सन्दर्भ ‘युवा दिवस’ र आगामी कार्यभार
निर्माण सञ्चार, १ जेठ– विचार/आलेख ।
जेठ–१ गते अर्थात् राष्ट्रिय युवा संघ, नेपालको स्थापना भएको दिन । यो दिनलाई नेपाली युवा आन्दोलनको इतिहासमा प्रगतिशील/प्रगतिवादी युवा आन्दोलनको शिलान्यास गरिएको ऐतिहासिक दिनका रुपमा हामी लिन्छौं र विभिन्न वैचारिक, राजनीतिक, सामाजिक तथा आर्थिक रुपान्तरणका आयामबाट विश्लेषण र संश्लेषण गरी नयाँ बाटो पहिल्याउने दिवसका रुपमा उत्सवका रुपमा हामीले मनाउँदै आएका पनि छौं ।
ठीक यही सँघारमा– आज हामी कहाँ छौं, नेपालको युवा आन्दोलन कहाँ छ, यसको कार्यदिशा र कार्यभारहरु केके हुन् र आगामी बाटो अब कसरी तय गर्नेबारे चर्चा गर्नु सान्दर्भिक छ ।
मूलतः मुलुकलाई हाँक्ने, परिवर्तन गर्ने र नयाँ पिढीलाई नयाँ ऊर्जा भर्ने काम मुलुकको राजनीतिले नै गर्छ । हामी राजनीतिक वैचारिक सामाजिक अभियन्ता भएका नाताले यस दिवसको महत्त्वलाई सोही अनुरुप लिने गर्छौं । र, यो दिनलाई युवा दिवसको रुपमा मनाउने गर्दै आएका छौं ।
आजकै दिनमा उभिएर भन्नुपर्दा हामीले यसको गौरवपूर्ण विगतबाट पाठ सिकेर वर्तमानलाई भरोसायोग्य बनाउँदै आगामी दिनलाई सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नु छ । र, यो दिनलाई ठीक त्यही अर्थमा मनाउन सकेमात्र हाम्रो संगठित यात्रा, आन्दोलनले सार्थकता प्राप्त गर्न सक्ने छ ।
गौरवपूर्ण विगत
विसं २००७ फागुन– ७ गतेको राजनीतिक परिवर्तन आसपास र त्यसपछिको समग्र ‘सिनारियो’लाई हेर्दा– भारत सरकार नेपालमा राजा, राणा र कांग्रेसलाई एकआपसमा भिडाएर राजकीय सत्ता आफ्नो देशको हित अनुकूल चलाउने अभिष्टका साथ अघि बढ्ददै आयो ।
भारतीय संस्थापनको त्यसदिनदेखिको यात्रा नेपाली राष्ट्रियता कमजोर बनाउन उद्दत रहँदै आएको थियो । तत्कालीन परिस्थिति विश्लेषण गर्दा राजा र कांग्रेस परिवर्तनलाई देश र जनताको हित अनुकूल सदुपयोग गर्नुको सट्टा भारतीयहरुको गोटी बन्दै आए भने राणाहरु परिवर्तनलाई पुनः निरंकुश राणाकालीन दिनमै फर्काउने चेष्टा गरिरहेका थिए ।
नेपालमा परिवर्तनको इतिहास हेर्दा, परिवर्तनको गर्भ नेपालमा रहने तर, त्यसको सुडेनी अन्यत्रको कोही हुने अभ्यास रहँदै आयो । आधुनिक नेपाल निर्माण गर्न परिवर्तनका लागि भनिएको २००७ सालको प्रारम्भिक पाइला पनि त्यस्तै हुन पुग्यो ।
ठीक त्यही सिलसिलामा सन् १९५० मा दिल्लीको रोहबरमा नेपालमा जन्मने लोकतन्त्र रुपी बच्चाको छैठी (भाग्य कोरियो) गरियो । अर्थात् नेपालको नयाँ युग– प्रजातान्त्रिक युगको जग शिलान्यास गरियो ।
तर, पृष्ठभूमिका उक्त तीन भिन्नभिन्न पक्षहरु (दरबार, राणा र काँग्रेस) जो भिन्न भिन्न स्वार्थको गठजोड बनिरहेका थिए, जसको मूल लक्ष्य मुलुकको समृद्धि भन्दा पनि आफूले कसरी सत्ता प्राप्त गर्ने भन्ने देखिन्थ्यो, त्यतिबेलाकै दिल्ली सम्झौता मुलुकको हितमा नरहेको यो युवा आन्दोलनको ठम्याइ थियो ।
अब मुलुकको दीर्घकालीन हित सोच्ने वर्ग नितात्न जाग्न आवश्यक थियो ।
जो-जो पक्षहरु दिल्ली सम्झौतामा जोडिएका थिए, तिनका कारण तत्कालीन दिल्ली सम्झौता नेपालको हित अनुकूल छैन भन्दै प्रगतिशील युवाहरुलाई संगठित गर्न विसं २००८ जेठमा द्वारिका दास श्रेष्ठको अध्यक्षतामा नेपाल युवक संगठनको स्थापना भएको थियो । आज त्यो परिदृश्यबाट यहाँसम्म आउँदा हामी र हाम्रो लोकतन्त्र अनि यसलाई जन्माउने नेपाली तर गिद्धे दृश्टि दिने तेस्रो पक्षको भूमिका के कस्तो छ भन्नेतिर बहस केन्द्रित गर्न हाम्रो विगतको विकासलाई पनि ध्यान दिन आवश्यक छ । सो युवा संगठन स्थापना हुँदा कांग्रेस र कम्युनिस्टको साझा युवा संगठन थियो तर ०१२ सालसम्म आइपुग्दा त्यस संगठनले कम्युनिस्ट पार्टीसँग निकट हुने गरी आफूलाई योङ कम्युनिस्ट लिगमा रुपान्तरण गर्यो । ०१२ साल बाट कम्युनिस्ट पार्टी भित्र उत्पन्न फुट र विभाजनका कारण योङ कम्युनिस्ट लिग प्रभावकारी काम गर्न नसक्ने अवस्थामा पुग्यो ।
अघोषित विघटनको स्थितिमा पुग्यो । मुलुकले मागेको संगीन घडीमा प्रगतिशील आन्दोलनमा हुन पुगेको क्षति सम्भवतः आजसम्म पनि हामी व्यहोरिरहेका छौं । नेपाली युवा आन्दोलनको अर्को मोड हो २०३६ सालको आन्दोलन र जनमत संग्रहको एजेन्डा । त्यसले तत्कालीन पञ्चायती व्यवस्थालाई घुँडा टेकाएर जनमत संग्रह गराउन सफल भयो । यस आन्दोलनमा युवा–विद्यार्थीहरुको निर्णयक र नेतृत्वदायी भूमिका रहेको विदितै छ । तर त्यो बिन्दुमा आइपुगेपछि नेपाली युवा आन्दोलन दुई धारबाट प्रवाहित हुन पुग्यो । एउटा धार तत्कालीन नेकपा (माले) ले युवाहरुलाई पनि अनेरास्ववियु पाँचौँबाटै संगठित गरी जनसंगठनका रुपमा कृयाशील गराउने नीति लियो । जुन अनेरास्ववियुको गठन २०२२ साल जेठ १ गते भएको थियो, यही मोर्चाबाट युवा आन्दोलन पनि अघि बढिरहेको अवस्था थियो । तर, नेकपा चौथो महाधिवेशन समूहले भने ०३८ मंसिरमा कमरेड पुष्पकमल दाहालको अध्यक्षतामा अखिल नेपाल जनवादी युवा लिग गठन गरी पार्टीको सहायक संगठनका रुपमा युवा संगठनलाई क्रियाशील गराउन पुग्यो ।
जब ०४६ को जनआन्दोलन सम्पन्न भयो, त्यसबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनः स्थापना भयो । योसँगै अब युवा आन्दोलनको दायरा फराकिलो भएको र भूमिका पनि फेरिएको महसुस भयो । त्यसअघि युवा आन्दोलन राजनीतिक आन्दोलनमै केन्द्रित थियो तर, अब परिवर्तित परिस्थितिमा राजनीतिक परिवर्तनको रक्षा, प्रयोग र विकासका साथै आफ्नो सामुदायिक हक,हित र अधिकार प्राप्ति का लागि केन्द्रित हुनु पर्ने आवश्यकता महसुस भयो । फलस्वरूप नेकपा (माले) ले युवा र विद्यार्थीलाई छुट्टा–छुट्टै संगठनका रुपमा क्रियाशील गराउने नीति अख्तियार गर्यो । विद्यार्थीलाई अनेरास्ववियु पाँचौंकै निरन्तरता थियो । ठीक यही बेला युवा आन्दोलनलाई भने पुनर्गठित गर्ने सोच अघि सारियो । यो बिन्दुमा आइपुग्दा नेपालको युवा आन्दोलनले विकासको नयाँ आयामलाई ग्रहण गर्न पुगेको देखिन्छ । विद्यार्थी अवस्थामा नरहेका तर जनआन्दोलनमा निर्णायक र नेतृत्वदायी भूमिका खेलेको युवा समूहलाई कसरी अघि बढाउने भन्ने कुरा अघि आयो । जसले आफूलाई राजनीतिक परिवर्तनको रक्षा, प्रयोग र विकासमा मात्र सीमित नराखी आफ्नो सामुदायिक हक,हित र अधिकार प्राप्ति का लागि पनि कृयाशील गराउनुपर्ने थियो । प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको जन्म ०४६ पछिको विकसित राजनीतिक सन्दर्भमा नेपाली युवा आन्दोलनले अब परिवर्तनको रक्षा गर्नु पर्ने एउटा कार्यभार थपिएको थियो भने त्यसको प्रयोग र विकासका लागि पनि भूमिका खेल्नु पर्ने थियो युवाहरुको आफ्नो करिअरसँग जोडिएर जानका लागि सामुदायिक हक–हित र अधिकारको आन्दोलनलाई पनि सँगसँगै लैजानु पर्ने थियो । यहाँसम्म आइपुग्दा तत्कालीन मालेको रुपान्तरण एमालेका रुपमा भइसकेको थियो । जसको राजनीतिक विचार र कार्यक्रम तत्कालीन महासचिव जननेता मदन भण्डारीद्वारा अघि सारिएको तर पार्टीले कार्यक्रमका रुपमा आत्मसात पनि गरिसकेको ‘जनताको बहुदलीय जनवाद’ थियो । जनताको बहुदलीय जनवादले न्यूनतम कार्यभार पूरा गर्न सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवादलाई पराजित गर्न शान्तिपूर्ण संघर्षको बाटो अख्तियार गरेको थियो । जनताको अधिकारहरु अधिकतम भन्दा अधिकतम सुरक्षित गर्दै जाने, राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता बलियो बनाउँदै जाने र न्यूनतम राजनीतिक लक्ष्य प्राप्तिका लागि पार्टीले पहलकदमी र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरि नेतृत्व गर्ने बाटोको नीति अगाडि बढायो । त्यतिबेला (सन् १९९० को दशक) मा सोभियत युनियनका रुपमा रहेको रसियाको कम्युनिस्ट सत्ता ढलेका कारण विश्वमा कम्युनिस्ट आन्दोलन एक हिसाबले रक्षात्मक अवस्थामा पुगेको ठहर गरिएको थियो । यस अवस्थामा जनताको बहुदलीय जनवादी वैचारिक कार्यक्रम तत्कालीन नेकपा एमालेका लागि मार्गदर्शक सिद्धान्तका रुपमा आत्मसात गरिएको थियो । यस वैचारिक कार्यक्रमको जगमा टेकेर कम्युनिस्ट आन्दोलनबारे छरिएका भ्रमहरु– (जस्तै–कम्युनिस्ट हरु प्रजातान्त्रिक हुँदैनन्, निरंकुश हुन्छन्, एकदलीय हुन्छन्, बुढाबुढीलाई ६० वर्ष पछि गोली ठोकेर मार्छन्, जातपात भन्दैनन्, सामूहिक आवस र भोजनमा लाग्नु पर्छ, सम्पत्ति र श्रीमती समेत निजी हुँदैनन् जस्ता) चिर्न पनि युवा तथा विद्यार्थी समुदायलाई नयाँ रुपमा अघि बढाउनु पर्ने ठाउँमा नेपालको कम्युनिस्ट आन्दोलन आइपुगेको थियो । युवाहरुका अगाडि अब यिनै कार्यभारहरु थिए । राजनीति उपलब्धिको रक्षा, सामाजिक विकास र सामुदायिक हकहितको मोर्चा बलियो बनाउनु । युवा आन्दोलनले सामुदायिक कामका रुपमा राज्यको नीति निर्माण, निर्णय प्रकृया र नेतृत्वमा युवा सहभागिताको सुनिश्चितता गराउन पनि मोर्चा बलियो बनाउनै पथ्र्यो । यिनै उद्देश्यमा केन्द्रित भई पार्टीले आफ्नो युवा संगठन बनाउने कुरा पनि निश्चित गरियो। जुन युवा संघको त्यतिबेला जन्म भयो, कम्युनिस्ट भनेका प्रजातान्त्रिक होइनन् भन्ने भ्रमलाई चिर्नु नै पहिलो आवश्यकता ठानेर कमरेड केपी शर्मा ओलीले युवा संगठनको नाम नै ‘प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल’ जुराउनु भयो ।
अब नेतृत्व कसले वहन गर्ने भन्ने कुरा थियो ।
तत्कालीन माले महासचिव जननेता भण्डारीले ‘यस्तो युवा संगठनको नेतृत्व कमरेड केपीले नै गर्नुपर्छ अरुबाट हुँदैन’ भन्ने प्रस्ताव गर्नुभएको थियो । यस अघि १४ वर्ष जेल जीवन बिताएर ०४६ को जनआन्दोलनमा लुम्बिनी अञ्चलको कमाण्डरको रुपमा सफल नेतृत्व गर्नुभएका कमरेड ओली २०४७ जेठ–१ गते प्ररायुसंघ नेपालको अध्यक्ष हुनुभयो । संगठन जन्मने बित्तिकै जुन तात्कालिक आवश्यकता महसुस भयो, त्यसले सबै भन्दा पहिले कम्युनिस्ट पार्टी विरुद्ध लगाइएका विभिन्न आरोपलाई चिर्ने गरी गतिविधिहरु अगाडि बढायो । र, दोस्रो, यही कार्यभार पूरा गर्न नेपाली युवाहरुलाई संगठित गर्न पनि प्रजातान्त्रिक राष्ट्रय युवा संघ नेपाल पुर्णतः सफल भएको देखिन्छ । नेपालको युवा आन्दोलनको यो प्रवाह ०६२–६३ को आन्दोलनसम्ममा एउटा उचाइमा पुग्न सफल पनि भयो । त्यही लोकप्रियताको क्रममै यसको नाम ‘युवा संघ नेपाल’ का रुपमा अघि पनि बढ्यो । यो नाम एकताका यस्तो ब्रान्ड बन्न पुग्यो कि कुनै बेला अध्यक्ष रहेका महेश बस्नेत नै युवा संघ र युवा संघ नै महेश बस्नेतका रुपमा चिनिन पुग्यो । यसो हुनुको कारण थियो । कमरेड बस्नेतको नेतृत्वमा ‘युवा संघ नेपाल’ले एकातिर उग्रवामपन्थी अतिवाद र अर्कोतिर एकैसाथ दक्षिणपन्थी प्रहारबाट नेपाली समाजको मूल धारको युवा आन्दोलनलाई बचाउनु भएको थियो ।
कुनै बेला उग्रवामपन्थी भडकावले सिर्जना गरेको आतंकित नेपाली समाजलाई बस्नेत नेतृत्वकै ‘युवा संघ नेपाल’ले भयरहित वातावरणमा बाँच्न पाउने मानवअधिकारको रक्षा कवजको भूमिका खेलेको त सबैलाई अवगत सत्य नै हो । एकपटक पछिल्तिरै २०३८ सालताका तत्कालीन अखिल नेपाल जनवादी युवा लिग २०४६ सम्म आइपुग्दा नेकपा चौमको फुट र विभाजनको प्रभावमा परेर तत्कालीन जनमोर्चाको युवा संगठनका रुपमा कमरेड गिरीराजमणि पोखरेलको नेतृत्वमा एउटा रुपमा अघि बढिरहेको थियो । तत्कालीन एकता केन्द्रको युवा संगठनका रुपमा कमरेड टोपबहादुर रायमाझीको अगुवाइमा योङ्ग कम्युनिस्ट लिग नेपाल गठन भएको थियो । तत्कालीन एकता केन्द्रबाट एक हाँगो नेकपा माओवादी पार्टीको आकार ग्रहण गरी ०५२ सालबाट सशस्त्र विद्रोह ‘जनयुद्ध’ मा होमियो । पार्टी सशस्त्र संघर्षमा होमिए पछि त्यो योङ्ग कम्युनिस्ट लिग नेपालले पार्टीको सहायक संगठनका रुपमा ‘जनयुद्ध’मा निर्णायक भूमिका खेल्ने ठाउँसम्म पुगेको देखिन्छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एनेकपा माओवादीलाई पहिलो पार्टी बनाउन उक्त योङ्ग कम्युनिष्ट लिग नेपालले मुख्य भूमिका खेलेको तत्कालीन नेतृत्वले बताउँदै आएको छ । हाम्रो वर्तमानः २०७२ साल आश्विन–३ गते संविधानसभाबाट संविधान जारी भएपछि दुई अलग धारबाट आएका युवा संगठन तत्कालीन नेकपा (एमाले) को युवा संघ, नेपाल र नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग, नेपाल दुवै
पार्टी एकीकरण पछि हामी दुवै संगठन एकीकृत भएका हौं । विगतमा दुवै संगठनले अपनाएको संघर्षको बाटो, पार्टीसँगको आबद्धताको प्रकृति तथा सैद्धान्तिक, राजनीतिक र वैचारिक धरातल फरक (फरक थियो । तत्कालीन युवा संघ नेपाल नेकपा (एमाले) सँग जनसंगठनको रुपमा आबद्ध भई माक्र्सवाद, लेनिनवाद र पार्टीले लिएको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई आत्मसात गरी शान्तिपूर्ण संघर्ष मार्फत् परिवर्तनको मोर्चा कसिरहेको थियो भने तत्कालीन योङ कम्युनिस्ट लिग नेपाल नेकपा माओवादी केन्द्रसँग सहायक संगठनका रुपमा आबद्ध भई माओवाद, प्रचण्डपथ र २१औं शताब्दीको जनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा आत्मसात गरी सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा आएको थियो । ठीक आजका दिनमा यी दुवै संगठन एक भई राष्ट्रिय युवा संघ नेपाल बनेको अवस्था छ । यही सन्दर्भमा हामी जेठ १ गते आफ्नो स्थापना दिवस मनाइरहेका छौं । पार्टी एकीकरण पछि माक्र्सवाद र लेनिनवादलाई पथप्रदर्शक सिद्धान्त मानी समाजवाद उन्मुख जनताको जनवादका आधारमा हामी अघि बढिरहेका छौं । हाम्रो वैचारिक सामिप्यता रहेको पार्टी नेकपा आजको मुलुक हाँकिरहेको सत्तारुढ दल हो । सोही पार्टीको जनसंगठनका रुपमा आबद्ध भई हाल शान्तिपूर्ण संघर्षको बाटोबाट अघि बढ्ने नीति लिएको अवस्थामा छौं । हाम्रो आजको कार्यदिशा, कार्यभारबारे पटक पटक बहस पनि नभएको होइन । धेरथोर वैचारिक बहस मार्फत् तय भएको विचार र हिँड्ने बाटो स्पष्ट भएपछि हामी राजनीतिक रुपमा समाजवादउन्मुख राष्ट्रिय पुँजीको विकास र सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने दिशामा हामी अग्रसर भइरहेका छौं । यो हाम्रो कार्यदिशा हो । तदनुरुप लक्ष्य पूरा गर्न साथै, सामुदायिक हक–हित र अधिकार प्राप्तिका दिशामा हामी अग्रसर छौं ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जारी संविधान र मुलुकको कार्यदिशा भन्ने नै फरक भएको छैन । संविधानले यसमाथि दिशा निर्देश गरेकै छ । सोही दिशामार्फत् संविधानले नै निर्दिष्ट गरेको न्यूनतम र अधिकतम कार्यक्रमहरु समाजवादउन्मुख समृद्धि प्राप्तितिरै केन्द्रित हुनु पर्ने ठाउँमा हामी अग्रसर छौं ।
मूलतः संविधानको भाग–३ मौलिक हक र कर्तव्य को– १८ (समानताको हक (३१) शिक्षा सम्बन्धि हक (३३) रोजगारी को हक (३४) श्रमको हक तथा भाग (४) राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको (५१) मा उल्लेखित राज्यका नीतिहरु अन्तर्गत (ज) नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति (झ) श्रम तथा रोजगार सम्बन्धी नीति (ञ) सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति कार्यान्वयन गराउन नेतृत्वदायी भूमिका नै आजको हाम्रो राष्ट्रिय कार्यभार हो । उत्तरकोरोना व्यवस्थापन र युवा स्वरोजगारको कुरा रह्यो कुरा कोरोना महामारी पछिको परिदृश्य र त्यसको व्यवस्थापनको । कोरोना चुनौती मात्र नभई सम्भावनाहरु पनि बोकेर आइरहेको छ । कोरोनाको प्रहारले निश्चयनै अर्थतन्त्रमा नकारात्मक पहिरो त गएकै छ । यसले हामी युवाहरुमा बेरोजगारको भयावह परिस्थिति तिर पनि हामीलाई धकेल्दै छ । तर, के कोरोनाले अर्थतन्त्र सखाप पार्यो भन्दै गर्दा, हामी बेरोजगार भयौं, हामी उद्योगहरु डुबे, भरखर मात्रै वैदेशिक रोजगारीमा आएको, साहुको ऋण अब तिर्नै नसकिने भो, अब परिवारलाई कसरी पाल्ने ? जस्ता समस्याको थुप्रोमा हुँदाहुँदै पनि हामी असीम सम्भावनाहरुका अगाडि पनि छौं भनेर युवायुवामा पुग्न आवश्यक छ । यसको पहिलो सम्भावनाको क्षेत्र नै कृषि हो । आजसम्म जुन जनशक्ति बिदेसिएर त्यो जमिन बाँझो भएको थियो अब त्यसमै हामीले पसिना सिर्जने हो । केही दशक अघि जुन कृषिले जीवनस्तर उकास्ने गरी आम्दानी दिएन भन्ने थियो, बस्, त्यही पाटो पूरा गर्ने तिर राज्यका निकायहरुलाई दबाब सिर्जना गर्ने अभियानका साथमा हामी देशैभरका युवाहरुसँग हातमा हात मिलाएर बाँझा जमिनहरुलाई हराभरा बनाउन लाग्ने नै हो । जसरी महाभारतमा पाण्डवहरुले मरुभूमि जस्तै खाण्डवप्रस्थलाई हराभर इन्द्रप्रस्थ बनाएका थिए अब कोरोना महामारीले ल्याएको यो अवसरलाई सदुपयोग गरेर मुलुकको अर्थतन्त्र भासिएर बनेको खाण्डवप्रस्थलाई पनि स्वरोजगार, स्वउद्यमशीलता, लगाव र सामुदायिक प्रयत्नहरुले हराभरा बनाउनुको विकल्प पनि त छैन ! आउँदो नीति कार्यक्रम, बजेट मार्फत् वैदेशिक रोजगारीबाट फर्कन सक्ने कम्तीमा १५ लाख काम गर्ने उमेर समुदायका युवाहरुको हित अनुकूल कार्यक्रम ल्याउन बाध्य बनाउने नै हो । नत्र के त्यत्रो संख्याको युवाहरुलाई सत्ता विरुद्ध सडकमा झर्न बाध्य पारेर समस्या समाधान हुन्छ त ? यो आजको अहं कार्यभार हामी युवाहरुकै काँधमा आएको छ । यसले नै हामीले विगतमा भनेजस्तो औद्योगिक मुलुक बनाउने सुन्दर अवसर बन्न पनि सक्ने म देख्दै छु । ताकि हामीले बोकेको आजको राष्ट्रिय दायित्व पूरा गर्ने– ‘समाजवाद उन्मुख राष्ट्रिय पुँजीको विकास गर्दै, न्याय र समानतामा आधारित समाज’को रुपान्तरणको कडीका रुपमा कोरोना प्रभावलाई पनि बदल्ने हो । किनकि, माक्र्सवादीहरु भनेका प्रतिकुलतामै अनुकूलता सिर्जना गर्ने सिपाहीहरु पनि त हुन् ! सम्भव छ समृद्धि तर देखिदै छ चुनौती, सामना गर्ने कसरी ? हाम्रो आगतः अब संक्षेपमा हामी हाम्रो भविष्यतिर पनि नजर राखौं । भविष्य तर्फ नजर डुलाउँदै गर्दा वर्तमान नै त्यस्तो बिन्दु हो जहाँ मलजल गर्न सकियो भने भविष्य सुन्दर र हरियाली हुन्छ । नेपालमा आज जनताले चाहेकै व्यवस्था छ, उनीहरुले चाहेकै संविधान र शासकीय संरचना छन् भने सरकार ‘समृद्ध नेपाल,सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सकृय छ। ७ दशक लामो संघर्षबाट प्राप्त उपलब्धिबारे नेपाली समाज किन सकारात्मक देखिएको छैन ? र, सरकार माथि काम र उपलब्धि दिदै जाँदा पनि नकारात्मक प्रहार किन भइरहेको छ ? आज धेरै सोधिने प्रश्न बनेको छ यो । यस सवालमा हाम्रो नेपाली समाज लामो समय केन्द्र र सरकारप्रति आलोचना गर्ने स्कुलिङबाटै अघि बढाइँदै आएको देखिन्छ । मूलतः प्रजातान्त्रिक परिवर्तनका लागि प्रजातान्त्रिक दलहरुले नै ७ दशक भन्दा लामो समय नेपाली जनतालाई राज्यप्रति आलोचक बन्न सिकाए । आज जनताले चाहेको व्यवस्था आउँदा पनि त्यो चेत बदलिन सकेको देखिदैन । बदल्नु पर्ने त त्यो चेतलाई अब सिर्जनात्मकतातिर, उद्यमशीलतारित र सकारात्मकतातिर हो नि ! ठीक यहिँनिर अबको युवा–विद्यार्थी आन्दोलनको पहिलो कार्यभार के हो भन्ने स्पष्ट देखिन्छ । युवा–विद्यार्थीलाई उद्यमशीलतातिर, सिर्जनात्मकतातिर र सकारात्मक सोच सहितको स्वावलम्बनतिर कसरी प्रशिक्षित गर्ने ? सोच्नु पर्ने देखिन्छ । यो ८० वर्षको असंगठित तथा ७० वर्षको संगठित युवा आन्दोलन नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा एउटा कडी बनेको पक्कै हो । त्यसमा पनि कम्युनिष्ट पार्टीले सफलता प्राप्त गर्न निर्णायक र नेतृत्वदायी भूमिका खेलेको गौरवपूर्ण हाम्रो विगत आज पनि सुरक्षित नै छ । गौरवपूर्ण विगतलाई पछ्याउँदै भरोसायोग्य वर्तमान बनेका खण्डमा हामीलाई सुन्दर भविष्यले पनि पछ्याउने छ । युवा भनेको जननेता कमरेड मदनकुमार भण्डारीले भने जस्तै ‘जीवन र प्रगतिको शिखर चढिरहेको आठ–नौ बजेको सूर्य जस्तो हो ।’ यो भनिरहँदा आजको सन्दर्भमा कमरेड केपी शर्मा ओलीलाई नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट दुवै आन्दोलनले एउटा शिखरमा उभिएको नेताका रुपमा पाइन्छ। जसले दुवैखाले अतिवाद र उग्रवाद विरुद्ध चाहे त्यो घरेलु होस् वा बाह्य, सबै तत्वसितै जुद्धै संविधान जारी गराएर लोकतन्त्र, कम्युनिस्ट पार्टीलाई पनि इतिहासकै दुई तिहाइको उचाइ दिलाएर एउटा ‘राजनेता’ को हैसियतमा उकाल्न सफल हुनु भएको छ । यस हकमा उहाँको नेतृत्वको सरकार प्रति हाम्रा आकांक्षा र उहाँले नै दिएको नेतृत्वबाट मुलुकको समृद्धिबारे बढी भरोसा गर्ने भौतिक आधारहरु छन् । यसर्थ उहाँलाई अघि लगाएर मुलुक र हाम्रो भविष्य तर्फ हामी स्वप्निल भएर लाग्नै पर्ने सँघारमा छौं । यो वस्तुगत परिस्थिति हो । किनकि, जनताले आमनिर्वाचनबाट चुनेको नेता, दुई कम्युनिस्ट पार्टी एकताको एउटा पक्ष वा सूत्रधार र नेकपाको हलबाट निर्वाचित अध्यक्षका रुपमा उहाँ हुनुहुन्छ । यो त वस्तुगत तथ्य त हो । युवाबारे बेलाबखत उहाँले भन्ने गर्नुभएको वाक्य पनि यहाँ स्मरण गर्नु सान्दर्भिक छ– ‘म एउटा मान्छे खोजिरहेको छु, यस्तो मान्छे खोजिरहेको छु जसले देश बनाइदिओस, यस्तो मान्छे खोजिरहेको छु जसले देशलाई उज्यालो देओस् र गौरवशाली आत्मविश्वास बढाओस्, त्यो मान्छे अरु कोही नभएर तपाईं युवाहरु नै हो ।’ ठीक यो सन्दर्भमा दुई पाइलटबाट हाकिरहेको मुलुकको जाहजले समृद्धि, सफलता र अझै दृढ एकता साथ मुलुक र हाम्रो भविष्य साकार पार्न मद्दत पुगोस्। युवा दिवसको अवसरमा सबैमा धेरै, धेरै शुभकामना !
(पुनश्चः प्रस्तुत आलेखमा इतिहास सम्बन्धी तथ्य तथ्यांक मेरो अध्यायन र खोजको एउटा संकलन पनि हो । यदि कतै तथ्य वा तथ्यांक तलमाथि भएको भए सिर्जनात्मक सुझाव वा सच्याइको अपेक्षा पनि गर्दछु) ०००
प्रकाशित: २०७७ जेठ १

May 14th 2020
प्रतिक्रिया दिनुहोस्