्गो नाँच नाच्दा पनि माओवादी केन्द्र दूधले नुहाएकी सतीझैं ठानियो । सत्ता र शक्ति अनि निर्वाचन आयोगकै कतिसम्म दुरुपयोग गरिएको थियो, मित्रहरुलाई थाह नभएपनि यो दुनियाँलाई भने अहिलेपनि चलचित्रझैं पर्दामा नाचिरहेका छन् ती घटना । २. २०७४ असोजमा, नेपालको दुइ ठूला कम्युनिष्ट पार्टी तत्कालीन एमाले र माओवादी केन्द्रबीच प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनमा तालमेलको कुरा आयो । निर्वाचन पछि पार्टी एकीकरण गर्ने सहमति भयो । जसअन्तर्गत प्रत्यक्षतर्फको १६५ सिटमध्ये १०३ सिटमा तत्कालीन एमाले र ५९ सिटमा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गर्यो । उक्त निर्वाचन (प्रतिनिधिसभा) मा प्रत्यक्ष तर्फ एमालेले ८० सिट जित्यो भने माओवादी केन्द्रले ३६ सिटमा जित हासिल गर्यो । समानुपातिक तर्फ एमालेले ३१ लाख ७३ हजार (३३.२५) प्रतिशत मत ल्याएर नेपालकै सर्वाधिक लोकप्रिय पहिलो पार्टी बन्यो । काँग्रेस दोस्रो दल आज प्रमुख प्रतिपक्षी छ । तर, माओवादी केन्द्रले १३ लाख ३ हजार (१५.३ प्रतिशत मत ल्याई तेस्रो पार्टी बन्यो । उम्मेदवारी दर्ता गरेको कुल सिटमध्ये एमालेले ७७.६ प्रतिशत स्थानमा जित दर्ता गरायो भने माओवादी केन्द्रले ६१ स्थानमा ।
- बहुदलीय प्रतिस्पर्धाबाट पनि कम्युनिस्ट पार्टीहरु लोकप्रिय मत सहित शक्तिशाली सरकार गठन गर्न सक्छन् भन्ने जननेता स्व. मदन भण्डारीको वैचारिक कार्यदिशाबाट अघि बढ्दै बढ्दै आज सशस्त्र संघर्षमा गएका मित्रहरु पनि उनै मदनको विचारको मियोले आर्जन गरेको उचाइमा चढेर आफू सबैभन्दा ठूलो भएको धक्कू लगाइरहेका छन्
साबिक एमालेजनमा अनुरोध
१. विश्वमा हाल अस्तित्वमा रहेका कुल १९५ देशमध्ये जम्मा पाँच वटा देशमा मात्रै साम्यवादी शासन (कम्युनिज्म) रहेको अवगतै होला । ती देशहरुमा क्युवा, लाओस, उत्तर कोरिया, भियतनाम र चीन हुन् । सोभियत संघ (सन् १९२२–१९९१) अवधिमा ढल्यो । जसले विश्वको छ्यालिस (४६) वटा देशमा फैलिएको साम्यवादी सत्ता सञ्चालन गरेको थियो । त्यो ढल्नुमा पुँजीवादी साम्राज्यवादीहरूको षड्यन्त्र, तिकडम र दुष्प्रचार मुख्य कारण थियो भनियो तर, आन्तरिक कारणलाई ढाकछोप गर्ने गर्दा कम्युनिस्ट पार्टीहरु एकात्मक र एकदलीय मात्रै भए र सत्ता चलाउनै सक्तैन भन्ने जस्तो कुप्रचार पनि गरियो । तर, बहुदलीय प्रतिस्पर्धाबाट पनि कम्युनिस्ट पार्टीहरु लोकप्रिय मत सहित शक्तिशाली सरकार गठन गर्न सक्छन् भन्ने जननेता स्व. भण्डारीको वैचारिक कार्यदिशाबाट अघि बढ्दै बढ्दै आज सशस्त्र संघर्षमा गएका मित्रहरु पनि उनै मदन भण्डारीको विचारको मियोले आर्जन गरेको उचाइमा चढेर आफू सबैभन्दा ठूलो भएको धक्कू लगाइरहेका छन् । तत्कालीन सोभियत सत्ता स्वयम् कम्युनिष्ट पार्टीभित्रको आपसी बेमेल, गुटफुटवाद र जनाकांक्षाको यथोचित सम्बोधन तर्फ ध्यान नहुँदा (जस्तो आज हामीकहाँ भइरहेको छ) जस्ता कारणले पत्तासाफ भयो । लेनिनले त्यत्रो क्रान्ति गरेर ल्याएको सत्ता एउटा बन्दुक पनि नपड्काई ढल्यो ।
यसबाट हामीले के पाठ सिक्ने, कस्तो पाठ सिक्ने कमरेडहरु ?
तपाईंहरु प्रशिक्षण र भाषणमा यसबाट पाठ सिक्नु पर्ने त बताइरहनु हुन्छ, तर तपाईहरुको बोली र व्यवहार कहिलै त्यो अनुरुपको पाउन सकिएको छैन । पद र प्रतिष्ठाका लागि माफियागिरीसँग साँठ गाँठ गरेर भनेपनि सरकार गिराउन हातै धोएर लाग्नु हुन्छ ।
अब भन्नुहोस्, तपाईहरु जस्ताको पछि लागेर हामीले कस्तो लोकतन्त्रको अनुभूति गर्न पाउँला ?
२. समकालीन विश्वमा, निर्वाचनमा भाग लिएर, जनअनुमोदित भएर कम्युनिष्ट पार्टीले शासनसत्ता संचालन गरिरहेका देशहरू जम्मा ३ वटा देश छन् । तिनमा नेपाल, गुयना र माल्डोभा छन् ।
- तपाईहरुको बलबुद्धि कुबुद्धि लागेर घरभित्रै लडाइँ र झगडातिर लागिरहेको देखिन्छ भने बरु वृद्ध प्रधानमन्त्री ओली भने ट्वाउँ ट्वाउँ कराए पनि मुलुकप्रति बढी चिन्तित देखिन्छन् । तपाईहरु भन्दा हरेक मानेमा उनी देशभक्त र देशप्रति चिन्तित सिद्ध भएका छन् । के यही भएर तपाईहरुलाई निदहराम भएको हो ?
मार्क्सवादको यो वस्तुनिष्ठतालाई बुझ्ने कि नबुझ्ने ?
३ नेपालमा कम्युनिष्ट पार्टीको बढ्दो लोकप्रियताबाट देशबाहिरको साम्राज्यवादी पुँजीवादी शक्तिहरू खुशी होलान् ? कालकोठरीभित्र षड्यन्त्रको तानाबाना बुन्दै होलान् वा हाम्रो दीर्घ जीवनको कामना गर्दै धूपबत्ती बाल्दै होलान् ? समृद्ध र स्वाभिमानी नेपाल उनीहरूलाई सह्य र पाच्य होला र ? ४ देशभित्रका गैरकम्युनिष्ट शक्ति, पुँजीवादी र दलालहरू हाम्रो उँभो गति मति चाहन्छन् वा उदो गति मति चाहन्छन् कम्युनिस्टहरुको ? कम्युनिष्ट पार्टीहरूलाई एकार्कामा भिडाएर दशकौंदेखि राज गरेका वा गर्न पल्केकाहरू शान्त छन् वा गौँडा ढुकेर बसेका छन् ? ख्याल छ ? ५ नेपालको कर्पोरेट मिडिया हाउस (जसमा प्रायशः गैरकम्युनिष्ट, पुँजीवादी र व्यापारिक घरानाको लगानी छ) देखि घरघरमा उत्पादित र स्वप्रशिक्षित ‘पत्रकार’ को झोले अनलाइनले हाम्रो पार्टी र सरकारको बारेमा निरन्तर गरिरहेको प्रहार स्वाभाविक छन् या छैनन् ? वा निर्देशित छन् कि !- अब प्रचण्ड वा माधव कमरेड जसले नेतृत्व गरेपनि यो पार्टीलाई त्यही उचाइ दिलाउन सक्नु हुने छ कि छैन भनेर महाधिवेशनको हलमा कार्यकर्ताहरुले सोध्नै नपाई, अर्को आम निर्वाचनमा जनताहरुले सोध्न पाउने सार्वभौम अधिकार पनि छिनालेर तपाईहरुलाई आजै अध्यक्ष र प्रधानमन्त्री पद चाहिएको कृतघ्न गठजोड देख्दा त ‘दालमे कुछ काला है’ भन्ने आशंकालाई बल दिएको छैन र ?
यी प्रश्नको दिनुहोस् जवाफ प्रिय शीर्ष नेतागण ?
अब प्रचण्ड वा माधव कमरेड जसले नेतृत्व गरेपनि यो पार्टीलाई त्यही उचाइ दिलाउन सक्नु हुने छ कि छैन भनेर महाधिवेशनको हलमा कार्यकर्ताहरुले सोध्नै नपाई, अर्काे आम निर्वाचनमा जनताहरुले सोध्नै नपाई तपाईहरुलाई आजै अध्यक्ष र प्रधानमन्त्री पद चाहिएको कृतघ्न लिँडेढिपि देख्दा त ‘दालमे कुछ काला है’ भन्ने आशंकालाई बल दिएको छैन र ? तपाईहरुको लोकतन्त्र कस्तो तन्त्र हो ? दक्षिणपन्थी राजामहाराजहरुको जस्तो ? कमल थापाको पार्टीमा पनि तपाईहरुले बसाल्न खोजेको प्रथा सायद आजका दिनमा स्वीकार्य हुँदैन भने राजतन्त्र समेत निर्मूल पार्ने नेतृत्व गरेको आजको युवा पुस्ता तपाईहरुको यो अराजकता देखेर खुशी हुन्छौं कि दुखी हुन्छौं होला ? आजका दिनमा– यदि जनताको बहुदलीय जनवादले भने अनुसार पनि– तपाईहरु त सर्वहारा श्रमजीवी नेपाली जनताको धेरै भन्दा धेरै कल्याण कसरी गर्न सकिन्छ, सरकार अझै लोकप्रिय बनाएर अझै नयाँ उचाइ कसरी दिन सकिन्छ, प्रतिस्पर्धाबाट श्रेष्ठताको दौडमा कसरी दशकौंसम्म आउने पुस्ताहरुले समेत गर्व गर्नलायक विचार र उत्कृष्ट प्रयोगहरु गर्न सकिन्छ भनेर पार्टी, जनसंगठन र मुलुक हाँक्नु पर्ने हैन र तपाईहरुले ? तर, दुखका साथ भन्नु पर्छ तपाईहरुले गरेको छद्म युद्ध कोहीद्वारा प्रेरित त छ नै र, बार्गेनिङका तपाईहरुका शैली हेर्दा कुत्ताहरुले गरेको हड्डी युद्धभन्दा फरक पनि देखिन सकेको छैन ! अब हामी जस्ता युवाहरु, जो आसन्न केही महिनामै खाडी छाडेर नेपालमै फर्कनु पर्ने सँघारमा छौं, त्यो दश लाख युवाहरुलाई आवश्यक रोजगार दिन सकिएन, व्यवस्थापन गर्न सकिएन भने तपाईहरुले दुई–अढाइ वर्षमा भागबण्डा गर्दै चलाएको सत्तारुपी स्वर्गमाथि ती युवाहरुले राँको झोस्ने छैनन् ? के सोच्नु भएको छ ?- राजा महेन्द्रले चिताएको तर आफ्नो वंशभरि राजतन्त्रले पनि फत्ते गर्न नसकेको चीन नेपाल पारवाहन सम्झौता र भारतसँग १९५० को सन्धि पुनरावलोकनका लागि लिएको कदम नेपाली जनताका भावी सन्तालने गुनगान गाएर नसिकने योगदान हैन र ? के त्यही कुरा तपाईहरुलाई पनि नपचेको हो ?
पार्टी एकताका तमाम कार्यभार पुरा गरेर अबको विचार के हुने, संगठन कस्तो हुने भन्नेमा तपाईहरु चिन्तित हुन भएको त देखिदैन ? बरु ओली, सरकारको नेतृत्व गरेर मुलुकलाई कसरी आत्मनिर्भर अर्थतन्त्र भएको स्वाभिमान नेपाल बनाउन सकिन्छ भनेर यो जीर्ण शरीर बोकेर लडिबडि गरिरहेका छैनन् र ?
तपाईहरुको बलबुद्धि कुबुद्धि लागेर घरभित्रै लडाइँ र झगडातिर लागिरहेको देखिन्छ भने बरु वृद्ध प्रधानमन्त्री ओली भने ट्वाउँ ट्वाउँ कराए पनि मुलुकप्रति बढी चिन्तित देखिन्छन् । तपाईहरु भन्दा हरेक मानेमा उनी देशभक्त र देशप्रति चिन्तित सिद्ध भएका छन् ।
के यही भएर तपाईहरुलाई निदहराम भएको हो ?
राजा महेन्द्रले चिताएको तर आफ्नो वंशभरि राजतन्त्रले पनि फत्ते गर्न नसकेको चीन नेपाल पारवाहन सम्झौता र भारतसँग १९५० को सन्धि पुनरावलोकनका लागि लिएको कदम नेपाली जनताका भावी सन्तालने गुनगान गाएर नसिकने योगदान हैन र ?
के त्यही कुरा तपाईहरुलाई पनि नपचेको हो ?
त्यसैले प्रिय शीर्ष नेतागण, हामी धेरै शब्द बोलेर यहाँहरुलाई लज्जित गारउने पक्षमा छैनौं । तर, हामी र भोलीका हाम्रा सन्ततिहरुले यस्तो उचाइमा रफ्तारमा काम गरिरहेको सरकार ढालेको भनेर तपाईहरुको मुखका कालो पोतिएको मुहारको तस्वीर घर भित्र राखेर माक्र्स, एङ्गेल्स, पुष्पलाल र मदन–मनमोहनको तस्वीरलाई जसरी फूलमाला चढाउन सक्लान् र ?
अतः देशभित्र र देशबाहिरको, पार्टीभित्र र पार्टी बाहिरको षड्यन्त्र र जालझेल बुझौं । चिनौं । एकताबद्ध भएर परास्त गरौं । दशकौंदेखिको रक्तिम बलिदानद्वारा प्राप्त युगीन अभिभारा पुरा गर्नबाट नचुकौं । .......
(लेखकद्वय नवराज खतिवडा र सन्तोषराना क्षेत्री धादिङ र सिन्धुपाल्चोक स्थायी निवासी हुन्)
०००
प्रकाशित: २०७७ बैशाख १९
May 1st 2020
प्रतिक्रिया दिनुहोस्