नेपाली समय: ०९:१३:४५ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

नकेपा नेतालाई युवाहरुको खुला पत्रः मदन र मनमोहनपछि कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने र देशकै पहिलो शक्ति बनाउने नेता ओली, के कारणले अनुचित ?

  • अर्काे आमनिर्वाचन अगावै प्रधानमन्त्री हटाएर जनताले के भन्लान् भन्ने पनि छैन तपाईहरुलाई ! संसदीय लोकतन्त्र, त्यसमा पनि सुधारिएको लोकतन्त्रको विधि यही हो ? कतै विधिकै कुरा गरेर हामी विधि र पद्धति ध्वस्त गर्दै भावी सन्ततीको भाग्यमाथि धावा बोलिरहेका त छैनौं ?
निर्माण सञ्चार, १९ वैशाख। 

आरम्भ 

विधिको कुरा गर्दै विधि विपरीत अर्काे निर्वाचन नआउँदै जननिर्वाचित प्रधानमन्त्रीलाई हटाउने खेलमा आफ्नै पार्टी भित्रका पूर्व चार प्रधानमन्त्रीहरु लागेपछि यतिबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर द्वन्द्वबाट अघि बढिरहेको छ । यो आश्चर्यलाग्दो गरी एकाएक चुलिएको द्वन्द्व कृत्रिम हो कि साँच्चिकै विचार, कार्यक्रम र मुलुक बनाउने संघर्ष हो ? अथवा व्यक्तिगत लालसा, स्वार्थ र केही तत्वहरु प्रेरित घटना हो भन्नेबारे यतिबेला बहसहरु चल्न थालेका छन् । 

हामीले पनि ‘कुल’ भएर यसबारे केही ऐतिहासिक सन्दर्भ सहित घटनामाथि विश्लेषण गर्न जरुरी छ ।

  • शीर्ष नेतागण, हामी धेरै शब्द बोलेर यहाँहरुलाई लज्जित गारउने पक्षमा छैनौं । तर, हामी र भोलीका हाम्रा सन्ततिहरुले यस्तो उचाइमा रफ्तारमा काम गरिरहेको सरकार ढालेको भनेर तपाईहरुको मुखका कालो पोतिएको मुहारको तस्वीर घर भित्र राखेर माक्र्स, एङ्गेल्स, पुष्पलाल र मदन–मनमोहनको तस्वीरलाई जसरी फूलमाला चढाउन सक्लान् र ?
आफ्नै पार्टीभित्र अल्पमत र बहुमतको यो खेललाई हेरेर तत्कालीन नेपाली काँग्रेसले चलाएको पुरानो बहुदलीय व्यवस्था भन्दा पनि खराब नतिजाका रुपमा यो व्यवस्थामाथि आलोचना बढ्न थालेको छ एकातिर भने अर्काेतिर कम्तीमा ५ वर्ष स्थायित्व दिने, स्थिर सरकार दिने र देशलाई विकास र समृद्धि दिने भनेर जनतासँग भोट मागेर आएका नेकपा नेता र सांसदहरुलाई सामाजिक सञ्जालदेखि बाटोघाटोमा समेत सर्वसाधारणले गिज्याउन थालेको अवस्था छ ।

पार्टी एकता नटुंगिदै, एकताको २ वर्ष पूरा नहुँदै फुट्ने हो कि जस्तो गरी सघन द्वन्द्व सतहमा आएपछि नेकपाबारे यतिबेला विभिन्न टिकाटिप्पणी भइरहेका छन् । यो द्वन्द्व भारतीय खुफिया एजेन्सीको योजनामा लागेर यस्तो टकरावपूर्ण बन्दै गएको पनि एकथरीको टिप्पणी छ । नत्र प्रधानमन्त्रीले विभिन्न विकल्प दिँदा पनि सहमतिमा नआउनुलाई मानिसहरुले आश्चर्यका रुपमा हेर्न थालेका छन् ।

यो परिघटनाले २०५१ सालमा पहिलो पटक कम्युनिस्ट पार्टीको एकल सरकार बनाउन सफल मनमोहन अधिकारीको सरकार ढाल्दा बखतको ‘सिनारियो’ पटाक्षेप भएको पनि भन्न थालिएको छ भने कतिपयले ‘सतीले सरापेको देश’को चर्चा गर्दै तत्कालीन नेपाल एकीकरणका बेला भीमसेन थापालाई सत्ताबाट गलहत्याइएको दृष्टान्त समेत अगाडि नाँच्न थालेको आलोचना गरिरहेका छन् । 

कम्युनिस्ट पार्टीको विगतः लोकप्रिय हुँदै, फुट्दै गरेको पनि छ

कतिपयले नेकपालाई घिउ नपचेको जस्ता टिप्पणी गरिरहेका छन् ।

नेकपा विकासको उचारचढाव हेर्दा ०५१ साल पछि ०५४ सालमा लोकप्रिय बनेको पार्टी फुट्न पुग्नु, त्यसपछि सशस्त्र द्वन्द्वपछि शान्तिपूर्ण बाटोमा आएको तत्कालीन माओवादी पनि ०६४ ताका सरकारमा टिक्न नसकेर कटुवाल प्रकरण हुँदै सत्ताच्युत हुनु र पार्टी फुट्नु, पहिलो संविधान सभा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भटट्राईले विघटन गर्नु, त्यसपछि पछिल्लो ९ महिने सरकार बनाउन साथ दिएको तत्कालीन माओवादीले काँग्रेससँग साँठगाँठ गर्दै नेकपा एमाले नेतृत्वको ओली सरकार ढालिदिनु र अहिले दुई तिहाइ नजिकको शक्ति बनेर लोकप्रिय सरकार बनेको दक्षिण एसियाकै शक्तिशाली कम्युनिस्ट सरकार रहेको यसबेलामा फेरि सरकार ढाल्ने खेती हुन थालेपछि विपक्षी आलोचकहरु ‘कम्युनिस्टेहरुलाई पनि घिउ नपच्ने रहेछ’ जस्ता टीकाटिप्पणी गर्न व्यस्त छन् ।

पूर्वप्रधानमन्त्रीहरुमा कस्तो भूत सवार भएको होला ?

मनमोहनका पालामा त प्रतिपक्षी दलले अल्पमतको सरकारलाई ढालिदियो ।

  • आफ्नै पार्टीभित्र अल्पमत र बहुमतको यो खेललाई हेरेर तत्कालीन पुरानो बहुदलीय व्यवस्था भन्दा पनि खराब नतिजाका रुपमा यो व्यवस्थामाथि आलोचना बढ्न थालेको छ एकातिर भने अर्काेतिर कम्तीमा ५ वर्ष स्थायित्व दिने, स्थिर सरकार दिने र देशलाई विकास र समृद्धि दिने भनेर जनतासँग भोट मागेर आएका नेकपा नेता र सांसदहरुलाई सामाजिक सञ्जालदेखि बाटोघाटोमा समेत सर्वसाधारणले गिज्याउन थालेको अवस्था छ
तर, यतिबेला आफ्नै दल, त्यसमा पनि पहिले नै पार्टी चलाइसकेका परिपक्व भनिएका पूर्व प्रधानमन्त्रीहरु नै यो धन्दामा लाग्नुले ‘स्वार्थहरुको गोटी’ बनेको आरोप लागिरहेको छ एकातिर भने अर्कोतिर ओली सरकारले कडाइपूर्वक कर असुली र सेयर मार्केट जस्ता ठाउँमा लगाएको अनुशासन बोझ भएको ठान्दै आएका ठूला माफियाहरुको योजनामा लागेर ओली सरकारको पासा पल्टाउने खेलमा पूर्वप्रधानमन्त्रीहरु प्रयोग भइरहेको समेत टिप्पणी सुरु भएको छ।

अर्काेतिर ओली सरकारले देशैभर माफियाको जालो तोडदै सरकारी जग्गा हडप्नेहरुलाई धमाधम कारबाही समेत अघि बढाएको नपचेकाहरुले पनि ओलीको विकल्पका लागि मलजल गरिरहेको तथ्य बाहिर आएको छ ।

यस सन्दर्भमा ऐतिहासिक र भौतिकवादी व्याख्या गर्न माहिर भनिएका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आफ्ना कार्यकर्ताहरुको पनि ‘पुकार’ सुन्न तयार देखिएका छैनन् । 

विश्वमहामारी कोरोना विरुद्ध सफतापूर्वक लडिरहेको सरकार, विभिन्न योजना, कार्यक्रम मार्फत् मुलुकलाई आत्मनिर्भर बनाउने दिशा पक्रिसकेको सरकार विरुद्ध आफ्नै पार्टीका त्यो पनि शीर्ष नेता किन यति निर्लज्ज तरिकाले मुठभिडमा उत्रिएका होलान् भन्ने सबैका मनमा लागिरहेको छ ।

यस्तो परिस्थिति, जुन नेपालले भोगिरहेको छ असाधारण छ । भूकम्प पछिको करिब ६ महिना लामो नाकाबन्दी व्यहोर्दै आफ्नो संविधान आफैले बनाएर आएका नेता ओली यतिबेला पनि केही अनुदारहरुका लागि नरुचाइएका अनुहार हुन् । 

  • पार्टी एकता नटुंगिदै, एकताको २ वर्ष पूरा नहुँदै फुट्ने हो कि जस्तो गरी सघन द्वन्द्व सतहमा आएपछि नेकपाबारे यतिबेले विभिन्न टिकाटिप्पणी भइरहेका छन् । यो द्वन्द्व भारतीय खुफिया एजेन्सीको योजनामा लागेर यस्तो टकरावपूर्ण बन्दै गएको पनि एकथरीको टिप्पणी छ । नत्र प्रधानमन्त्रीले विभिन्न विकल्प दिँदा पनि सहमतिमा नआउनुलाई मानिसहरुले आश्चर्यका रुपमा हेर्न थालेका छन्
यसका साथै, स्वयम् ओलीको राजनेताका रुपमा भएको विकास हेर्दा विगत एक दशक नै नभई ह्वात्तै बढेको लोकप्रियता र पार्टी भित्र उनको पकड प्रति समकक्षी नेताहरुको हिन मनोभावनाले ग्रस्त मनोविज्ञान सम्मलाई यो द्वन्द्वको समुच्चयका रुपमा हेरिन पर्छ । जहाँ कहिँकतै कमरेड ओलीबाट पनि कार्यशैलीगत त्रुटि भएका वा छुचो बोलीका कारण मन बिझेका जस्ता कुराहरु समेत (झिनामसिना कुरा पनि पहाड बनाइएको) यतिबेला ओली भन्दा फकर खेमाबन्दीका नेताहरुको तर्क बन्ने गएको देखिन्छ ।

यसलाई एक ऐतिहासिक वस्तुगत आधारमा उभिएर हेर्नु पर्ने घडीमा हामी अर्थात् नेकपाका सच्चा कार्यकर्ता र शुभचिन्तकहरुको काँधमा इतिहासले गम्भीर मोडमा उभ्याइदिएको छ । 

यद्यपि कसैको आलोचना भन्दा पनि ठोस समस्या पहिचान गरी ठोस समाधान दिनु आजको आवश्यकता हो । तैपनि, सतहमा एउटाका विरुद्ध चारचार पक्षहरु एकगठ भएर घाँटी अचेटिएको यो अवस्थालाई कसरी न्यायिक भन्ने ? कुराले कुनै पनि लोकतन्त्र प्रेमी सच्चा राष्ट्रभक्तको रगत उम्लने अवस्था छ । अन्यायपूर्ण अवस्था देखिन्छ । 

  • त्यसमा पनि पहिले नै पार्टी चलाइसकेका परिपक्व भनिएका पूर्व प्रधानमन्त्रीहरु नै यो धन्दामा लाग्नुले ‘स्वार्थहरुको गोटी’ बनेको आरोप लागिरहेको छ एकातिर भने अर्काेतिर ओली सरकारले कडाइपूर्वक कर असुली गरेको र सेयर मार्केट आदिजस्ता कालोधनको खेल हुने विभिन्न स्थानहरु थुनेपछि रन्थनिएका ठूला माफियाहरुको योजनामा लागेर ओली सरकारको पासा पल्टाउने खेलमा पूर्वप्रधानमन्त्रीहरु प्रयोग भइरहेको समेत टिप्पणी सुरु भएका छन्
साना राष्ट्रको पनि सार्वभौम सत्ता सानो नहुने भन्दै राष्ट्रवादी उचाइ लिएका नेता ओलीको अवसान कथंकदाचित भयो भने, यस पछिको नेपालमा राष्ट्रवादी सच्चा दिल मरेर ठूलो जनपंक्ति पलायन हुने निश्चित छ । यसले मुलुक अन्त्यहीन द्वन्द्वमा नफस्ला पनि भन्न सकिन्न ।

पार्टीकै एकता बलियो बनाउनका लागि यस्ता समस्यालाई मसिनु गरी निक्र्यौल गर्न आवश्यक देखिन्छ । यस सन्दर्भमा हामी दुई युवाहरुले विभिन्न सन्दर्भलाई यहाँ पस्केका छौं । कृपया यसलाई मर्मसात गरिदिनुहुन पनि अनुरोध गर्दछौं ।

के भन्छ तथ्यलेः जसले ओलीको मात्र नभई पार्टीकै उचाइ सबैभन्दा माथि पुग्यो !

यस शीर्षकमा टेकेर हामी नेकपाका सबै नेता कार्यकर्ताहरुलाई भन्न चाहन्छौं, यी तथ्यहरु नै सत्य हुन्, यसकारण ओलीकै नेतृत्वमा समृद्धिको यात्रा उचाइमा पुराउन आवश्यक छ ।

पूर्व माओवादी कामरेडहरू यसरी पनि हेरौं, आफ्नो छाती अलि फरकिलो बनाऔं

चुनावी तालमेल पछि र अघिको अवस्थाः एक विश्लेषण

१. २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एकाध पालिकालाई छोडेर देशव्यापी रूपमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल र समीकरण भएको थियो । 

त्यतिबेला ‘माओवादी–काँग्रेस मिलिन्छ, एमालेलाई निलिन्छ’ भन्ने नाराको दुन्दुभि खुब बजेको थियो । यद्यपि एमाले (२९४–मेयर र अध्यक्ष, ३३१ उपमेयर–उपाध्यक्ष, २५६०–वडा अध्यक्ष र १०९१२–वडा सदस्य गरी जम्मा १४ हजार ९७ सिट सहित पहिलो पार्टी भएको थियो ।

  • डाटामा हेर्ने कि भुस तिघ्रा ठटाएर चर्काे स्वर गर्ने ? तथ्य बाहिर गएर घमण्ड गरेर अर्थ के हुन्छ ? को बलियो र को निर्धोको निर्थक बहस बन्द गर्ने बेलामा अझै पुरानै धङधङीबाट किन माथि नउठ्ने ? परिणाम स्वीकार गर्न तयार नहुने साबिक माओवादी केन्द्रको बानी हो भने ठिकै छ,अझै भाले जुधाएर आफू मजा लिइनै रहनोस्
प्रिय साबिक माओवादी मित्रहरु, त्यतिबेला माकेको सिटले के बताउँछ त्यो पनि हेरौं । तत्कालीन माओवादी केन्द्र १०६– मेयर र अध्यक्ष, १११ उपमेयर र उपाध्यक्ष, ११०२– वडा अध्यक्ष र ४१२३– वडा सदस्य गरि जम्मा ५ हजार ४ सय ४२ सिट सहित तेस्रो पार्टी बनेको थियो । 

क्रान्तिकारीु कामरेडहरूको स्वयंलाई ‘आतंककारी’ घोषणा गर्ने गैरकम्युनिष्ट पार्टीको रुख चिन्हमा भोट हाल्दा नैतिकता स्खलित भएन । तथापि एमाले निलिएन ।
चितवनमा मतपत्र च्यात्ने तमाम नाङ्गो नाँच नाच्दा पनि माओवादी केन्द्र दूधले नुहाएकी सतीझैं ठानियो । सत्ता र शक्ति अनि निर्वाचन आयोगकै कतिसम्म दुरुपयोग गरिएको थियो, मित्रहरुलाई थाह नभएपनि यो दुनियाँलाई भने अहिलेपनि चलचित्रझैं पर्दामा नाचिरहेका छन् ती घटना ।

२. २०७४ असोजमा, नेपालको दुइ ठूला कम्युनिष्ट पार्टी तत्कालीन एमाले र माओवादी केन्द्रबीच प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनमा तालमेलको कुरा आयो । निर्वाचन पछि पार्टी एकीकरण गर्ने सहमति भयो । जसअन्तर्गत प्रत्यक्षतर्फको १६५ सिटमध्ये १०३ सिटमा तत्कालीन एमाले र ५९ सिटमा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गर्‍यो । 

उक्त निर्वाचन (प्रतिनिधिसभा) मा प्रत्यक्ष तर्फ एमालेले ८० सिट जित्यो भने माओवादी केन्द्रले ३६ सिटमा जित हासिल गर्‍यो । 

समानुपातिक तर्फ एमालेले ३१ लाख ७३ हजार (३३.२५) प्रतिशत मत ल्याएर नेपालकै सर्वाधिक लोकप्रिय पहिलो पार्टी बन्यो । काँग्रेस दोस्रो दल आज प्रमुख प्रतिपक्षी छ । तर, माओवादी केन्द्रले १३ लाख ३ हजार (१५.३ प्रतिशत मत ल्याई तेस्रो पार्टी बन्यो । 

उम्मेदवारी दर्ता गरेको कुल सिटमध्ये एमालेले ७७.६ प्रतिशत स्थानमा जित दर्ता गरायो भने माओवादी केन्द्रले ६१ स्थानमा ।

  • बहुदलीय प्रतिस्पर्धाबाट पनि कम्युनिस्ट पार्टीहरु लोकप्रिय मत सहित शक्तिशाली सरकार गठन गर्न सक्छन् भन्ने जननेता स्व. मदन भण्डारीको वैचारिक कार्यदिशाबाट अघि बढ्दै बढ्दै आज सशस्त्र संघर्षमा गएका मित्रहरु पनि उनै मदनको विचारको मियोले आर्जन गरेको उचाइमा चढेर आफू सबैभन्दा ठूलो भएको धक्कू लगाइरहेका छन्
डाटामा हेर्ने कि भुस तिघ्रा ठटाएर चर्काे स्वर गर्ने ? तथ्य बाहिर गएर घमण्ड गरेर अर्थ के हुन्छ र ? को बलियो र को निर्धोको निर्थक बहस बन्द गर्ने बेलामा अझै पुरानै धङधङीबाट किन माथि नउठ्ने ? परिणाम स्वीकार गर्न तयार नहुने माओवादी केन्द्रको बानी हो भने ठिकै छ, भाले जुधाएर आफू मजा लिइनै रहनोस् ।

साबिक एमालेजनमा अनुरोध

१. विश्वमा हाल अस्तित्वमा रहेका कुल १९५ देशमध्ये जम्मा पाँच वटा देशमा मात्रै साम्यवादी शासन (कम्युनिज्म) रहेको अवगतै होला । 

ती देशहरुमा क्युवा, लाओस, उत्तर कोरिया, भियतनाम र चीन हुन् । सोभियत संघ (सन् १९२२–१९९१) अवधिमा ढल्यो । जसले विश्वको छ्यालिस (४६) वटा देशमा फैलिएको साम्यवादी सत्ता सञ्चालन गरेको थियो । त्यो ढल्नुमा पुँजीवादी साम्राज्यवादीहरूको षड्यन्त्र, तिकडम र दुष्प्रचार मुख्य कारण थियो भनियो तर, आन्तरिक कारणलाई ढाकछोप गर्ने गर्दा कम्युनिस्ट पार्टीहरु एकात्मक र एकदलीय मात्रै भए र सत्ता चलाउनै सक्तैन भन्ने जस्तो कुप्रचार पनि गरियो । 

तर, बहुदलीय प्रतिस्पर्धाबाट पनि कम्युनिस्ट पार्टीहरु लोकप्रिय मत सहित शक्तिशाली सरकार गठन गर्न सक्छन् भन्ने जननेता स्व. भण्डारीको वैचारिक कार्यदिशाबाट अघि बढ्दै बढ्दै आज सशस्त्र संघर्षमा गएका मित्रहरु पनि उनै मदन भण्डारीको विचारको मियोले आर्जन गरेको उचाइमा चढेर आफू सबैभन्दा ठूलो भएको धक्कू लगाइरहेका छन् ।

तत्कालीन सोभियत सत्ता स्वयम् कम्युनिष्ट पार्टीभित्रको आपसी बेमेल, गुटफुटवाद र जनाकांक्षाको यथोचित सम्बोधन तर्फ ध्यान नहुँदा (जस्तो आज हामीकहाँ भइरहेको छ) जस्ता कारणले पत्तासाफ भयो । लेनिनले त्यत्रो क्रान्ति गरेर ल्याएको सत्ता एउटा बन्दुक पनि नपड्काई ढल्यो ।

यसबाट हामीले के पाठ सिक्ने, कस्तो पाठ सिक्ने कमरेडहरु ? 

तपाईंहरु प्रशिक्षण र भाषणमा यसबाट पाठ सिक्नु पर्ने त बताइरहनु हुन्छ, तर तपाईहरुको बोली र व्यवहार कहिलै त्यो अनुरुपको पाउन सकिएको छैन । पद र प्रतिष्ठाका लागि माफियागिरीसँग साँठ गाँठ गरेर भनेपनि सरकार गिराउन हातै धोएर लाग्नु हुन्छ । 

अब भन्नुहोस्, तपाईहरु जस्ताको पछि लागेर हामीले कस्तो लोकतन्त्रको अनुभूति गर्न पाउँला ?

२. समकालीन विश्वमा, निर्वाचनमा भाग लिएर, जनअनुमोदित भएर कम्युनिष्ट पार्टीले शासनसत्ता संचालन गरिरहेका देशहरू जम्मा ३ वटा देश छन् । तिनमा नेपाल, गुयना र माल्डोभा छन् । 

  • तपाईहरुको बलबुद्धि कुबुद्धि लागेर घरभित्रै लडाइँ र झगडातिर लागिरहेको देखिन्छ भने बरु वृद्ध प्रधानमन्त्री ओली भने ट्वाउँ ट्वाउँ कराए पनि मुलुकप्रति बढी चिन्तित देखिन्छन् । तपाईहरु भन्दा हरेक मानेमा उनी देशभक्त र देशप्रति चिन्तित सिद्ध भएका छन् । के यही भएर तपाईहरुलाई निदहराम भएको हो ? 
जनताले नेपालमा आजको २१ औं शताब्दीको दोस्रो दशकमा पनि कम्युनिष्ट पार्टीलाई झन्डै दुई तिहाइ नजिकको अभिमत प्रकट गरेका छन् । यो इतिहासमा विरलै प्राप्त हुने अवसर हो । 

मार्क्सवाद भन्छ ‘अवसर एक्लै हुँदैन, अवसरसँगै चुनौती पनि हुन्छन् । क्रियासँगै प्रतिक्रिया, उज्यालोसँगै अँध्यारो, नायकसँगै खलनायकको उपस्थिति रहन्छ ।’

मार्क्सवादको यो वस्तुनिष्ठतालाई बुझ्ने कि नबुझ्ने ? अथवा पार्टी एकीकरण पछि ‘कोमा’ मा पुराइएका विचारधाराहरु (जनताको बहुदलीय जनवाद वा २१औं शदीको जनवाद) तिलाञ्जली दिएर अब पाखुराको बलले सबै कुरा निर्धारण गर्ने ठाउँमा लैजाँदै हुनुहुन्छ ? 

मार्क्सवादको यो वस्तुनिष्ठतालाई बुझ्ने कि नबुझ्ने ?

३ नेपालमा कम्युनिष्ट पार्टीको बढ्दो लोकप्रियताबाट देशबाहिरको साम्राज्यवादी पुँजीवादी शक्तिहरू खुशी होलान् ? 

कालकोठरीभित्र षड्यन्त्रको तानाबाना बुन्दै होलान् वा हाम्रो दीर्घ जीवनको कामना गर्दै धूपबत्ती बाल्दै होलान् ? समृद्ध र स्वाभिमानी नेपाल उनीहरूलाई सह्य र पाच्य होला र ?

४ देशभित्रका गैरकम्युनिष्ट शक्ति, पुँजीवादी र दलालहरू हाम्रो उँभो गति मति चाहन्छन् वा उदो गति मति चाहन्छन् कम्युनिस्टहरुको ?

कम्युनिष्ट पार्टीहरूलाई एकार्कामा भिडाएर दशकौंदेखि राज गरेका वा गर्न पल्केकाहरू शान्त छन् वा गौँडा ढुकेर बसेका छन् ? ख्याल छ ?

५ नेपालको कर्पोरेट मिडिया हाउस (जसमा प्रायशः गैरकम्युनिष्ट, पुँजीवादी र व्यापारिक घरानाको लगानी छ) देखि घरघरमा उत्पादित र स्वप्रशिक्षित ‘पत्रकार’ को झोले अनलाइनले हाम्रो पार्टी र सरकारको बारेमा निरन्तर गरिरहेको प्रहार स्वाभाविक छन् या छैनन् ? वा निर्देशित छन् कि ! 

  • अब प्रचण्ड वा माधव कमरेड जसले नेतृत्व गरेपनि यो पार्टीलाई त्यही उचाइ दिलाउन सक्नु हुने छ कि छैन भनेर महाधिवेशनको हलमा कार्यकर्ताहरुले सोध्नै नपाई, अर्को आम निर्वाचनमा जनताहरुले सोध्न पाउने सार्वभौम अधिकार पनि छिनालेर तपाईहरुलाई आजै अध्यक्ष र प्रधानमन्त्री पद चाहिएको कृतघ्न गठजोड देख्दा त ‘दालमे कुछ काला है’ भन्ने आशंकालाई बल दिएको छैन र ?
एकाएक सरकारका मन्त्रीहरुमाथि गरिएका योजनाबद्ध प्रहारबारे गम्भीरता छ ? पुष्पलाल मदनको दीक्षा र मनमोहनको पथदर्शनमा हुर्किएका नेकपा कार्यकर्ता कसरी यतिसम्म हुस्सु हुन सक्छौं ?

यो ऐतिहासिक परिप्रेक्ष्य र जनअभिमतको खुला डाटालाई अघि राखेर हेर्दा देखिएको सत्यलाई किन कुल्चिने धृष्टता हामीले गरिरहेका छौं ? 

पुष्पलालदेखि एउटा उचाइ मदन भण्डारीले लिनुभयो, त्यसपछि मनमोहन एउटा सगमाथा बन्नु भयो । तर, यो कुरा नभुलौं मनमोहन पछि यो उचाइ पाउनमा तपाईहरु सबैको योगदान आ–आफ्नै ठाउँमा होला, तर ओलीका अगाडि ती सबै होचा कदकै साबित हुन्छन् । 

त्यसपछि पनि विभिन्न प्रहारका बाबजुद नेकपालाई इतिहासकै पहिलो, लोकप्रिय पार्टी बनाउने नेता त कमरेड केपी शर्मा ओली हो भन्ने सत्य किन पचाउन सकिरहेका छैनौं ?

धुलोमा पुगेका माओवादी मित्रहरुलाई यो तथ्यले आँखा खोलिनु पर्छ कि, एक्लैले मुलुकको सबैभन्दा श्रेष्ठ पार्टी बनेको नेकपा एमाले (स्थानीय निर्वाचन परिणाम हेरौं) तपाईहरुले मत दिएर आएको हैन । बरु, तपाईहरुले त चितवनमा जसरी बुथ कब्जा गरेर, मत च्यातेर पनि पहिलो भएर आएको हो । 

यसको नेतृत्व कसले गरेको थियो ? 

यी प्रश्नको दिनुहोस् जवाफ प्रिय शीर्ष नेतागण ?

अब प्रचण्ड वा माधव कमरेड जसले नेतृत्व गरेपनि यो पार्टीलाई त्यही उचाइ दिलाउन सक्नु हुने छ कि छैन भनेर महाधिवेशनको हलमा कार्यकर्ताहरुले सोध्नै नपाई, अर्काे आम निर्वाचनमा जनताहरुले सोध्नै नपाई तपाईहरुलाई आजै अध्यक्ष र प्रधानमन्त्री पद चाहिएको कृतघ्न लिँडेढिपि देख्दा त ‘दालमे कुछ काला है’ भन्ने आशंकालाई बल दिएको छैन र ?

तपाईहरुको लोकतन्त्र कस्तो तन्त्र हो ? दक्षिणपन्थी राजामहाराजहरुको जस्तो ? कमल थापाको पार्टीमा पनि तपाईहरुले बसाल्न खोजेको प्रथा सायद आजका दिनमा स्वीकार्य हुँदैन भने राजतन्त्र समेत निर्मूल पार्ने नेतृत्व गरेको आजको युवा पुस्ता तपाईहरुको यो अराजकता देखेर खुशी हुन्छौं कि दुखी हुन्छौं होला ?

आजका दिनमा– यदि जनताको बहुदलीय जनवादले भने अनुसार पनि– तपाईहरु त सर्वहारा श्रमजीवी नेपाली जनताको धेरै भन्दा धेरै कल्याण कसरी गर्न सकिन्छ, सरकार अझै लोकप्रिय बनाएर अझै नयाँ उचाइ कसरी दिन सकिन्छ, प्रतिस्पर्धाबाट श्रेष्ठताको दौडमा कसरी दशकौंसम्म आउने पुस्ताहरुले समेत गर्व गर्नलायक विचार र उत्कृष्ट प्रयोगहरु गर्न सकिन्छ भनेर पार्टी, जनसंगठन र मुलुक हाँक्नु पर्ने हैन र तपाईहरुले ?

तर, दुखका साथ भन्नु पर्छ तपाईहरुले गरेको छद्म युद्ध कोहीद्वारा प्रेरित त छ नै र, बार्गेनिङका तपाईहरुका शैली हेर्दा कुत्ताहरुले गरेको हड्डी युद्धभन्दा फरक पनि देखिन सकेको छैन !

अब हामी जस्ता युवाहरु, जो आसन्न केही महिनामै खाडी छाडेर नेपालमै फर्कनु पर्ने सँघारमा छौं, त्यो दश लाख युवाहरुलाई आवश्यक रोजगार दिन सकिएन, व्यवस्थापन गर्न सकिएन भने तपाईहरुले दुई–अढाइ वर्षमा भागबण्डा गर्दै चलाएको सत्तारुपी स्वर्गमाथि ती युवाहरुले राँको झोस्ने छैनन् ? 

के सोच्नु भएको छ ? 

  • राजा महेन्द्रले चिताएको तर आफ्नो वंशभरि राजतन्त्रले पनि फत्ते गर्न नसकेको चीन नेपाल पारवाहन सम्झौता र भारतसँग १९५० को सन्धि पुनरावलोकनका लागि लिएको कदम नेपाली जनताका भावी सन्तालने गुनगान गाएर नसिकने योगदान हैन र ? के त्यही कुरा तपाईहरुलाई पनि नपचेको हो ? 
ठिक छ ओलीले अध्यादेश ल्याएर ब्लन्डर गरे, फिर्ता भएपछि, उनकै शब्दमा भन्नुपर्दा– ‘तपाईहरु फिर्ता गर भन्नुहुन्छ भने फिर्ता लिन्छु’ भनी फिर्ता लिइसकेको अवस्थामा उनले माफी पनि नपाउने भन्ने पनि हुन्छ र ? 

माफी पनि कसैले पाउँदैन भने बृहत् शान्ति सम्झौता र आम माफीका सिद्धान्तका पानाहरुलाई आजै आगो लगाइदिए भैहाल्यो नि ?

पार्टी एकताका तमाम कार्यभार पुरा गरेर अबको विचार के हुने, संगठन कस्तो हुने भन्नेमा तपाईहरु चिन्तित हुन भएको त देखिदैन ? बरु ओली, सरकारको नेतृत्व गरेर मुलुकलाई कसरी आत्मनिर्भर अर्थतन्त्र भएको स्वाभिमान नेपाल बनाउन सकिन्छ भनेर यो जीर्ण शरीर बोकेर लडिबडि गरिरहेका छैनन् र ?

तपाईहरुको बलबुद्धि कुबुद्धि लागेर घरभित्रै लडाइँ र झगडातिर लागिरहेको देखिन्छ भने बरु वृद्ध प्रधानमन्त्री ओली भने ट्वाउँ ट्वाउँ कराए पनि मुलुकप्रति बढी चिन्तित देखिन्छन् । तपाईहरु भन्दा हरेक मानेमा उनी देशभक्त र देशप्रति चिन्तित सिद्ध भएका छन् ।

के यही भएर तपाईहरुलाई निदहराम भएको हो ? 

राजा महेन्द्रले चिताएको तर आफ्नो वंशभरि राजतन्त्रले पनि फत्ते गर्न नसकेको चीन नेपाल पारवाहन सम्झौता र भारतसँग १९५० को सन्धि पुनरावलोकनका लागि लिएको कदम नेपाली जनताका भावी सन्तालने गुनगान गाएर नसिकने योगदान हैन र ?

के त्यही कुरा तपाईहरुलाई पनि नपचेको हो ? 

त्यसैले प्रिय शीर्ष नेतागण, हामी धेरै शब्द बोलेर यहाँहरुलाई लज्जित गारउने पक्षमा छैनौं । तर, हामी र भोलीका हाम्रा सन्ततिहरुले यस्तो उचाइमा रफ्तारमा काम गरिरहेको सरकार ढालेको भनेर तपाईहरुको मुखका कालो पोतिएको मुहारको तस्वीर घर भित्र राखेर माक्र्स, एङ्गेल्स, पुष्पलाल र मदन–मनमोहनको तस्वीरलाई जसरी फूलमाला चढाउन सक्लान् र ?


अतः देशभित्र र देशबाहिरको, पार्टीभित्र र पार्टी बाहिरको षड्यन्त्र र जालझेल बुझौं । चिनौं । एकताबद्ध भएर परास्त गरौं । दशकौंदेखिको रक्तिम बलिदानद्वारा प्राप्त युगीन अभिभारा पुरा गर्नबाट नचुकौं ।

.......

 

(लेखकद्वय नवराज खतिवडा र सन्तोषराना क्षेत्री धादिङ र सिन्धुपाल्चोक स्थायी निवासी हुन्) 

०००

 

 



प्रकाशित: २०७७ बैशाख १९
May 1st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार