नेपाली समय: ०२:४३:२७ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

प्रधानमन्त्री ओलीको कविताः ‘अब आँसु खसाउनु पर्दैन’

कविताः

अब आँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन

नेपाली मन अब फुट्दैन ।

...

राष्ट्रिय एकता टुट्दैन

शान्ति अब यहाँ मर्दैन

नेपाली मर्न पर्दैन

बढ्यो नेपाल अब बढ्यो अघि

विकासमा पछि पर्दैन ।


गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र

अब आँसु खसाल्नु पर्दैन ।

...

सामाजिक न्याय र समानता

अधिकारसम्पन्न जनता

मेची–काली, पहाड–तराई

निर्भय वातावरण सुरक्षित नारी

अब आधुनिकतामा बढ्यो नेपाल ।
...

गणतन्त्र हो यो गणतन्त्र

सार्वभौम जनताको जनतन्त्र

अब आँसु खसाउनु पर्दैन ।

...

फाटोका खेती कुहिन्छन्

स्वार्थी हिंसा तुहिन्छन्

अब चेलीका चुरा फुट्दैनन्

कोही टुहुरा पर्दैनन् ।

गणतन्त्र हो यो गणतन्त्र

शक्तिका स्रोत जनताको ।

जनतन्त्र हो यो जनतन्त्र

अब आँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन ।।

...
मितिः २०७६ वैशाख २० गते

प्रधानमन्त्री ओलीले यो कविता १९ गते बिहान २ः३० बजे लेखिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । राजनीतिक उतार चढावले स्थायित्व लिने भन्ने जनताको आशाका बीचमा आफ्नै दलबाट प्रधानमन्त्रीको राजिनामा समेत मागेर तनाब बढिरहेकै बेला प्रधानमन्त्री ओलीको यो कविता भने आशावादी रंग भरिएको देखिन्छ । 
 

 

 

०००



प्रकाशित: २०७७ बैशाख २०
May 2nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार